Page:Munamadan.pdf/12: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 33: | Line 33: | ||
<small> | <small> | ||
<references group="✸"/> | <references group="✸"/> | ||
</small> | </small>}} | ||
</noinclude> | </noinclude> |
Revision as of 14:42, 7 March 2025
This page has not been proofread
यो हातलाई सुनको बाला दँदिलो सुहाऊँ,
रिनले थोत्रो घरको जग बलियो बनाऊँ,
भन्दैमा आशा मनमा उब्ज्यो, मनमा बिलायो,
उचालिहालेँ पयर ऐले, इच्छाले उठायो ।
ईश्वरमाथि, मुटु छ साथी जङ्घार तरुँला
असल गर्दा झन् बिघ्न परे बाटैमा मरुँला
पृथिवीपारि स्वर्गमा फेरि हे प्यारी ! भेटौँला !
- मुना–
हे मेरा कृष्ण ! मुटुको गाँठो झन् कसी नबोल !
तस्वीर खिच्छु मनमा तिम्रो मुहार अमोल !
नफर्क प्यारा ! नलुकाऊ आँसु नयनमा ढल्मल !!
ह्लासाकी ठिटी, आँखाकी छिटी सुनमा कुँदेकी,
बुल्बुले बोली, गालाको बीच गुलाफ फुलेकी -
ती सबै खेलून् ती सबै नाचून् डाँडा र चहुरमा,
मलाई बिर्से यो आँसु पिर्ला भन्नेछु म डरमा,
सवारी हवस् अँध्यारो पारी घर शहरमा !
रुनु नै बल पुग्दैन रोई आँसुले हजूरमा !
अँध्यारोभित्र सम्झना बल्ली बिजुली-झलकमा
आँसुको वर्षा हुनेछ शीतल दुःखीको पलकमा[✸ 1]
- ↑
✸पिंजराभित्र जलेकी चरी नबोली रुनेछ
ठुँगेर डण्डी बत्तिई भने कहाँ पो हुनेछ !
क्षण क्षण प्यारा हुनेछन् मेरो जलेका जीवन !
खरानीबाट छिन्छिन बिउँती रुनेछ सम्झना !
छहारी दिने रसिलो बादल झुकेको बिलाए
शीतको दाना सुकेको फूल
खङ्ग्रङ्ग भई सुकेर मूल