Jump to content

Page:Laxmi nibandhasangraha.pdf/61: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "दर्साइरहेछन् । संसारमा सानो र ठुलोका दुई दृष्टिकोणका भेद छन्- एक भौतिक, एक आध्यात्मिक । नेपालभन्दा चिन ठुलो कसैले मलाई भन्यो भने त मलाई मान्छेभन्दा हात्ती ठुलो भनेको सुन्दा हाँस्न..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
दर्साइरहेछन् । संसारमा सानो र ठुलोका दुई दृष्टिकोणका भेद छन्- एक भौतिक, एक आध्यात्मिक । नेपालभन्दा चिन ठुलो कसैले मलाई भन्यो भने त मलाई मान्छेभन्दा हात्ती ठुलो भनेको सुन्दा हाँस्न मन लागे जस्तो लाग्छ । माटोको परिमाणले खेत ठुलो म गन्दिनँ: त्यसको गुण, अवस्था, उब्जनी र भावुक प्रभावको कसीले मात्र । ब्रिटिश म्युजियमका लर्ड म्याकालेले निलेका सबै पुस्तकहरूको डुङ्गुरभन्दा कालिदासको शकुन्तला धेरै जस्तो ठुलो लाग्छ ।
दर्साइरहेछन् । संसारमा सानो र ठुलोका दुई दृष्टिकोणका भेद छन्-  
एक भौतिक, एक आध्यात्मिक । नेपालभन्दा चिन ठुलो कसैले मलाई  
भन्यो भने त मलाई मान्छेभन्दा हात्ती ठुलो भनेको सुन्दा हाँस्न मन  
लागे जस्तो लाग्छ । माटोको परिमाणले खेत ठुलो म गन्दिनँ: त्यसको  
गुण, अवस्था, उब्जनी र भावुक प्रभावको कसीले मात्र । ब्रिटिश  
म्युजियमका लर्ड म्याकालेले निलेका सबै पुस्तकहरूको डुङ्गुरभन्दा  
कालिदासको शकुन्तला धेरै जस्तो ठुलो लाग्छ ।


‘धत्, नेपाली पनि पढ्नु ? हाम्रा ठिटा लेखक कनीकुथी बोक्रा लेख्छन्’ भनी नाकठाडे मिजासको अङ्ग्रेजीबाज चस्मा झल्काएर भन्दछ । मलाई रुनाको अवकाश नभए पनि दयाको भावले त्यस्ताको देखासिकी उल्टो पाखण्डीप हेर्न मन लाग्छ । अङ्ग्रेजी लवजहरूउपर सूर्य नअस्ताउन् तापनि म नेपाली शब्दमा त्यो जादु पाउँछु, जो ग्रीष्म गरम विदेशबाट स्वागतवासी मधुर हावाको लहरसँग ‘को हो ! को हो !’ को सौन्दर्य-संसारमा नवजाग्रत प्रश्नका साथसाथै नेपाली वनको फुट्दो सुगन्धमा मिसिएर आउँछ । सेक्सपियर, मिल्टन, गेटे इत्यादिका कल्पना र महाकाव्यहरूभन्दा मलाई नेपाल पहाडको सरल भाववाहिनी व्याकरणविरोधी हृदषनिनादिनी प्राकृतिक कविता धेरै आनन्द दिने हुनेछ ।
‘धत्, नेपाली पनि पढ्नु ? हाम्रा ठिटा लेखक कनीकुथी बोक्रा  
 
लेख्छन्’ भनी नाकठाडे मिजासको अङ्ग्रेजीबाज चस्मा झल्काएर भन्दछ ।  
‘वाल्ज’ सुन्न चाहन्नँ, तर पहाडको सानो कुनामा झोपडी बनाएर वसन्तकोकिल झैँ कता-कताबाट तीनतारे सारङ्गी बोकेर झुलुक्क देखा पर्ने गाइनेको ‘रानीवनैमा’ सुन्न चाहन्छु । विदेशले कति घिच्याएको छ हामीलाई; हामी अरुको नक्कल मातृभाषाका शब्द तोडफोड गरी ककनो झोक्कामा रवाफ देखाउन चाहन्छौँ, यद्यपि हामीलाई प्रकृतिले यस्तो सङ्गीत-सरल मुख र नासिका दिएको छ, जो अरुको दोषी रवाफले कहिल्यै नक्कल गर्न सक्तैन, अङ्ग्रेजीका लवज र टोनमै केही यस्तो छ, जो हृदयमा खिरखिराउँछ, जो तारमा मिल्दैन तर किरिङमिरिङ गर्दछ, अप्राकृतिक नक्कलीपनमा रवाफ राख्दन खोज्नाका प्रवृत्तिले हामी अरु स्कुले ठिटाको ‘कम्ती छु’ भन्ने भाव पोषण गर्दछौँ भन्ने स्पष्ट देखिन्छ । कोही हिन्दी भन्दछन्, कोही बङ्गाली; म भन्दछु, नीला पहाडहरूको प्राकृतिक भाषा, झर्नाहरू घुसेका मिठा लबज, हिमालयको झल्का पसेका शब्द, अमरवल्लरीहरू ढल्केका बाइमात्रा, चराचुरुङ्गीसँग उड्ने र
मलाई रुनाको अवकाश नभए पनि दयाको भावले त्यस्ताको देखासिकी  
उल्टो पाखण्डीप हेर्न मन लाग्छ । अङ्ग्रेजी लवजहरूउपर सूर्य नअस्ताउन्  
तापनि म नेपाली शब्दमा त्यो जादु पाउँछु, जो ग्रीष्म गरम विदेशबाट  
फर्कदा शीतल झरनादार पहिलो चढाउको पहाडी वनमा प्रथम
स्वागतवासी मधुर हावाको लहरसँग ‘को हो ! को हो !’ को सौन्दर्य-
संसारमा नवजाग्रत प्रश्नका साथसाथै नेपाली वनको फुट्दो सुगन्धमा  
मिसिएर आउँछ । सेक्सपियर, मिल्टन, गेटे इत्यादिका कल्पना र  
महाकाव्यहरूभन्दा मलाई नेपाल पहाडको सरल भाववाहिनी  
व्याकरणविरोधी हृदषनिनादिनी प्राकृतिक कविता धेरै आनन्द दिने हुनेछ ।
‘वाल्ज’ सुन्न चाहन्नँ, तर पहाडको सानो कुनामा झोपडी बनाएर  
वसन्तकोकिल झैँ कता-कताबाट तीनतारे सारङ्गी बोकेर झुलुक्क देखापर्ने
गाइनेको ‘रानीवनैमा’ सुन्न चाहन्छु । विदेशले कति घिच्याएको छ  
हामीलाई; हामी अरुको नक्कल मातृभाषाका शब्द तोडफोड गरी ककनो  
झोक्कामा रवाफ देखाउन चाहन्छौँ, यद्यपि हामीलाई प्रकृतिले यस्तो  
सङ्गीत-सरल मुख र नासिका दिएको छ, जो अरुको दोषी रवाफले  
कहिल्यै नक्कल गर्न सक्तैन, अङ्ग्रेजीका लवज र टोनमै केही यस्तो छ,  
जो हृदयमा खिरखिराउँछ, जो तारमा मिल्दैन तर किरिङमिरिङ गर्दछ,  
अप्राकृतिक नक्कलीपनमा रवाफ राख्दन खोज्नाका प्रवृत्तिले हामी अरु  
स्कुले ठिटाको ‘कम्ती छु’ भन्ने भाव पोषण गर्दछौँ भन्ने स्पष्ट देखिन्छ ।  
कोही हिन्दी भन्दछन्, कोही बङ्गाली; म भन्दछु, नीला पहाडहरूको  
प्राकृतिक भाषा, झर्नाहरू घुसेका मिठा लबज, हिमालयको झल्का  
पसेका शब्द, अमरवल्लरीहरू ढल्केका बाइमात्रा, चराचुरुङ्गीसँग उड्ने र

Revision as of 11:49, 26 January 2025

This page has not been proofread

दर्साइरहेछन् । संसारमा सानो र ठुलोका दुई दृष्टिकोणका भेद छन्- एक भौतिक, एक आध्यात्मिक । नेपालभन्दा चिन ठुलो कसैले मलाई भन्यो भने त मलाई मान्छेभन्दा हात्ती ठुलो भनेको सुन्दा हाँस्न मन लागे जस्तो लाग्छ । माटोको परिमाणले खेत ठुलो म गन्दिनँ: त्यसको गुण, अवस्था, उब्जनी र भावुक प्रभावको कसीले मात्र । ब्रिटिश म्युजियमका लर्ड म्याकालेले निलेका सबै पुस्तकहरूको डुङ्गुरभन्दा कालिदासको शकुन्तला धेरै जस्तो ठुलो लाग्छ ।

‘धत्, नेपाली पनि पढ्नु ? हाम्रा ठिटा लेखक कनीकुथी बोक्रा लेख्छन्’ भनी नाकठाडे मिजासको अङ्ग्रेजीबाज चस्मा झल्काएर भन्दछ । मलाई रुनाको अवकाश नभए पनि दयाको भावले त्यस्ताको देखासिकी उल्टो पाखण्डीप हेर्न मन लाग्छ । अङ्ग्रेजी लवजहरूउपर सूर्य नअस्ताउन् तापनि म नेपाली शब्दमा त्यो जादु पाउँछु, जो ग्रीष्म गरम विदेशबाट फर्कदा शीतल झरनादार पहिलो चढाउको पहाडी वनमा प्रथम स्वागतवासी मधुर हावाको लहरसँग ‘को हो ! को हो !’ को सौन्दर्य- संसारमा नवजाग्रत प्रश्नका साथसाथै नेपाली वनको फुट्दो सुगन्धमा मिसिएर आउँछ । सेक्सपियर, मिल्टन, गेटे इत्यादिका कल्पना र महाकाव्यहरूभन्दा मलाई नेपाल पहाडको सरल भाववाहिनी व्याकरणविरोधी हृदषनिनादिनी प्राकृतिक कविता धेरै आनन्द दिने हुनेछ । ‘वाल्ज’ सुन्न चाहन्नँ, तर पहाडको सानो कुनामा झोपडी बनाएर वसन्तकोकिल झैँ कता-कताबाट तीनतारे सारङ्गी बोकेर झुलुक्क देखापर्ने गाइनेको ‘रानीवनैमा’ सुन्न चाहन्छु । विदेशले कति घिच्याएको छ हामीलाई; हामी अरुको नक्कल मातृभाषाका शब्द तोडफोड गरी ककनो झोक्कामा रवाफ देखाउन चाहन्छौँ, यद्यपि हामीलाई प्रकृतिले यस्तो सङ्गीत-सरल मुख र नासिका दिएको छ, जो अरुको दोषी रवाफले कहिल्यै नक्कल गर्न सक्तैन, अङ्ग्रेजीका लवज र टोनमै केही यस्तो छ, जो हृदयमा खिरखिराउँछ, जो तारमा मिल्दैन तर किरिङमिरिङ गर्दछ, अप्राकृतिक नक्कलीपनमा रवाफ राख्दन खोज्नाका प्रवृत्तिले हामी अरु स्कुले ठिटाको ‘कम्ती छु’ भन्ने भाव पोषण गर्दछौँ भन्ने स्पष्ट देखिन्छ । कोही हिन्दी भन्दछन्, कोही बङ्गाली; म भन्दछु, नीला पहाडहरूको प्राकृतिक भाषा, झर्नाहरू घुसेका मिठा लबज, हिमालयको झल्का पसेका शब्द, अमरवल्लरीहरू ढल्केका बाइमात्रा, चराचुरुङ्गीसँग उड्ने र