Jump to content

Page:Munamadan.pdf/7: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created blank page
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
 
{{c|{{x-larger|'''सज्जनवर्गका प्रति'''}}}}
{{center block|
<poem>
क्या राम्रो, मीठो नेपाली गाना झ्याउरे भनेको !
यो खेतभित्र बिरुवा रोपेँ नदेखि खनेको !
फुलेर जाओस् वैलेर जाओस् ईश्वर-इच्छा हो,
पयरपनि नकुल्च, भाइ ! यो मेरो भिक्षा हो ।
यो फलिजाओस् ! यो फैलिजाओस् ! वसन्त डाकन,
झ्याउरे भनी नगर हेलाँ हे प्यारा सज्जन !
नरम गररोस्, चरम-चुली उडाई पुर्‍याओस्,
निर्मल नाला-लहर जस्ता अगर चलाओस्,
पहाडछातीमा पो टम्मराओस् डाँडाले दोहर्‍याउन्,
मन र वन गुँजेर उठून्, छहरा छहराऊन्,
शहरभित्र एकान्त खोपी, यो गरोस् उज्यालो
झोपडीभित्र यसैले बालेस्, मनको दियालो;
नेपाली गेडा, नेपाली दाना, नेपाली रसले
भिजेको मीठो रसिलो गीत, नेपाली कसले
नेपाली भन्ने कसले त्यसै आँखा नै चिम्ललेला;
प्रतिभाबाट छहरा छुटे, हृदय नछोला ?
पर्वत, खाडी, फाँटमा चल्छ झयाउरेको लहरी,
स्वदेशी माटो जागेर बोल्छ सरलमा छहरी,
झुप्राका चरी, वनका परी, दिल भल बगाउँछन्,
मासा र मासा जनका भाषा हावालाई रँगाउँछन्,
नक्कली जीवन, कुटिल विद्या लिँदैन यसमा चाल,
भावका वशमा पग्लन्छ रसमा जनको दिलको छाल;
पहिलो कवि पर्वतको पानी निर्मल अधर,
हिमाल सारा सङ्गीत धारा प्रथम छरर,
</poem>}}
{{stanza continue}}

Revision as of 12:00, 7 March 2025

This page has not been proofread
सज्जनवर्गका प्रति

क्या राम्रो, मीठो नेपाली गाना झ्याउरे भनेको !
यो खेतभित्र बिरुवा रोपेँ नदेखि खनेको !
फुलेर जाओस् वैलेर जाओस् ईश्वर-इच्छा हो,
पयरपनि नकुल्च, भाइ ! यो मेरो भिक्षा हो ।
यो फलिजाओस् ! यो फैलिजाओस् ! वसन्त डाकन,
झ्याउरे भनी नगर हेलाँ हे प्यारा सज्जन !
नरम गररोस्, चरम-चुली उडाई पुर्‍याओस्,
निर्मल नाला-लहर जस्ता अगर चलाओस्,
पहाडछातीमा पो टम्मराओस् डाँडाले दोहर्‍याउन्,
मन र वन गुँजेर उठून्, छहरा छहराऊन्,
शहरभित्र एकान्त खोपी, यो गरोस् उज्यालो
झोपडीभित्र यसैले बालेस्, मनको दियालो;
नेपाली गेडा, नेपाली दाना, नेपाली रसले
भिजेको मीठो रसिलो गीत, नेपाली कसले
नेपाली भन्ने कसले त्यसै आँखा नै चिम्ललेला;
प्रतिभाबाट छहरा छुटे, हृदय नछोला ?
पर्वत, खाडी, फाँटमा चल्छ झयाउरेको लहरी,
स्वदेशी माटो जागेर बोल्छ सरलमा छहरी,
झुप्राका चरी, वनका परी, दिल भल बगाउँछन्,
मासा र मासा जनका भाषा हावालाई रँगाउँछन्,
नक्कली जीवन, कुटिल विद्या लिँदैन यसमा चाल,
भावका वशमा पग्लन्छ रसमा जनको दिलको छाल;
पहिलो कवि पर्वतको पानी निर्मल अधर,
हिमाल सारा सङ्गीत धारा प्रथम छरर,