Page:Sunko bihani.pdf/31: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{c|{{x-larger|'''फूल-परी'''}}}} {{center block| <poem> {{pcn|(१ )}} बगैंचामा मेरा रङबिरङका छन् कति परी कलीला क्या राम्रा मुसुमुसु हुने बोल्दछ सरि । सिंगारेका छाँटी मगमग छिटो अत्तर मिही लगाएका सारी नरम रँगिला रेशमसर..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
{{pcn|(१ )}} | {{pcn|(१)}} | ||
बगैंचामा मेरा रङबिरङका छन् कति परी | बगैंचामा मेरा रङबिरङका छन् कति परी | ||
कलीला क्या राम्रा मुसुमुसु हुने बोल्दछ सरि । | कलीला क्या राम्रा मुसुमुसु हुने बोल्दछ सरि । | ||
Line 8: | Line 8: | ||
लगाएका सारी नरम रँगिला रेशमसरि ॥ | लगाएका सारी नरम रँगिला रेशमसरि ॥ | ||
{{pcn|(२ )}} | {{pcn|(२)}} | ||
हरीया खोपीमा टहल छ हवाको हरहर | हरीया खोपीमा टहल छ हवाको हरहर | ||
सधैं नाच्ने झुल्ने चलमल हुने नै छ रहर । | सधैं नाच्ने झुल्ने चलमल हुने नै छ रहर । | ||
Line 14: | Line 14: | ||
इशाराले डाकी मसँग सब गर्छन् खुसुखुसु ॥ | इशाराले डाकी मसँग सब गर्छन् खुसुखुसु ॥ | ||
{{pcn|(३ )}} | {{pcn|(३)}} | ||
चरा पंखी राम्रा नरम रङ पत्ती फरहर | चरा पंखी राम्रा नरम रङ पत्ती फरहर | ||
उडूँ झैं बस्छन् ती वरपर हररर । | उडूँ झैं बस्छन् ती वरपर हररर । | ||
Line 20: | Line 20: | ||
फुका छाती बोल्छन् मसँग परबाटै सब तर ॥ | फुका छाती बोल्छन् मसँग परबाटै सब तर ॥ | ||
{{pcn|(४ )}} | {{pcn|(४)}} | ||
"कहाँदेखिन् आयौ भनन सुकुमारी वनपरी ?" | "कहाँदेखिन् आयौ भनन सुकुमारी वनपरी ?" | ||
भनी सोद्धा भन्छन् मुसुमुसुबनी लज्जितसरि । | भनी सोद्धा भन्छन् मुसुमुसुबनी लज्जितसरि । |
Revision as of 20:09, 6 March 2025
This page has not been proofread
फूल-परी
(१)
बगैंचामा मेरा रङबिरङका छन् कति परी
कलीला क्या राम्रा मुसुमुसु हुने बोल्दछ सरि ।
सिंगारेका छाँटी मगमग छिटो अत्तर मिही
लगाएका सारी नरम रँगिला रेशमसरि ॥
(२)
हरीया खोपीमा टहल छ हवाको हरहर
सधैं नाच्ने झुल्ने चलमल हुने नै छ रहर ।
लगाई हीराको टप झलल हाँसी मुसुमुसु
इशाराले डाकी मसँग सब गर्छन् खुसुखुसु ॥
(३)
चरा पंखी राम्रा नरम रङ पत्ती फरहर
उडूँ झैं बस्छन् ती वरपर हररर ।
कलीला यस्ताछन् कि त छुन पनी लाग्दछ डर
फुका छाती बोल्छन् मसँग परबाटै सब तर ॥
(४)
"कहाँदेखिन् आयौ भनन सुकुमारी वनपरी ?"
भनी सोद्धा भन्छन् मुसुमुसुबनी लज्जितसरि ।
"जहाँ झुल्छन् रंगी नरम कलिला बादलभरी ।"
जहाँ फुल्छन् ऊँचा धनु रंग मिसेका बहु थरी ॥