Jump to content

Page:Shakuntala.pdf/133: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
{{center block|
<poem>
<poem>
५उपलले पलले थलमा यही ।
"उपलले पलले थलमा यही ।
::प्पूत बनी तँ बनी रज झर्दथिस्‌ ॥
::मृत बनी तँ बनी रज झर्दथिस्‌ ॥
मन भरी नभरी करुणा रहोस्‌।
मन भरी नभरी करुणा रहोस्‌ ।
::ल अब आबरु आ बरु आबरु॥”
::ल अब आबरु आ बरु आबरु ॥"
{{pcn|(५७)}}
{{pcn|(५७)}}


विनयले नयले नधपाइने ।
विनयले नयले नधपाइने ।
::उभयले भयले . नहटाइने ॥
::उभयले भयले नहटाइने ॥
मधुर आशयले शयले पनि ।
मधुर आशयले शयले पनि ।
::पर धपाउन पाउन मुस्किल ॥
::पर धपाउन पाउन मुस्किल ॥
Line 14: Line 14:


पर सरी, रस रीस र रागकी ।
पर सरी, रस रीस र रागकी ।
::प॒वनकी वनकी कुसुमाङ्गिनी ॥
::पवनकी वनकी कुसुमाङ्गिनी ॥
शारमदार-मुहार गुलाब छन्‌ ।
शरमदार-मुहार गुलाब छन्‌ ।
::ललित लोलित दोलित भाव छन्‌ ॥
::ललित लोलित दोलित भाव छन्‌ ॥
प्रकृत छन्‌ कृतझड्‌्कृत कान ती ।
प्रकृत छन्‌ कृतझङ्‌कृत कान ती ।
::सरसता रस ताल र ढङ्गकी ॥
::सरसता रस ताल र ढङ्गकी ॥
{{pcn|(५९)}}
{{pcn|(५९)}}


गरि गुहार मुहार निहारदी ।
गरि गुहार मुहार निहारदी ।
::पवनमा सुकुमार प्रहार दी॥
::पवनमा सुकुमार प्रहार दी ॥
कुसुमरूप जुहार शिकार ती।
कुसुमरूप जुहार शिकार ती ।
::मधुपकी, घपकीकन लाल भै॥
::मधुपकी, धपकीकन लाल भै ॥
अब बनिन्‌ वनमा रति कामकी ।
अब बनिन्‌ वनमा रति कामकी ।
{{pcn|(६०)}}
{{pcn|(६०)}}


अघि सरी बिचरीकन भन्दछिन्‌।
अघि सरी बिचरीकन भन्दछिन्‌ ।
::सहचरी अलि चन्चललोचनी
::सहचरी अलि चञ्चललोचनी
नृपतिमा पतिमान गरीकन।
नृपतिमा पतिमान गरीकन ।
::यश दिशा दश बीच छरीकन ॥
::यश दिशा दश बीच छरीकन ॥
“स्ववश शत्रु गरी महिमा लिने ।
“स्ववश शत्रु गरी महिमा लिने ।
::अलि धपाउनु पाउन ! लौ भन॥
::अलि धपाउनु पाउन ! लौ भन ॥
किन कि छौ कनकाञ्चलिनी तिमी ।
किन कि छौ कनकाञ्चलिनी तिमी ।
::अरुणता दिनकी सुरमोहिनी॥”
::अरुणता दिनकी सुरमोहिनी ॥"
{{pcn|(६१)}}
{{pcn|(६१)}}


</poem>}}
</poem>}}

Latest revision as of 16:12, 6 March 2025

This page has been proofread

"उपलले पलले थलमा यही ।
मृत बनी तँ बनी रज झर्दथिस्‌ ॥
मन भरी नभरी करुणा रहोस्‌ ।
ल अब आबरु आ बरु आबरु ॥"
(५७)

विनयले नयले नधपाइने ।
उभयले भयले नहटाइने ॥
मधुर आशयले शयले पनि ।
पर धपाउन पाउन मुस्किल ॥
(५८)

पर सरी, रस रीस र रागकी ।
पवनकी वनकी कुसुमाङ्गिनी ॥
शरमदार-मुहार गुलाब छन्‌ ।
ललित लोलित दोलित भाव छन्‌ ॥
प्रकृत छन्‌ कृतझङ्‌कृत कान ती ।
सरसता रस ताल र ढङ्गकी ॥
(५९)

गरि गुहार मुहार निहारदी ।
पवनमा सुकुमार प्रहार दी ॥
कुसुमरूप जुहार शिकार ती ।
मधुपकी, धपकीकन लाल भै ॥
अब बनिन्‌ वनमा रति कामकी ।
(६०)

अघि सरी बिचरीकन भन्दछिन्‌ ।
सहचरी अलि चञ्चललोचनी ॥
नृपतिमा पतिमान गरीकन ।
यश दिशा दश बीच छरीकन ॥
“स्ववश शत्रु गरी महिमा लिने ।
अलि धपाउनु पाउन ! लौ भन ॥
किन कि छौ कनकाञ्चलिनी तिमी ।
अरुणता दिनकी सुरमोहिनी ॥"
(६१)