Page:Shakuntala.pdf/128: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
चारु चट्ट अघि सर्दछिन् अब । | चारु चट्ट अघि सर्दछिन् अब । | ||
:: | ::"क्या मसक्क भन बैंस मस्कियो ॥" | ||
सुन्दछिन् नजरले इशारिँदी । | सुन्दछिन् नजरले इशारिँदी । | ||
::ती नजीक रहँदी प्रियम्वदा ॥ | ::ती नजीक रहँदी प्रियम्वदा ॥ | ||
"लच्किएछ अलि उप्सिईकन । | |||
::वल्कलै पनि बढालु बैंसमा ॥ | ::वल्कलै पनि बढालु बैंसमा ॥ | ||
क्या छिचल्छ तरुणोपना भने । | क्या छिचल्छ तरुणोपना भने । | ||
::वस्त्र, | ::वस्त्र, कुड्मल सुगन्ध बन्धन ॥ | ||
फुक्छ पात भँवरा झुलाउन । | फुक्छ पात भँवरा झुलाउन । | ||
::उप्सिएर नलिनी-प्रकोशमा ॥ | ::उप्सिएर नलिनी-प्रकोशमा ॥ | ||
फुट्दछन् हरित बाह्य बन्धन । | |||
::मुग्ध पाउँछ सुवासको धन | ::मुग्ध पाउँछ सुवासको धन ॥" | ||
{{pcn|(३५)}} | {{pcn|(३५)}} | ||
"चारु जा तँ नखरे" भनी तिनी । | |||
:: | ::अर्द्घचाख तर अर्द्धलाजकी ॥ | ||
लालिमा वदनमा | लालिमा वदनमा सरक्क भै । | ||
::रङ्ग रोक्न अलि यत्न गर्दछिन् ॥ | ::रङ्ग रोक्न अलि यत्न गर्दछिन् ॥ | ||
अर्द्ध छन् सफल ती मुहारमा । | |||
::छन् विफल रङ्ग आउँदा ॥ | ::अर्द्ध छन् विफल रङ्ग आउँदा ॥ | ||
{{pcn|(३६)}} | {{pcn|(३६)}} | ||
थप्दछिन् छुन कपोल | थप्दछिन् छुन कपोल कोमल । | ||
::सुख | ::हातले सुख लिँदी उरोरुही ॥ | ||
पुष्टतासँग प्रफुल्लता । | पुष्टतासँग प्रफुल्लता हुनु । | ||
:: | ::पोटिलो हुनु चढेर माधुरी ॥ | ||
{{pcn|(३७)}} | {{pcn|(३७)}} | ||
'धन्य ती कर' भनी अभागका । | |||
::हात सुन्दर हेर्दछन् ॥ | ::हात सुन्दर सुरेख हेर्दछन् ॥ | ||
ती | ती सहस्र समरादिका जयी । | ||
::जो बने सहजमा त्यहाँ वश ॥ | ::जो बने सहजमा त्यहाँ वश ॥ | ||
देखिँदा | देखिँदा मधुर बैंसको यश । | ||
:: | ::राज्यबीच हरियो दिशा दश ॥ | ||
भाललाइ करले | भाललाइ करले मुसार्दछन् । | ||
::फूल | ::फूल 'चारु' करले घुसार्दछिन् ॥ | ||
{{pcn|(३८)}} | {{pcn|(३८)}} | ||
</poem>}} | </poem>}} |
Latest revision as of 15:35, 6 March 2025
चारु चट्ट अघि सर्दछिन् अब ।
"क्या मसक्क भन बैंस मस्कियो ॥"
सुन्दछिन् नजरले इशारिँदी ।
ती नजीक रहँदी प्रियम्वदा ॥
"लच्किएछ अलि उप्सिईकन ।
वल्कलै पनि बढालु बैंसमा ॥
क्या छिचल्छ तरुणोपना भने ।
वस्त्र, कुड्मल सुगन्ध बन्धन ॥
फुक्छ पात भँवरा झुलाउन ।
उप्सिएर नलिनी-प्रकोशमा ॥
फुट्दछन् हरित बाह्य बन्धन ।
मुग्ध पाउँछ सुवासको धन ॥"
(३५)
"चारु जा तँ नखरे" भनी तिनी ।
अर्द्घचाख तर अर्द्धलाजकी ॥
लालिमा वदनमा सरक्क भै ।
रङ्ग रोक्न अलि यत्न गर्दछिन् ॥
अर्द्ध छन् सफल ती मुहारमा ।
अर्द्ध छन् विफल रङ्ग आउँदा ॥
(३६)
थप्दछिन् छुन कपोल कोमल ।
हातले सुख लिँदी उरोरुही ॥
पुष्टतासँग प्रफुल्लता हुनु ।
पोटिलो हुनु चढेर माधुरी ॥
(३७)
'धन्य ती कर' भनी अभागका ।
हात सुन्दर सुरेख हेर्दछन् ॥
ती सहस्र समरादिका जयी ।
जो बने सहजमा त्यहाँ वश ॥
देखिँदा मधुर बैंसको यश ।
राज्यबीच हरियो दिशा दश ॥
भाललाइ करले मुसार्दछन् ।
फूल 'चारु' करले घुसार्दछिन् ॥
(३८)