Jump to content

Page:Shakuntala.pdf/109: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
कटक्क टाप कड्कियो पटट्ट रज्जु पड्कियो ।
कटक्क टाप कड्कियो पटट्ट रज्जु पड्कियो ।
::शिला चटट्ट चड्डकियो गडड्डड यान गड्कियो ॥
::शिला चटट्ट चड्कियो गडड्ड यान गड्कियो ॥
घर चक्र घुम्दछन्‌ झिलिल्ल अगिन झल्कियो ।
घरर्र चक्र घुम्दछन्‌ झिलिल्ल अग्नि झल्कियो ।
::सवेग अश्व चल्दछन्‌ तथापि मिर्ग अल्पियो ॥
::सवेग अश्व चल्दछन्‌ तथापि मिर्ग अल्पियो ॥
{{pcn|(८)}}
{{pcn|(८)}}
Line 9: Line 9:
बढेर जान्छ वेग झन्‌ पिटाइ पाउँदा हय ।
बढेर जान्छ वेग झन्‌ पिटाइ पाउँदा हय ।
::तडित्‌समान बन्दछन्‌ बुझी समस्त आशय ॥
::तडित्‌समान बन्दछन्‌ बुझी समस्त आशय ॥
गरेर घोष मैघको दगुर्छ रथ।
गरेर घोष मैघको दगुर्छ झल्किँदै रथ ।
::अरण्य-अग्रगण्यको लिएर वेगले पथ ॥
::अरण्य-अग्रगण्यको लिएर वेगले पथ ॥
{{pcn|(९)}}
{{pcn|(९)}}


सफेन अश्व तेजका भिजी प्रसाधिताङग ती ।
सफेन अश्व तेजका भिजी प्रसाधिताङ्ग ती ।
::जुटेर रोम टाँस्सिँदा लगाम जो चपाउँछन्‌ ॥
::जुटेर रोम टाँस्सिँदा लगाम जो चपाउँछन्‌ ॥
फुरेर नाक फोहरा फुरर बीच बीचमा ।
फुरेर नाक फोहरा फुरुर्र बीच बीचमा ।
::गला सुदीर्घ यालका समस्त छल्बलाउँछन्‌ ॥
::गला सुदीर्घ यालका समस्त छल्बलाउँछन्‌ ॥
सजीव स्थूल नेत्र छन्‌ र कान छन्‌ उचालिँदा ।
सजीव स्थूल नेत्र छन्‌ र कान छन्‌ उचालिँदा ।
::सुशीघ चारु टाप छन्‌ उचालिँदा खसालिँदा ॥
::सुशीघ्र चारु टाप छन्‌ उचालिँदा खसालिँदा ॥
घुँडा छुने लतारिने छ लोल दीर्घ पुच्छर ।
घुँडा छुने लतारिने छ लोल दीर्घ पुच्छर ।
::अगाडितर्फ उफ्रिँवा कटट्ट टाप कड्किँदा ॥
::अगाडितर्फ उफ्रिँदा कटट्ट टाप कड्किँदा ॥
{{pcn|(१०)}}
{{pcn|(१०)}}


उ मिर्ग ! आधि खाइँदो छ घाँस आधि दाँतमा ।
उ मिर्ग ! आधि खाइँदो छ घाँस आधि दाँतमा ।
::छरेर बुर्कुसी लिँदै सुरेख कण्ठ बाङ्रिँदो
::छरेर बुर्कुसी लिँदै सुरेख कण्ठ बाङ्गिँदो
पछाडि आँग खुम्चिँदा भएर त्रास वाणको ।
पछाडि आँग खुम्चिँदा भएर त्रास वाणको ।
::अगाडि ज्यादि हत्तिँदो फटक्क दूर फट्किँदो ॥
::अगाडि ज्यादि हत्तिँदो फटक्क दूर फट्किँदो ॥
जमीन थोर नै छुने र घेर जो हवा हुने।
जमीन थोर नै छुने र धेर जो हवा हुने ।
::झिना सुशीघपादले फटक्क फट्ट फड्किंयो
::झिना सुशीघ्रपादले फटक्क फट्ट फड्किँयो
दिएर दृष्टि यानमा सशङ्क सट्ट सड्किँदो ।
दिएर दृष्टि यानमा सशङ्क सट्ट सड्किँदो ।
{{pcn|(११)}}
{{pcn|(११)}}


सुवर्णयानमा डटी मुहारका समुज्ज्वल ।
सुवर्णयानमा डटी मुहारका समुज्ज्वल ।
::खिचेर ज्या८५: यसो पछाडि ढल्किँदा ॥
::खिचेर ज्या सुवाहुले यसो पछाडि ढल्किँदा ॥
लिएर ताक, भौँ दुवै सरक्क खुम्चिँदा अलि ।
लिएर ताक, भौँ दुवै सरक्क खुम्चिँदा अलि ।
::खिँचेर ज्योति नेत्रको सुदूरमा लगाउँदा ॥
::खिँचेर ज्योति नेत्रको सुदूरमा लगाउँदा ॥

Latest revision as of 18:36, 4 March 2025

This page has been proofread

कटक्क टाप कड्कियो पटट्ट रज्जु पड्कियो ।
शिला चटट्ट चड्कियो गडड्ड यान गड्कियो ॥
घरर्र चक्र घुम्दछन्‌ झिलिल्ल अग्नि झल्कियो ।
सवेग अश्व चल्दछन्‌ तथापि मिर्ग अल्पियो ॥
(८)

बढेर जान्छ वेग झन्‌ पिटाइ पाउँदा हय ।
तडित्‌समान बन्दछन्‌ बुझी समस्त आशय ॥
गरेर घोष मैघको दगुर्छ झल्किँदै रथ ।
अरण्य-अग्रगण्यको लिएर वेगले पथ ॥
(९)

सफेन अश्व तेजका भिजी प्रसाधिताङ्ग ती ।
जुटेर रोम टाँस्सिँदा लगाम जो चपाउँछन्‌ ॥
फुरेर नाक फोहरा फुरुर्र बीच बीचमा ।
गला सुदीर्घ यालका समस्त छल्बलाउँछन्‌ ॥
सजीव स्थूल नेत्र छन्‌ र कान छन्‌ उचालिँदा ।
सुशीघ्र चारु टाप छन्‌ उचालिँदा खसालिँदा ॥
घुँडा छुने लतारिने छ लोल दीर्घ पुच्छर ।
अगाडितर्फ उफ्रिँदा कटट्ट टाप कड्किँदा ॥
(१०)

उ मिर्ग ! आधि खाइँदो छ घाँस आधि दाँतमा ।
छरेर बुर्कुसी लिँदै सुरेख कण्ठ बाङ्गिँदो ॥
पछाडि आँग खुम्चिँदा भएर त्रास वाणको ।
अगाडि ज्यादि हत्तिँदो फटक्क दूर फट्किँदो ॥
जमीन थोर नै छुने र धेर जो हवा हुने ।
झिना सुशीघ्रपादले फटक्क फट्ट फड्किँयो ॥
दिएर दृष्टि यानमा सशङ्क सट्ट सड्किँदो ।
(११)

सुवर्णयानमा डटी मुहारका समुज्ज्वल ।
खिचेर ज्या सुवाहुले यसो पछाडि ढल्किँदा ॥
लिएर ताक, भौँ दुवै सरक्क खुम्चिँदा अलि ।
खिँचेर ज्योति नेत्रको सुदूरमा लगाउँदा ॥
(१२)