Page:Shakuntala.pdf/107: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
छुटे सबै पदाति ती, | छुटे सबै पदाति ती, पछाड़ अश्व पर्दछन् । | ||
::सवेग अश्व चार छन् | ::सवेग अश्व चार छन् रथाधिरूढ बढ्दछन् ॥ | ||
विशाल वृक्ष छन् त्यहाँ उमेरमा शताधिक । | विशाल वृक्ष छन् त्यहाँ उमेरमा शताधिक । | ||
::हजार वृष्टि आँधिका हजार | ::हजार वृष्टि आँधिका हजार पङ्ख वादक ॥ | ||
{{pcn|(१)}} | {{pcn|(१)}} | ||
खुला छ मार्ग यानको शिला छरेर | खुला छ मार्ग यानको शिला छरेर खड्खडे । | ||
::शिकारनिम्ति जो बन्यो छ टापनिम्ति | ::शिकारनिम्ति जो बन्यो छ टापनिम्ति कड्कडे । | ||
घरर्र चार चक्र ती बने गुडेर | घरर्र चार चक्र ती बने गुडेर गड्गडे । | ||
::थरर्र | ::थरर्र बन्छ घच्घचा रथै समस्त हड्बडे । | ||
{{pcn|(२)}} | {{pcn|(२)}} | ||
चरा अनेक चिर्बिरे | चरा अनेक चिर्बिरे फरर्र पङ्ख छिर्बिरे । | ||
::हवा बहन्छ हर्हरे छ शुष्कपत्र सर्सरे ॥ | ::हवा बहन्छ हर्हरे छ शुष्कपत्र सर्सरे ॥ | ||
अरण्यमा अनेक छन् कुरा विचित्र मर्मरे । | अरण्यमा अनेक छन् कुरा विचित्र मर्मरे । | ||
::दगुर्छ यान | ::दगुर्छ यान थर्थरे लिएर मार्ग धर्धरे ॥ | ||
{{pcn|(३)}} | {{pcn|(३)}} | ||
विशालमा उडान ली दिएर दृष्टि नीडमा । | विशालमा उडान ली दिएर दृष्टि नीडमा । | ||
::भुवा पलाउँदा ठिटाठिटीहरू थिए जहाँ ॥ | ::भुवा पलाउँदा ठिटाठिटीहरू थिए जहाँ ॥ | ||
अनेक | अनेक पङ्ख मजा उडी, बही, धकेलिँदै । | ||
::सवेग | ::सवेग हानिँदै लिने चरा सुनेर भीत भै ॥ | ||
अवश्य लौ विपद् परे भनी | अवश्य लौ विपद् परे भनी डराउँदै झरे । | ||
::बनेर माउ चिर्बिरे सशङ्क चक्षुले तरे ॥ | ::बनेर माउ चिर्बिरे सशङ्क चक्षुले तरे ॥ | ||
{{pcn|(४)}} | {{pcn|(४)}} | ||
</poem> | </poem> | ||
}} | }} |
Latest revision as of 18:16, 4 March 2025
This page has been proofread
एकादश सर्ग
(पञ्चचामर)
छुटे सबै पदाति ती, पछाड़ अश्व पर्दछन् ।
सवेग अश्व चार छन् रथाधिरूढ बढ्दछन् ॥
विशाल वृक्ष छन् त्यहाँ उमेरमा शताधिक ।
हजार वृष्टि आँधिका हजार पङ्ख वादक ॥
(१)
खुला छ मार्ग यानको शिला छरेर खड्खडे ।
शिकारनिम्ति जो बन्यो छ टापनिम्ति कड्कडे ।
घरर्र चार चक्र ती बने गुडेर गड्गडे ।
थरर्र बन्छ घच्घचा रथै समस्त हड्बडे ।
(२)
चरा अनेक चिर्बिरे फरर्र पङ्ख छिर्बिरे ।
हवा बहन्छ हर्हरे छ शुष्कपत्र सर्सरे ॥
अरण्यमा अनेक छन् कुरा विचित्र मर्मरे ।
दगुर्छ यान थर्थरे लिएर मार्ग धर्धरे ॥
(३)
विशालमा उडान ली दिएर दृष्टि नीडमा ।
भुवा पलाउँदा ठिटाठिटीहरू थिए जहाँ ॥
अनेक पङ्ख मजा उडी, बही, धकेलिँदै ।
सवेग हानिँदै लिने चरा सुनेर भीत भै ॥
अवश्य लौ विपद् परे भनी डराउँदै झरे ।
बनेर माउ चिर्बिरे सशङ्क चक्षुले तरे ॥
(४)