Jump to content

Page:Shakuntala.pdf/100: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 10: Line 10:


विपुलवक्षका वीर बान्किला ।
विपुलवक्षका वीर बान्किला ।
::तिलकदार छन्‌ पुष्टभाल यी॥
::तिलकदार छन्‌ पुष्टभाल यी ॥
मुख छ तेजिला ओजदार छन्‌ ।
मुख छ तेजिला ओजदार छन्‌ ।
::सब प्रतापका दिव्यसार छन्‌ ॥
::सब प्रतापका दिव्यसार छन्‌ ॥
Line 16: Line 16:


जलधिको तिनीमा गभीरता ।
जलधिको तिनीमा गभीरता ।
::विमलभावका वीचिका छिना॥
::विमलभावका वीचिका छिना ॥
गुण बनाउँदै रत्न कुँदछन्‌
गुण बनाउँदै रत्न कुँद्दछन्‌
::जति छ वर्षिंदो दानको घडा ॥
::जति छ वर्षिंदो दानको घडा ॥
उत्ति धर्मका राह कुदछन्‌
उत्ति धर्मका राह कुद्दछन्‌
::गजब ! ती भने नित्य उत्ति छन्‌ ॥
::गजब ! ती भने नित्य उत्ति छन्‌ ॥
{{pcn|(१२)}}
{{pcn|(१२)}}
Line 31: Line 31:
शिखरबीच छन्‌ वीर शङ्कर ।
शिखरबीच छन्‌ वीर शङ्कर ।
::तारकाविषे छन्‌ दिवाकर ॥
::तारकाविषे छन्‌ दिवाकर ॥
क्रातु समस्तका यी वसन्त छन्‌ ।
ऋतु समस्तका यी वसन्त छन्‌ ।
::कुसुमकीर्तिका रँग अनन्त छन्‌ ॥
::कुसुमकीर्तिका रँग अनन्त छन्‌ ॥
{{pcn|(१४)}}
{{pcn|(१४)}}


</poem>}}
</poem>}}

Latest revision as of 13:42, 2 March 2025

This page has been proofread

गगननीरमा एक सूर्य झैं ।
सहज गर्दथे धूप शासन ॥
चन्द्रमा बने, तारका बने ।
नृप अरू उनीसामु धूसर ॥
तमविषे छटा छाउँथे अझ ।
उडु निभाउँथे ज्योतिले यिनी ॥
(१०)

विपुलवक्षका वीर बान्किला ।
तिलकदार छन्‌ पुष्टभाल यी ॥
मुख छ तेजिला ओजदार छन्‌ ।
सब प्रतापका दिव्यसार छन्‌ ॥
(११)

जलधिको तिनीमा गभीरता ।
विमलभावका वीचिका छिना ॥
गुण बनाउँदै रत्न कुँद्दछन्‌ ।
जति छ वर्षिंदो दानको घडा ॥
उत्ति धर्मका राह कुद्दछन्‌ ।
गजब ! ती भने नित्य उत्ति छन्‌ ॥
(१२)

विष्णुरूपका युग्म बाहुली ।
राज गर्दछन्‌ भूप भूमिमा ॥
बाहुली दुवै स्वर्गमा पनि ।
राज गर्दछन्‌ देवताकन ॥
(१३)

शिखरबीच छन्‌ वीर शङ्कर ।
तारकाविषे छन्‌ दिवाकर ॥
ऋतु समस्तका यी वसन्त छन्‌ ।
कुसुमकीर्तिका रँग अनन्त छन्‌ ॥
(१४)