Page:Shakuntala.pdf/57: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
चिल्लो आसन भो हरा मखमली औ मेनका कामिनी । | चिल्लो आसन भो हरा मखमली औ मेनका कामिनी । | ||
::फुल्दी कोष्ठ यता लता सुरभिता प्यूँदी सुधा चाँदनी ॥ | ::फुल्दी कोष्ठ यता लता सुरभिता प्यूँदी सुधा चाँदनी ॥ | ||
राम्रो स्वर्गसमान कानन कुटी जो | राम्रो स्वर्गसमान कानन कुटी जो प्राकृताऽऽभूषण । | ||
::मेरा | ::मेरा मित्र, सुचित्र भित्र मनमा यो मात्र होस् चित्रण ॥ | ||
{{pcn|(५)}} | {{pcn|(५)}} | ||
झुल्दा छन् सब हिल्ल हिल्ल हँसिला हाँगा तथा वल्लरी । | झुल्दा छन् सब हिल्ल हिल्ल हँसिला हाँगा तथा वल्लरी । | ||
::फुल्दा छन् रँग रश्मिका कति | ::फुल्दा छन् रँग रश्मिका कति थरी बास्ना भरी भै झरी ॥ | ||
झल्झल् गर्दछ शीत पुष्प ऋतुको वर्षा परी झर्झरी । | |||
::पानी रोकिदिने हरा छत फुली रङ्गीन भै माधुरी ॥ | ::पानी रोकिदिने हरा छत फुली रङ्गीन भै माधुरी ॥ | ||
बुट्टा जून छिरीबिरी मुख परी तेर्सी बनिन् सुन्दरी । | |||
{{pcn|(६)}} | {{pcn|(६)}} | ||
::फुल्दो हार छ बाटुलो र हँसिला पुष्पाङ्गिनीले रची । | ::फुल्दो हार छ बाटुलो र हँसिला पुष्पाङ्गिनीले रची । | ||
बुट्टा भर्दछ व्योममा र मनमा त्यो दृश्य हेर्दा सजी ॥ | |||
::यौटा शावक साथमा सरस त्यो साक्षी छ लज्जा दिन । | ::यौटा शावक साथमा सरस त्यो साक्षी छ लज्जा दिन । | ||
गाई नित्य तरङ्गिणी छ सरिता सानन्द सम्भाषिणी ॥ | गाई नित्य तरङ्गिणी छ सरिता सानन्द सम्भाषिणी ॥ | ||
{{pcn|(७)}} | {{pcn|(७)}} | ||
::नाच्छन् चित्र विचित्रका छ बहिनी जो नामका छन् | ::नाच्छन् चित्र विचित्रका छ बहिनी जो नामका छन् ऋतु । | ||
सातौं स्वर्ग | सातौं स्वर्ग पुर्याइ सर्व सपना लाखौं भरी माधुरी ॥ | ||
::कस्तो वन्य सुगन्ध शान्त वनको एकान्तको शासना । | ::कस्तो वन्य सुगन्ध शान्त वनको एकान्तको शासना । | ||
के मिल्ने तपबाट चीज र अरू ? के दिव्य आश्वासन ? | के मिल्ने तपबाट चीज र अरू ? के दिव्य आश्वासन ? | ||
Line 33: | Line 33: | ||
::त्यस्तो वन्य कुटी, विलास रसिलो आनन्दको नन्दन । | ::त्यस्तो वन्य कुटी, विलास रसिलो आनन्दको नन्दन । | ||
धेरै रोज बगिन् तरङ्गसलिला यो काव्य झैं गुन्गुन ॥ | |||
::लागेछन् सहकारमा | ::लागेछन् सहकारमा फल, चुसी माधुर्य त्यो दृश्यको । | ||
लज्जा भो दिन | लज्जा भो दिन एक ती युवतिमा बेढङ्गले अङ्गको ॥ | ||
{{pcn|(१०)}} | {{pcn|(१०)}} | ||
</poem>}} | </poem>}} |
Latest revision as of 15:15, 26 February 2025
चिल्लो आसन भो हरा मखमली औ मेनका कामिनी ।
फुल्दी कोष्ठ यता लता सुरभिता प्यूँदी सुधा चाँदनी ॥
राम्रो स्वर्गसमान कानन कुटी जो प्राकृताऽऽभूषण ।
मेरा मित्र, सुचित्र भित्र मनमा यो मात्र होस् चित्रण ॥
(५)
झुल्दा छन् सब हिल्ल हिल्ल हँसिला हाँगा तथा वल्लरी ।
फुल्दा छन् रँग रश्मिका कति थरी बास्ना भरी भै झरी ॥
झल्झल् गर्दछ शीत पुष्प ऋतुको वर्षा परी झर्झरी ।
पानी रोकिदिने हरा छत फुली रङ्गीन भै माधुरी ॥
बुट्टा जून छिरीबिरी मुख परी तेर्सी बनिन् सुन्दरी ।
(६)
फुल्दो हार छ बाटुलो र हँसिला पुष्पाङ्गिनीले रची ।
बुट्टा भर्दछ व्योममा र मनमा त्यो दृश्य हेर्दा सजी ॥
यौटा शावक साथमा सरस त्यो साक्षी छ लज्जा दिन ।
गाई नित्य तरङ्गिणी छ सरिता सानन्द सम्भाषिणी ॥
(७)
नाच्छन् चित्र विचित्रका छ बहिनी जो नामका छन् ऋतु ।
सातौं स्वर्ग पुर्याइ सर्व सपना लाखौं भरी माधुरी ॥
कस्तो वन्य सुगन्ध शान्त वनको एकान्तको शासना ।
के मिल्ने तपबाट चीज र अरू ? के दिव्य आश्वासन ?
(८)
हाँसी काल दगुर्छ चारु पदमा कल्लोलका चालमा ।
नाच्छन् भाव मिठाससाथ नखरे नाच्दा परी तालमा ॥
लुर्कन्छन् हँसिला जुहार हरिया पन्ना सजी सालमा ।
विश्वामित्रसमान बन्न कसको भाग्यै थियो भालमा ॥
(९)
त्यस्तो वन्य कुटी, विलास रसिलो आनन्दको नन्दन ।
धेरै रोज बगिन् तरङ्गसलिला यो काव्य झैं गुन्गुन ॥
लागेछन् सहकारमा फल, चुसी माधुर्य त्यो दृश्यको ।
लज्जा भो दिन एक ती युवतिमा बेढङ्गले अङ्गको ॥
(१०)