Page:Shakuntala.pdf/56: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
यस्तो नन्दन-बागमा अन रमी मीठा लिँदा स्पन्दन । | यस्तो नन्दन-बागमा अन रमी मीठा लिँदा स्पन्दन । | ||
::आनन्दी मनले बसे दुइ जना स्वःसौखका छन् दिन ॥ | ::आनन्दी मनले बसे दुइ जना स्वःसौखका छन् दिन ॥ | ||
बन्दो कुड्मल | बन्दो कुड्मल फुल्दथ्यो हृदयको संवादसौगन्ध्यमा । | ||
::बेली एक भई दुवै दिल फुले पाई हवेली त्यहाँ ॥ | ::बेली एक भई दुवै दिल फुले पाई हवेली त्यहाँ ॥ | ||
{{pcn|(१)}} | {{pcn|(१)}} | ||
Line 17: | Line 17: | ||
उड्दा स्वर्ण-पखेरु चारु दिन छन् लाली सुनौलासँग । | उड्दा स्वर्ण-पखेरु चारु दिन छन् लाली सुनौलासँग । | ||
::गालाबीच गुलाफको छ मदिरा प्यूँने परीका रँग ॥ | ::गालाबीच गुलाफको छ मदिरा प्यूँने परीका रँग ॥ | ||
प्याला फूल छ, चाँदनी रस भरी | प्याला फूल छ, चाँदनी रस भरी पङ्खा छ हाँगाभरी । | ||
::कल्लोली मृदु अप्सराहरु नटी छन् नाच्न कल्कल् गरी ॥ | ::कल्लोली मृदु अप्सराहरु नटी छन् नाच्न कल्कल् गरी ॥ | ||
{{pcn|(३)}} | {{pcn|(३)}} | ||
राम्रा वन्य | राम्रा वन्य कुरा सबैतिर त्यहाँ स्वादिष्ट छन् रञ्जन । | ||
:: | ::मिल्छन् पुष्पसुरा र मूल, फलका आनन्दका व्यञ्जन ॥ | ||
त्यस्तो प्राकृत मञ्जरी रँग फुटी हिल्दा लतागेहमा । | त्यस्तो प्राकृत मञ्जरी रँग फुटी हिल्दा लतागेहमा । | ||
::पाउँ बस्न त | ::पाउँ बस्न त बन्दथें त्रिभुवनी राजा भई रङ्गमा ॥ | ||
{{pcn|(४)}} | {{pcn|(४)}} | ||
</poem>}} | </poem>}} |
Latest revision as of 15:01, 26 February 2025
यस्तो नन्दन-बागमा अन रमी मीठा लिँदा स्पन्दन ।
आनन्दी मनले बसे दुइ जना स्वःसौखका छन् दिन ॥
बन्दो कुड्मल फुल्दथ्यो हृदयको संवादसौगन्ध्यमा ।
बेली एक भई दुवै दिल फुले पाई हवेली त्यहाँ ॥
(१)
चल्छन् वन्य समीर मन्द गतिका आनन्दमा मन्दमा ।
हुन्छन् रङ्ग अनङ्ग वाणहरुमा भूङ्गादिका सङ्गमा ॥
स्वादु स्पर्श प्रसून शीतल लिँदै ती छालको छन्दमा ।
आनन्दी वनका सुगन्ध मनका छर्छन् फुली रङ्गमा ॥
(२)
उड्दा स्वर्ण-पखेरु चारु दिन छन् लाली सुनौलासँग ।
गालाबीच गुलाफको छ मदिरा प्यूँने परीका रँग ॥
प्याला फूल छ, चाँदनी रस भरी पङ्खा छ हाँगाभरी ।
कल्लोली मृदु अप्सराहरु नटी छन् नाच्न कल्कल् गरी ॥
(३)
राम्रा वन्य कुरा सबैतिर त्यहाँ स्वादिष्ट छन् रञ्जन ।
मिल्छन् पुष्पसुरा र मूल, फलका आनन्दका व्यञ्जन ॥
त्यस्तो प्राकृत मञ्जरी रँग फुटी हिल्दा लतागेहमा ।
पाउँ बस्न त बन्दथें त्रिभुवनी राजा भई रङ्गमा ॥
(४)