Jump to content

Page:Laxmi nibandhasangraha.pdf/144: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
तीनतले झार उमार्न खोज्ने माटोको नैसर्गिक प्रवृत्ति देखाउलान्‌ जस्ता
तीनतले झार उमार्न खोज्ने माटोको नैसर्गिक प्रवृत्ति देखाउलान्‌ जस्ता
छानाहरू र त्रिकोणी पाखाहरू झिभिल्यान्न देखिन्छन्‌ । तिनमा समता
छानाहरू र त्रिकोणी पाखाहरू झिझिल्यान्न देखिन्छन्‌ । तिनमा समता
छैन, अग्ला-होचा लहडी बनौटका छन्‌ र छानाहरू जस्तापाताको सेतो
छैन, अग्ला-होचा लहडी बनौटका छन्‌ र छानाहरू जस्तापाताको सेतो
स्लेटपनाले त्यत्तिकै अनौठा देखिन्छन्‌ जत्तिको क्रषिको टाउकोमा अंग्रेजी
स्लेटपनाले त्यत्तिकै अनौठा देखिन्छन्‌ जत्तिको ऋषिको टाउकोमा अंग्रेजी
स्ट्रे ह्याटले ल्याउन सक्ला । एक जनाले मध्यपदी सिद्धान्तमा आफ्नो घर
स्ट्रं ह्याटले ल्याउन सक्ला । एक जनाले मध्यपदी सिद्धान्तमा आफ्नो घर
आधा झिंगटी र आघा जस्ताले सिंगारेको रहेछ, तर जस्ताको बायाँ
आधा झिंगटी र आघा जस्ताले सिंगारेको रहेछ, तर जस्ताको बायाँ
टुक्का गरीब पाखेले घुँडा टालेको टुक्रा जस्तो देखिन्छ । अनि बैंसका
टुक्रा गरीब पाखेले घुँडा टालेको टुक्रा जस्तो देखिन्छ । अनि बैंसका
विनम्र लामपाते 'झीनाहांगे रूखहरूनजिकै पानी खाने छानाहरू छन्‌, जो
विनम्र लामपाते झीनाहांगे रूखहरूनजिकै पानी खाने छानाहरू छन्‌, जो
शस्यवती पृथ्वीका परालहरूबाट वार्षिक जीर्णोद्धार चाहन्छन्‌ । यी तिनका
शस्यवती पृथ्वीका परालहरूबाट वार्षिक जीर्णोद्धार चाहन्छन्‌ । यी तिनका
छाना हुन्‌ जसलाई हामीहरू झोपडी भन्दछौं । यिनीहरू सच्चा नेपाली
छाना हुन्‌ जसलाई हामीहरू झोपडी भन्दछौं । यिनीहरू सच्चा नेपाली
Line 12: Line 12:
छन्‌ ।
छन्‌ ।


मलाई यहांबाट हेर्दा डिल्लीबजार (पुतलीसडकको कुनासम्म)
मलाई यहाँबाट हेर्दा डिल्लीबजार (पुतलीसडकको कुनासम्म)
बरैँचे बजार जस्तो लाग्दछ । यहांका मान्छे प्राकृत हरियोपनबाट वञ्चित
बगैंचे बजार जस्तो लाग्दछ । यहांका मान्छे प्राकृत हरियोपनबाट वञ्चित
देखिन्नन्‌ । सिर्सिरिलोपन त्यहाँ हावामा छहरा झैँ बनेर आनन्द देला
देखिन्नन्‌ । सिर्सिरिलोपन त्यहाँ हावामा छहरा झैं बनेर आनन्द देला
भन्नै मेरो अनुमान छ । त्यहाँ चरा बोल्दाहोलान्‌ जस्तो मलाई उठाउन
भन्ने मेरो अनुमान छ । त्यहाँ चरा बोल्दाहोलान्‌ जस्तो मलाई उठाउन
मिमिरेमा धोविनी । म भन्न सक्तिनँ त्यहाँ ढुक्क्र बराबर कुर्लन्छन्‌ कि
मिर्मिरेमा धोविनी । म भन्न सक्तिनँ त्यहाँ ढुक्कुर बराबर कुर्लन्छन्‌ कि
कुलँदैनन्‌ तर करर्लनुपर्ने ! त्यहाँ भ्यालको समीपवर्ती हरित फुल्दा प्रशाखामा
कुर्लदैनन्‌ तर कर्लनुपर्ने ! त्यहाँ झ्यालको समीपवर्ती हरित फुल्दा प्रशाखामा
रष्वीन चराहरू जरूर आउँछन्‌ । तर मेरो घरमा त्यस्तो केही छैन ।
रङ्गीन चराहरू जरूर आउँछन्‌ । तर मेरो घरमा त्यस्तो केही छैन ।
त्यहाँका मान्छेले बगैचामा सोख लिनुपर्ने यद्यपि मैले फुर्सतै पाइनँ । यो
त्यहाँका मान्छेले बगैचामा सोख लिनुपर्ने यद्यपि मैले फुर्सतै पाइनँ । यो
दृश्यबाट अर्को अनुमान मेरो यो छ कित्यहाँका बासिन्दा संगीतमा सौख
दृश्यबाट अर्को अनुमान मेरो यो छ कि त्यहाँका बासिन्दा संगीतमा सौख
राख्ताहन्‌ जो साधारण प्रवृत्ति भएर फैलिरहेको सपना म अहिले देख्तछु ।
राख्ताहन्‌ जो साधारण प्रवृत्ति भएर फैलिरहेको सपना म अहिले देख्तछु ।


अलि आँखा तिमिराए, यद्यपि मैले अघि बताएको 'सिर्सि्रिलोपन'
अलि आँखा तिर्मिराए, यद्यपि मैले अघि बताएको 'सिर्सिर्रिलोपन'
प्राकृतिक शरत्कालिक झैँ हावामा इन्द्रियग्राह्यरूपले शीतलता भएर
प्राकृतिक शरत्कालिक झैं हावामा इन्द्रियग्राह्यरूपले शीतलता भएर
स्पर्श गर्न लाग्यो ! यो मध्याह्नमा यस्तो शीतलता हुनु बतासको करुण
स्पर्श गर्न लाग्यो ! यो मध्याह्नमा यस्तो शीतलता हुनु बतासको करुण
महिमा हो । मलाई कश्मीरा भए पुग्छ, सुइटरको जरूरत पर्दैन । वर्षामा
महिमा हो । मलाई कश्मीरा भए पुग्छ, सुइटरको जरूरत पर्दैन । वर्षामा
Line 30: Line 30:
मिर्मिरे सङ्केत जस्तो मात्र लाग्दछ । मानौं यो दशैंका कुइरोको गुप्तवास
मिर्मिरे सङ्केत जस्तो मात्र लाग्दछ । मानौं यो दशैंका कुइरोको गुप्तवास
आएको श्वास हो ! हाम्रो डिल्लीबजारको बेहानी दूधपानी त लौ हेर !
आएको श्वास हो ! हाम्रो डिल्लीबजारको बेहानी दूधपानी त लौ हेर !
आकाशमा मसलाको बोटनेर सफेद भएर फेरि निस्क्यो । वाह ! चल्छ-
आकाशमा मसलाको बोटनेर सफेद भएर फेरि निस्क्यो । वाह ! चल्छ–
सुर-सुर-सुर ! उत्तरोत्तर मानौं हिमाल नै स्वर्ग हो । त्यसको रूखबाट
सुर-सुर-सुर ! उत्तरोत्तर मानौं हिमाल नै स्वर्ग हो । त्यसको रूखबाट

Latest revision as of 09:19, 26 February 2025

This page has been proofread

तीनतले झार उमार्न खोज्ने माटोको नैसर्गिक प्रवृत्ति देखाउलान्‌ जस्ता छानाहरू र त्रिकोणी पाखाहरू झिझिल्यान्न देखिन्छन्‌ । तिनमा समता छैन, अग्ला-होचा लहडी बनौटका छन्‌ र छानाहरू जस्तापाताको सेतो स्लेटपनाले त्यत्तिकै अनौठा देखिन्छन्‌ जत्तिको ऋषिको टाउकोमा अंग्रेजी स्ट्रं ह्याटले ल्याउन सक्ला । एक जनाले मध्यपदी सिद्धान्तमा आफ्नो घर आधा झिंगटी र आघा जस्ताले सिंगारेको रहेछ, तर जस्ताको बायाँ टुक्रा गरीब पाखेले घुँडा टालेको टुक्रा जस्तो देखिन्छ । अनि बैंसका विनम्र लामपाते झीनाहांगे रूखहरूनजिकै पानी खाने छानाहरू छन्‌, जो शस्यवती पृथ्वीका परालहरूबाट वार्षिक जीर्णोद्धार चाहन्छन्‌ । यी तिनका छाना हुन्‌ जसलाई हामीहरू झोपडी भन्दछौं । यिनीहरू सच्चा नेपाली माटोले बनेका छन्‌ र यो शहरको सामीप्यमा अल्पसंख्यक भएर छरिएका छन्‌ ।

मलाई यहाँबाट हेर्दा डिल्लीबजार (पुतलीसडकको कुनासम्म) बगैंचे बजार जस्तो लाग्दछ । यहांका मान्छे प्राकृत हरियोपनबाट वञ्चित देखिन्नन्‌ । सिर्सिरिलोपन त्यहाँ हावामा छहरा झैं बनेर आनन्द देला भन्ने मेरो अनुमान छ । त्यहाँ चरा बोल्दाहोलान्‌ जस्तो मलाई उठाउन मिर्मिरेमा धोविनी । म भन्न सक्तिनँ त्यहाँ ढुक्कुर बराबर कुर्लन्छन्‌ कि कुर्लदैनन्‌ तर कर्लनुपर्ने ! त्यहाँ झ्यालको समीपवर्ती हरित फुल्दा प्रशाखामा रङ्गीन चराहरू जरूर आउँछन्‌ । तर मेरो घरमा त्यस्तो केही छैन । त्यहाँका मान्छेले बगैचामा सोख लिनुपर्ने यद्यपि मैले फुर्सतै पाइनँ । यो दृश्यबाट अर्को अनुमान मेरो यो छ कि त्यहाँका बासिन्दा संगीतमा सौख राख्ताहन्‌ जो साधारण प्रवृत्ति भएर फैलिरहेको सपना म अहिले देख्तछु ।

अलि आँखा तिर्मिराए, यद्यपि मैले अघि बताएको 'सिर्सिर्रिलोपन' प्राकृतिक शरत्कालिक झैं हावामा इन्द्रियग्राह्यरूपले शीतलता भएर स्पर्श गर्न लाग्यो ! यो मध्याह्नमा यस्तो शीतलता हुनु बतासको करुण महिमा हो । मलाई कश्मीरा भए पुग्छ, सुइटरको जरूरत पर्दैन । वर्षामा पानी पिउँदाको शीतलोपन मात्र यहाँ छ, तर ठकठकाउँदा दिनहरूको मिर्मिरे सङ्केत जस्तो मात्र लाग्दछ । मानौं यो दशैंका कुइरोको गुप्तवास आएको श्वास हो ! हाम्रो डिल्लीबजारको बेहानी दूधपानी त लौ हेर ! आकाशमा मसलाको बोटनेर सफेद भएर फेरि निस्क्यो । वाह ! चल्छ– सुर-सुर-सुर ! उत्तरोत्तर मानौं हिमाल नै स्वर्ग हो । त्यसको रूखबाट