Page:Laxmi nibandhasangraha.pdf/136: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
अंग्रेजी अर्थशास्त्रले हामी बहस गर्दछौं र आफ्ना संस्था र | अंग्रेजी अर्थशास्त्रले हामी बहस गर्दछौं र आफ्ना संस्था र | ||
परम्परालाई | परम्परालाई बुझ्दैनौं । हामी गेरुको निन्दा गछौं र वैरागीउपर अपमानका | ||
शब्द उच्चारण गर्दछौं । जटाभन्दा हामीलाई टोप सुहाउँछ र लट्टामा | शब्द उच्चारण गर्दछौं । जटाभन्दा हामीलाई टोप सुहाउँछ र लट्टामा | ||
शोभा छैन । हामी केशको तलाश र फुर्तिलो रवाफीपन चाहन्छौं । | शोभा छैन । हामी केशको तलाश र फुर्तिलो रवाफीपन चाहन्छौं । | ||
जीवनको कक्षा बढाउनमा हामी सभ्यता देख्न | जीवनको कक्षा बढाउनमा हामी सभ्यता देख्न चाहन्छौं । चाहहरूको | ||
गुणन, परिश्रमको बाँड र विशिष्टलाई आर्थिक पैदावारी, औद्योगिक | गुणन, परिश्रमको बाँड र विशिष्टलाई आर्थिक पैदावारी, औद्योगिक | ||
विस्तार, बेकारीको निर्मूलता यिनीहरू हाम्रा नवयुवकका आदर्श छन्, | |||
पतलूनवाला अंग्रेजी एक्सेन्ट र टोनका चश्मादार अध्यापकहरू नवयुगका | पतलूनवाला अंग्रेजी एक्सेन्ट र टोनका चश्मादार अध्यापकहरू नवयुगका | ||
सपनाको तालीम गर्छन् । हामी बेलाइतद्वारा भारत | सपनाको तालीम गर्छन् । हामी बेलाइतद्वारा भारत देख्तछौं र यस्तो | ||
विदित हुन्छ कि हाम्रा आँखा बलिया हातले छोपिदिएका छन्। विज्ञानको | विदित हुन्छ कि हाम्रा आँखा बलिया हातले छोपिदिएका छन्। विज्ञानको | ||
झिलिमिलीमा नवीन मोहनी पाएका हामीहरू ऋषिमुनिका जटासँग | |||
विरोध र बहस गर्ने प्रवृत्ति देखाउँछौं । हाम्रो नजरमा भस्मलेपन केही | |||
विभूति होइन, र ढोकामा पात्र थाप्न आउनेहरूलाई अर्थशास्त्रको व्याख्यान | विभूति होइन, र ढोकामा पात्र थाप्न आउनेहरूलाई अर्थशास्त्रको व्याख्यान | ||
दिएर हटाउने चेष्टा गर्दछौं । | दिएर हटाउने चेष्टा गर्दछौं । | ||
हाम्रा दृष्टिकोण पश्चिमतिर | हाम्रा दृष्टिकोण पश्चिमतिर ढल्कनु स्वाभाविकै हो । हाम्रा | ||
अध्यापकहरू नेकटाई लगाएका हुन्छन् र एक खुट्टा मेचमा राखेर अर्को | अध्यापकहरू नेकटाई लगाएका हुन्छन् र एक खुट्टा मेचमा राखेर अर्को | ||
भूइँमा टेकेर अंग्रेजी झोक्कासँग बेकारी र मगन्तापनको आलस्यउपर | भूइँमा टेकेर अंग्रेजी झोक्कासँग बेकारी र मगन्तापनको आलस्यउपर | ||
व्याख्यान दिएको सुनेर विद्यार्थीले मनका आँखाउपर नयाँ चश्मा चढाउँछ | व्याख्यान दिएको सुनेर विद्यार्थीले मनका आँखाउपर नयाँ चश्मा चढाउँछ । | ||
हामी साधुउपर ईसाका अनुयायी वर्गहरूको दृष्टिले हेरेर | हामी साधुउपर ईसाका अनुयायी वर्गहरूको दृष्टिले हेरेर भन्दछौं, काम | ||
नै ईश्वर हो । मगन्तेपन लिएर सजिलो वृत्ति लिने आत्माहरूलाई कामदार | नै ईश्वर हो । मगन्तेपन लिएर सजिलो वृत्ति लिने आत्माहरूलाई कामदार | ||
दुनियाँअगाडि लाज लाग्नुपर्ने | दुनियाँअगाडि लाज लाग्नुपर्ने हो । यो कैला लट्टा पारेर के गर्छौ ? म | ||
सित्तैमा दिन चाहन्नँ । म आर्थिक पुरुष हुँ र ? मेरा पैसा सित्तै आउँदैनन्, | सित्तैमा दिन चाहन्नँ । म आर्थिक पुरुष हुँ र ? मेरा पैसा सित्तै आउँदैनन्, | ||
राम-राम जपेर खान पाए दुनियाँ आलस्यको प्रजा बन्दछ । हामी लेनदेनको | राम-राम जपेर खान पाए दुनियाँ आलस्यको प्रजा बन्दछ । हामी लेनदेनको | ||
दुनियाँमा पसीनाका दानाले रोटी कमाएर खान्छौं । विनादेनको मागलाई | दुनियाँमा पसीनाका दानाले रोटी कमाएर खान्छौं । विनादेनको मागलाई |
Latest revision as of 20:52, 25 February 2025
साधुको माहात्म्य
अंग्रेजी अर्थशास्त्रले हामी बहस गर्दछौं र आफ्ना संस्था र परम्परालाई बुझ्दैनौं । हामी गेरुको निन्दा गछौं र वैरागीउपर अपमानका शब्द उच्चारण गर्दछौं । जटाभन्दा हामीलाई टोप सुहाउँछ र लट्टामा शोभा छैन । हामी केशको तलाश र फुर्तिलो रवाफीपन चाहन्छौं । जीवनको कक्षा बढाउनमा हामी सभ्यता देख्न चाहन्छौं । चाहहरूको गुणन, परिश्रमको बाँड र विशिष्टलाई आर्थिक पैदावारी, औद्योगिक विस्तार, बेकारीको निर्मूलता यिनीहरू हाम्रा नवयुवकका आदर्श छन्, पतलूनवाला अंग्रेजी एक्सेन्ट र टोनका चश्मादार अध्यापकहरू नवयुगका सपनाको तालीम गर्छन् । हामी बेलाइतद्वारा भारत देख्तछौं र यस्तो विदित हुन्छ कि हाम्रा आँखा बलिया हातले छोपिदिएका छन्। विज्ञानको झिलिमिलीमा नवीन मोहनी पाएका हामीहरू ऋषिमुनिका जटासँग विरोध र बहस गर्ने प्रवृत्ति देखाउँछौं । हाम्रो नजरमा भस्मलेपन केही विभूति होइन, र ढोकामा पात्र थाप्न आउनेहरूलाई अर्थशास्त्रको व्याख्यान दिएर हटाउने चेष्टा गर्दछौं ।
हाम्रा दृष्टिकोण पश्चिमतिर ढल्कनु स्वाभाविकै हो । हाम्रा अध्यापकहरू नेकटाई लगाएका हुन्छन् र एक खुट्टा मेचमा राखेर अर्को भूइँमा टेकेर अंग्रेजी झोक्कासँग बेकारी र मगन्तापनको आलस्यउपर व्याख्यान दिएको सुनेर विद्यार्थीले मनका आँखाउपर नयाँ चश्मा चढाउँछ । हामी साधुउपर ईसाका अनुयायी वर्गहरूको दृष्टिले हेरेर भन्दछौं, काम नै ईश्वर हो । मगन्तेपन लिएर सजिलो वृत्ति लिने आत्माहरूलाई कामदार दुनियाँअगाडि लाज लाग्नुपर्ने हो । यो कैला लट्टा पारेर के गर्छौ ? म सित्तैमा दिन चाहन्नँ । म आर्थिक पुरुष हुँ र ? मेरा पैसा सित्तै आउँदैनन्, राम-राम जपेर खान पाए दुनियाँ आलस्यको प्रजा बन्दछ । हामी लेनदेनको दुनियाँमा पसीनाका दानाले रोटी कमाएर खान्छौं । विनादेनको मागलाई