Page:Laxmi nibandhasangraha.pdf/122: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
र कल्पनाले साधारणको दैनिकको मुलुकभित्र सिर्जना गर्दछन् । | र कल्पनाले साधारणको दैनिकको मुलुकभित्र सिर्जना गर्दछन् । | ||
तर सच्चा | तर सच्चा तवरले बढेका शिशुहरू कवि बन्दछन्, कलाकार | ||
बन्दछन्, उनीहरू आफ्नो चमत्कार मगजका | बन्दछन्, उनीहरू आफ्नो चमत्कार मगजका झिलिमिलीमा विचारशील | ||
उपल्लो कक्षाको दुनियाँलाई जीवनभन्दा ठूलो जीवन, संसारभन्दा मोहन, | उपल्लो कक्षाको दुनियाँलाई जीवनभन्दा ठूलो जीवन, संसारभन्दा मोहन, | ||
संसार र दौलतभन्दा विशाल दौलतहरू सिर्जना गर्दछन्, जसमा भावुक | संसार र दौलतभन्दा विशाल दौलतहरू सिर्जना गर्दछन्, जसमा भावुक | ||
रसिक जुगानुजुगसम्म देवताको मगनमस्ती पाएर पृथिवीमा | रसिक जुगानुजुगसम्म देवताको मगनमस्ती पाएर पृथिवीमा स्वर्गको | ||
मिठास अनुभव गर्दछन् । मानवजातिको सभ्यता भन्नु बाह्य सामग्रीहरूमा | मिठास अनुभव गर्दछन् । मानवजातिको सभ्यता भन्नु बाह्य सामग्रीहरूमा | ||
रहँदैन, र म न लण्डनलाई सभ्य भन्दछु, न पेरिसलाई यदि त्यहाँका | रहँदैन, र म न लण्डनलाई सभ्य भन्दछु, न पेरिसलाई यदि त्यहाँका | ||
Line 17: | Line 17: | ||
प्रशस्त छ, पश्चिम साधारण नातिशीतोष्ण पैदावारीमा रवाफ लिन्छ । | प्रशस्त छ, पश्चिम साधारण नातिशीतोष्ण पैदावारीमा रवाफ लिन्छ । | ||
एक-दुई यूरोपियनहरू भौगोलिक भूल जस्ता देखिन्छन्, जस्तो अमेरिकन | एक-दुई यूरोपियनहरू भौगोलिक भूल जस्ता देखिन्छन्, जस्तो अमेरिकन | ||
एमर्सनको बारेमा कोही भन्दछन्, तर | एमर्सनको बारेमा कोही भन्दछन्, तर साधारणतः भारतीय कल्पनाको | ||
श्रेष्ठता स्वयंसिद्ध छ । | श्रेष्ठता स्वयंसिद्ध छ । | ||
हामी अलि अर्कैतिर ढल्यौं । | हामी अलि अर्कैतिर ढल्यौं । अँ साँच्ची ! म भन्न लागिरहेथें कि | ||
कल्पना नै आनन्दको आत्मा हो। प्रकृति देवीले सहानुभौतिक भावसँग | कल्पना नै आनन्दको आत्मा हो। प्रकृति देवीले सहानुभौतिक भावसँग | ||
मानवनजरअगाडि सूर्योदयको सुनौलो दृश्य उद्घाटन गरेर | मानवनजरअगाडि सूर्योदयको सुनौलो दृश्य उद्घाटन गरेर विहङ्गमगुञ्जित | ||
शीतसुगन्धी प्रभातजागा समयमा रोमाञ्चकारी प्रभाव पैदा गरिरहिछन्, | शीतसुगन्धी प्रभातजागा समयमा रोमाञ्चकारी प्रभाव पैदा गरिरहिछन्, | ||
तर यदि मेरो कल्पना छैन भने म खालि चाकरीमा | तर यदि मेरो कल्पना छैन भने म खालि चाकरीमा दौड्दछु अथवा | ||
वागमतीको किनारतिर | वागमतीको किनारतिर । त्यो दैनिक नवजागरणको छविलो जादू मेरो | ||
आँखालाई कानो गोरुलाई पूर्णिमा जस्तो हुन्छ । न मेरो जिज्ञासा उत्तेजित | आँखालाई कानो गोरुलाई पूर्णिमा जस्तो हुन्छ । न मेरो जिज्ञासा उत्तेजित | ||
हन्छ, न मेरा चर्मचक्षु प्रशंसाको | हन्छ, न मेरा चर्मचक्षु प्रशंसाको मुस्कुराहट लिन्छन्, न म त्यहाँ केही | ||
दौलत वा सन्देश देख्तछु या पाउँछु । मेरी मुर्दा हृदयमा पार्थिव व्यवहारको | दौलत वा सन्देश देख्तछु या पाउँछु । मेरी मुर्दा हृदयमा पार्थिव व्यवहारको | ||
जटिल चाप छ, र मेरो भावुक प्रकृतिमा पक्षपात छ । म त्यसलाई एउटा | जटिल चाप छ, र मेरो भावुक प्रकृतिमा पक्षपात छ । म त्यसलाई एउटा | ||
मामूली दैनिक दर्शन | मामूली दैनिक दर्शन ठहर्याउँछु, एउटा सघैंको बेपरवाहले देखिने घटना | ||
जसमा न आनन्द छ, न जीवन ! यो मानव, | जसमा न आनन्द छ, न जीवन ! यो मानव, पशुत्व, यो अन्धता देख्ता |
Latest revision as of 13:36, 25 February 2025
मोहनीरहित । आँखा देख्नु शून्य छ, र जीवनमा त्यो जादू छैन जो कला र कल्पनाले साधारणको दैनिकको मुलुकभित्र सिर्जना गर्दछन् ।
तर सच्चा तवरले बढेका शिशुहरू कवि बन्दछन्, कलाकार बन्दछन्, उनीहरू आफ्नो चमत्कार मगजका झिलिमिलीमा विचारशील उपल्लो कक्षाको दुनियाँलाई जीवनभन्दा ठूलो जीवन, संसारभन्दा मोहन, संसार र दौलतभन्दा विशाल दौलतहरू सिर्जना गर्दछन्, जसमा भावुक रसिक जुगानुजुगसम्म देवताको मगनमस्ती पाएर पृथिवीमा स्वर्गको मिठास अनुभव गर्दछन् । मानवजातिको सभ्यता भन्नु बाह्य सामग्रीहरूमा रहँदैन, र म न लण्डनलाई सभ्य भन्दछु, न पेरिसलाई यदि त्यहाँका पैदावारीमा म त्यो दौलत देख्तिनँ, जो मेरो आभ्यन्तरिक सौन्दर्यात्मक चेतले प्राकृत तवरले प्रशंसा गर्दछ । यस जातिको विकासको अवस्था परीक्षा गर्ने कसी खालि त्यस जातिको काल्पनिक वर्ण र सौन्दर्यमा पाउँछु । मेरा निमित्त विज्ञानवक्र यूरोप भारतको सभ्यतामा अझ आइपुगेको छैन । किनकि भारतीय कल्पनाका विशालपनासँग आजसम्म यूरोप कुनै कुरामा दाँजिन सक्तैन। पूर्व वनस्पतिको प्रचुरता र रङ्गीनपनमा प्रशस्त छ, पश्चिम साधारण नातिशीतोष्ण पैदावारीमा रवाफ लिन्छ । एक-दुई यूरोपियनहरू भौगोलिक भूल जस्ता देखिन्छन्, जस्तो अमेरिकन एमर्सनको बारेमा कोही भन्दछन्, तर साधारणतः भारतीय कल्पनाको श्रेष्ठता स्वयंसिद्ध छ ।
हामी अलि अर्कैतिर ढल्यौं । अँ साँच्ची ! म भन्न लागिरहेथें कि कल्पना नै आनन्दको आत्मा हो। प्रकृति देवीले सहानुभौतिक भावसँग मानवनजरअगाडि सूर्योदयको सुनौलो दृश्य उद्घाटन गरेर विहङ्गमगुञ्जित शीतसुगन्धी प्रभातजागा समयमा रोमाञ्चकारी प्रभाव पैदा गरिरहिछन्, तर यदि मेरो कल्पना छैन भने म खालि चाकरीमा दौड्दछु अथवा वागमतीको किनारतिर । त्यो दैनिक नवजागरणको छविलो जादू मेरो आँखालाई कानो गोरुलाई पूर्णिमा जस्तो हुन्छ । न मेरो जिज्ञासा उत्तेजित हन्छ, न मेरा चर्मचक्षु प्रशंसाको मुस्कुराहट लिन्छन्, न म त्यहाँ केही दौलत वा सन्देश देख्तछु या पाउँछु । मेरी मुर्दा हृदयमा पार्थिव व्यवहारको जटिल चाप छ, र मेरो भावुक प्रकृतिमा पक्षपात छ । म त्यसलाई एउटा मामूली दैनिक दर्शन ठहर्याउँछु, एउटा सघैंको बेपरवाहले देखिने घटना जसमा न आनन्द छ, न जीवन ! यो मानव, पशुत्व, यो अन्धता देख्ता