Page:Shakuntala.pdf/56: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{ | {{c|{{x-larger|'''पञ्चम सर्ग'''}}}} | ||
{{center block| | {{center block| |
Revision as of 15:41, 17 February 2025
यस्तो नन्दन-बागमा अन रमी मीठा लिँदा स्पन्दन ।
आनन्दी मनले बसे दुइ जना स्वःसौखका छन् दिन ॥
बन्दो कुड्मल फुल्दष्यो हृदयको संवादसौगन्ध्यमा ।
बेली एक भई दुवै दिल फुले पाई हवेली त्यहाँ ॥
(१)
चल्छन् वन्य समीर मन्द गतिका आनन्दमा मन्दमा ।
हुन्छन् रङ्ग अनङ्ग वाणहरुमा भूङ्गादिका सङ्गमा ॥
स्वादु स्पर्श प्रसून शीतल लिँदै ती छालको छन्दमा ।
आनन्दी वनका सुगन्ध मनका छर्छन् फुली रङ्गमा ॥
(२)
उड्दा स्वर्ण-पखेरु चारु दिन छन् लाली सुनौलासँग ।
गालाबीच गुलाफको छ मदिरा प्यूँने परीका रँग ॥
प्याला फूल छ, चाँदनी रस भरी पड्खा छ हाँगाभरी ।
कल्लोली मृदु अप्सराहरु नटी छन् नाच्न कल्कल् गरी ॥
(३)
राम्रा वन्य क्रा सबैतिर त्यहाँ स्वादिष्ट छन् रञ्जन ।
मिन्छन् पुष्पसुरा र मूल, फलका आनन्दका व्यञ्जन ॥
त्यस्तो प्राकृत मञ्जरी रँग फुटी हिल्दा लतागेहमा ।
पाउँ बस्न त नन्दथें त्रिभुवनी राजा भई रङ्गमा ॥
(४)