Page:Shakuntala.pdf/18: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 7: | Line 7: | ||
{{pcn|(१७)}} | {{pcn|(१७)}} | ||
(शिखरिणी) | '''(शिखरिणी)''' | ||
::यहाँ आए कोही दिन बहुत तेजी नृपवर । | ::यहाँ आए कोही दिन बहुत तेजी नृपवर । | ||
जगज्जेता बन्ने प्रनल मनमा कीर्तिशिखर ॥ | जगज्जेता बन्ने प्रनल मनमा कीर्तिशिखर ॥ | ||
Line 37: | Line 37: | ||
::सबै छन्छन् भन्छिन् उछलिइ उतै भक्तिरसमा ॥ | ::सबै छन्छन् भन्छिन् उछलिइ उतै भक्तिरसमा ॥ | ||
{{pcn|(२२)}} | {{pcn|(२२)}} | ||
</poem>}} | </poem>}} |
Revision as of 00:08, 17 February 2025
कुसुमयुत हवामा निस्किनामा शिखारु ।
विषम भुईँभरी त्यो खज्मजाएर चारु॥
सतत-हरित बैँसे केश पृथ्वी-परीको ।
निविड विपिन राम्रो हेर गोदावरीको ॥
(१७)
(शिखरिणी)
यहाँ आए कोही दिन बहुत तेजी नृपवर ।
जगज्जेता बन्ने प्रनल मनमा कीर्तिशिखर ॥
बुझेका हिंसाको पथ रुधिरले लाल अब यी ।
तपस्पाको बाटो लिन वन हिँडे स्वर्गविजयी ॥
(१८)
थिए यी राजर्षिप्रवर, सुन झैं बाससहित ।
महाज्ञानी मानो झै मानव महान् ॥
प्रशाखा फैलेका बहु कीर्तिहरित ।
महादानी भूभृन्मणि अन बसे पादपतल ॥
(१९)
जरा भै पृथ्वीमा मधुर रसले तुष्ट नभई ।
उबज्दु छाडी छोटा विषयधन यी पार्थिव भनी॥
राम्रा कुसुमधन फार्दा नूपवर [पवर ।
जगत्को निद्रामा तरुसरि अब छन्॥
(२०)
नबस्ने को होला ? त्यस थल पुगे शान्त तपमा ?
हराले बाँधेका तटकन चुमेका कलकल ॥
उज्याला झल्का दी जल-लहर बेरेर रसिला ।
जहाँ बम्छिन् श्रद्धा जलधिकन सम्झेर सरिता ॥
(२१)
नदी छर्छिन् सारा घन ।झेलिमिली चारु करले ।
न हीरा भन्छिन् ती, न त 'सुन न मोती लुँगलुँग ॥
बगाई ती चार्दी, महलहरु छाडीकन पर ।
सबै छन्छन् भन्छिन् उछलिइ उतै भक्तिरसमा ॥
(२२)