Jump to content

Page:Laxmi nibandhasangraha.pdf/189: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "भन्ने.महाशयहरूले शायद यो पाना पल्टाउने छैनन्‌ तर के पशुपतिनाथको मन्दिरभित्र प्रवेश गर्दा हामी गौरीशङ्करका यात्री हुन चाहँदैनथ्यौं ? के हामीहरू साहित्य, धर्म, ज्ञानको क्षेत्रमा..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
भन्ने.महाशयहरूले शायद यो पाना पल्टाउने छैनन्‌ तर के पशुपतिनाथको
भन्ने.महाशयहरूले शायद यो पाना पल्टाउने छैनन्‌ तर के पशुपतिनाथको
मन्दिरभित्र प्रवेश गर्दा हामी गौरीशङ्करका यात्री हुन चाहँदैनथ्यौं ? के
मन्दिरभित्र प्रवेश गर्दा हामी गौरीशङ्करका यात्री हुन चाहँदैनथ्यौं ? के
हामीहरू साहित्य, धर्म, ज्ञानको क्षेत्रमा चुलीहरू ताक्तैनौं ? युधिष्ठिर
हामीहरू साहित्य, धर्म, ज्ञानको क्षेत्रमा चुलीहरू ताक्तैनौं ? युधिष्ठिर
स्वर्ग जाँदा यतै आए । तर हामीहरू घनिष्ठ परिचयले महत्त्व भुलेका
स्वर्ग जाँदा यतै आए । तर हामीहरू घनिष्ठ परिचयले महत्त्व भुलेका
मानिस झैं हिमालयमनि बसेर शिखरहरूको उपासना गर्नामा थोरै
मानिस झैं हिमालयमनि बसेर शिखरहरूको उपासना गर्नामा थोरै
समय दिन्छौं र बहुत थोरै कर्मजागरूकता देखाउँछौं ।


समय दिन्छौं र बहुत थोरै कर्मजागरूकता देखाउँछौं ।
तर प्राप्ति ठूलो कि धैर्य ठूलो ? असफलता र सफलतामा
तर प्राप्ति ठूलो कि धैर्य ठूलो ? असफलता र सफलतामा
कुनचाहिँ गहकिलो ? मेरो क्षुद्र विचारमा प्राप्तिभन्दा पनि ध्येय नै ठूलो
कुनचाहिँ गहकिलो ? मेरो क्षुद्र विचारमा प्राप्तिभन्दा पनि ध्येय नै ठूलो
छ, पुग्नुभन्दा आशा र खोज ठूला छन्‌ । सफलताको ढुङ्गा भएको
छ, पुग्नुभन्दा आशा र खोज ठूला छन्‌ । सफलताको ढुङ्गा भएको
निर्मोहनीमा अरू ध्येयहरू फेरि झल्केर नआए मनुष्य मुर्दा हुन्थ्यो ।
निर्मोहनीमा अरू ध्येयहरू फेरि झल्केर नआए मनुष्य मुर्दा हुन्थ्यो ।
हामी गर्नुलाई जीवनको सत्य ठान्दछौं, श्रद्वालाई शिखरको सत्य ठान्दछौं;
हामी गर्नुलाई जीवनको सत्य ठान्दछौं, श्रद्वालाई शिखरको सत्य ठान्दछौं;
Line 19: Line 15:
छातीमा लिइहाले नि ! तर गर्नु-उठ्नु-उक्लनुको सच्चाइमा हामी
छातीमा लिइहाले नि ! तर गर्नु-उठ्नु-उक्लनुको सच्चाइमा हामी
परमेश्वरका सच्चा पुत्र बन्दछौं । शिखरमा शिवको मन्दिर छ, त्यहाँ
परमेश्वरका सच्चा पुत्र बन्दछौं । शिखरमा शिवको मन्दिर छ, त्यहाँ
अनन्तताको कारीगरी छ; त्यहाँ विचित्र सुनका घण्टीहरू बज्दछन्‌ । त्यो
अनन्तताको कारीगरी छ; त्यहाँ विचित्र सुनका घण्टीहरू बज्दछन्‌ । त्यो
उच्चतातिर मानवात्माले हिउँदको निर्मलता लिएर उठ्नुपर्छ ।त्यहाँ देव
उच्चतातिर मानवात्माले हिउँदको निर्मलता लिएर उठ्नुपर्छ ।त्यहाँ देव
र देवीहरू हात जोडेर बसिरहेछन्‌-ती, जो पृथ्वीमा सफल भएथे तर जो
र देवीहरू हात जोडेर बसिरहेछन्‌-ती, जो पृथ्वीमा सफल भएथे तर जो
स्वर्ग पुगे पनि स्वर्गको सिंहासनमा बस्ने सत्यमा अविदितको मोहनी र
स्वर्ग पुगे पनि स्वर्गको सिंहासनमा बस्ने सत्यमा अविदितको मोहनी र
अनन्तको पूर्णता देखेर अरू जीवनहरूद्वारा त्यहीँ चढ्नको मिठास त्यही
अनन्तको पूर्णता देखेर अरू जीवनहरूद्वारा त्यहीँ चढ्नको मिठास त्यही
आज्ञाकारिता र नवीन-नवीन क्षेत्रमा उड्ने हुक्‌महरू पर्खेर बसिरहेका
आज्ञाकारिता र नवीन-नवीन क्षेत्रमा उड्ने हुक्‌महरू पर्खेर बसिरहेका
छन्‌।
छन्‌।
 
{{nop}}
१०५०/लक्ष्मी निबन्ध-संग्रह

Revision as of 21:14, 16 February 2025

This page has not been proofread

भन्ने.महाशयहरूले शायद यो पाना पल्टाउने छैनन्‌ तर के पशुपतिनाथको मन्दिरभित्र प्रवेश गर्दा हामी गौरीशङ्करका यात्री हुन चाहँदैनथ्यौं ? के हामीहरू साहित्य, धर्म, ज्ञानको क्षेत्रमा चुलीहरू ताक्तैनौं ? युधिष्ठिर स्वर्ग जाँदा यतै आए । तर हामीहरू घनिष्ठ परिचयले महत्त्व भुलेका मानिस झैं हिमालयमनि बसेर शिखरहरूको उपासना गर्नामा थोरै समय दिन्छौं र बहुत थोरै कर्मजागरूकता देखाउँछौं ।

तर प्राप्ति ठूलो कि धैर्य ठूलो ? असफलता र सफलतामा कुनचाहिँ गहकिलो ? मेरो क्षुद्र विचारमा प्राप्तिभन्दा पनि ध्येय नै ठूलो छ, पुग्नुभन्दा आशा र खोज ठूला छन्‌ । सफलताको ढुङ्गा भएको निर्मोहनीमा अरू ध्येयहरू फेरि झल्केर नआए मनुष्य मुर्दा हुन्थ्यो । हामी गर्नुलाई जीवनको सत्य ठान्दछौं, श्रद्वालाई शिखरको सत्य ठान्दछौं; मृत्युलाई खतरा मोहनी; असफलतालाई पुनरुद्योगको माधुर्य । भयो पुग्यो बाबू ! सफल भइस्‌' भनेपछि त जीवनको जरूरतै छैन । परमेश्वरले छातीमा लिइहाले नि ! तर गर्नु-उठ्नु-उक्लनुको सच्चाइमा हामी परमेश्वरका सच्चा पुत्र बन्दछौं । शिखरमा शिवको मन्दिर छ, त्यहाँ अनन्तताको कारीगरी छ; त्यहाँ विचित्र सुनका घण्टीहरू बज्दछन्‌ । त्यो उच्चतातिर मानवात्माले हिउँदको निर्मलता लिएर उठ्नुपर्छ ।त्यहाँ देव र देवीहरू हात जोडेर बसिरहेछन्‌-ती, जो पृथ्वीमा सफल भएथे तर जो स्वर्ग पुगे पनि स्वर्गको सिंहासनमा बस्ने सत्यमा अविदितको मोहनी र अनन्तको पूर्णता देखेर अरू जीवनहरूद्वारा त्यहीँ चढ्नको मिठास त्यही आज्ञाकारिता र नवीन-नवीन क्षेत्रमा उड्ने हुक्‌महरू पर्खेर बसिरहेका छन्‌।