Jump to content

Page:Laxmi nibandhasangraha.pdf/129: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "कुम्भकर्ण संसारमा निद्राका उपासकको उस्तो कुरा सुनिंदैन र कुनै सूर्यको उज्यालो महिमा देख्ने र ताजा हावाको स्पर्श पाउने जीवले परमेश्वरसँग वरदान माग्दा निद्रा मागेको कुरा देखेजस..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
कुम्भकर्ण
{{x-larger|'''कुम्भकर्ण'''}}
 
संसारमा निद्राका उपासकको उस्तो कुरा सुनिंदैन र कुनै सूर्यको
संसारमा निद्राका उपासकको उस्तो कुरा सुनिंदैन र कुनै सूर्यको
उज्यालो महिमा देख्ने र ताजा हावाको स्पर्श पाउने जीवले परमेश्वरसँग
उज्यालो महिमा देख्ने र ताजा हावाको स्पर्श पाउने जीवले परमेश्वरसँग
वरदान माग्दा निद्रा मागेको कुरा देखेजस्तो लाग्दैन । उज्यालोको दुनियाँ
वरदान माग्दा निद्रा मागेको कुरा देखेजस्तो लाग्दैन । उज्यालोको दुनियाँ
Line 14: Line 14:
हामी अनुमान गर्न सक्तछौंँ कुन कारण कस्तो समझले कुम्भकर्ण
हामी अनुमान गर्न सक्तछौंँ कुन कारण कस्तो समझले कुम्भकर्ण
वीरले निद्रालाई यस्तो मूल्यवान्‌ ठाने । विशेष गरेर यो हाम्रो बीसौं
वीरले निद्रालाई यस्तो मूल्यवान्‌ ठाने । विशेष गरेर यो हाम्रो बीसौं
शताब्दीमा जब डेभिज जस्ता कविहरू एक-एक क्षणको जनावरको
शताब्दीमा जब डेभिज जस्ता कविहरू एक-एक क्षणको जनावरको
फुरसतउपर आँसु र उत्सुकता भरिएका कविता लेख्तछन्‌ । आधुनिक
फुरसतउपर आँसु र उत्सुकता भरिएका कविता लेख्तछन्‌ । आधुनिक
आँखा टट्टाइरहेछन्‌, अङ्गहरू ध्यार्रघुर्र र संघर्षहरूले धर्किरहेछन्‌, र निरर्थक
आँखा टट्टाइरहेछन्‌, अङ्गहरू ध्यार्रघुर्र र संघर्षहरूले धर्किरहेछन्‌, र निरर्थक
अति परिश्रममा कृत्रिमताले कूँजा बनिरहेछन्‌, दृश्यहरू नक्कलीपनाले
अति परिश्रममा कृत्रिमताले कूँजा बनिरहेछन्‌, दृश्यहरू नक्कलीपनाले
भझिलमिलाउँछन्‌ र तिर्मिराउँछन्‌, रातमा सूर्यभन्दा आँखाफोर उज्यालोले
भझिलमिलाउँछन्‌ र तिर्मिराउँछन्‌, रातमा सूर्यभन्दा आँखाफोर उज्यालोले
Line 25: Line 22:
छ । यसकारण बीसौं शताब्दीले कुम्भकर्णको तत्त्वको जत्तिको प्रशंसा र
छ । यसकारण बीसौं शताब्दीले कुम्भकर्णको तत्त्वको जत्तिको प्रशंसा र
कदर गर्न सक्तछ अरू शताब्दीहरूले त्यत्तिको गर्न सकेनन्‌ ।
कदर गर्न सक्तछ अरू शताब्दीहरूले त्यत्तिको गर्न सकेनन्‌ ।
कुम्भकर्णले शायद यस्तो शोच गरे होलान्‌- 'यो संसार सुखको
कुम्भकर्णले शायद यस्तो शोच गरे होलान्‌- 'यो संसार सुखको
स्वरूप कहाँ छ र ? जति हेत्यो उति दर्शन न हो । यता चिल्छ, उता
स्वरूप कहाँ छ र ? जति हेत्यो उति दर्शन न हो । यता चिल्छ, उता
पोल्छ, अनि अर्कोतिर ठुङ्छ, सब स्वार्थको प्रदर्शनी मात्र न हो । रित्ता
पोल्छ, अनि अर्कोतिर ठुङ्छ, सब स्वार्थको प्रदर्शनी मात्र न हो । रित्ता
मुस्कान, बेकम्मा कुरा, कर्तव्यको बन्धन, बहीखाता खुद्रे मिजास, बोक्रे
मुस्कान, बेकम्मा कुरा, कर्तव्यको बन्धन, बहीखाता खुद्रे मिजास, बोक्रे
१२०/लक्ष्मी निबन्ध-संग्रह

Revision as of 17:02, 16 February 2025

This page has not been proofread

कुम्भकर्ण

संसारमा निद्राका उपासकको उस्तो कुरा सुनिंदैन र कुनै सूर्यको उज्यालो महिमा देख्ने र ताजा हावाको स्पर्श पाउने जीवले परमेश्वरसँग वरदान माग्दा निद्रा मागेको कुरा देखेजस्तो लाग्दैन । उज्यालोको दुनियाँ छाडेर अँध्यारोको संसारमा राज्य माग्ने 'प्लूटो' नामक रोमन देवता थिए र सधैँ अँध्यारो गुफामा जगल्टा फिंजाएर बस्न चाहने देवी 'विषादिनी' थिइन्‌ । तर उनीहरू निद्राको आनन्द हरहमेशा गर्दैनथे । उनीहरूलाई पनि कर्तव्यको बोझा वा विषादको जाग्राम थियो ।तर निद्राको पूर्ण तबरका उपासक हाम्रा घनघोर सुताहा कुम्भकर्ण थिए । उनले समयद्वारा मूर्खता मागेनन्‌, उनलाई अरू वरदानभन्दा निद्रा नै सबभन्दा गहकिलो र खँदिलो लाग्यो ।

हामी अनुमान गर्न सक्तछौंँ कुन कारण कस्तो समझले कुम्भकर्ण वीरले निद्रालाई यस्तो मूल्यवान्‌ ठाने । विशेष गरेर यो हाम्रो बीसौं शताब्दीमा जब डेभिज जस्ता कविहरू एक-एक क्षणको जनावरको फुरसतउपर आँसु र उत्सुकता भरिएका कविता लेख्तछन्‌ । आधुनिक आँखा टट्टाइरहेछन्‌, अङ्गहरू ध्यार्रघुर्र र संघर्षहरूले धर्किरहेछन्‌, र निरर्थक अति परिश्रममा कृत्रिमताले कूँजा बनिरहेछन्‌, दृश्यहरू नक्कलीपनाले भझिलमिलाउँछन्‌ र तिर्मिराउँछन्‌, रातमा सूर्यभन्दा आँखाफोर उज्यालोले हामी अन्धा बनिरहेछौं र बेफुर्सतीको निसास्सिँदो हडबड हाम्रो जीवन छ । यसकारण बीसौं शताब्दीले कुम्भकर्णको तत्त्वको जत्तिको प्रशंसा र कदर गर्न सक्तछ अरू शताब्दीहरूले त्यत्तिको गर्न सकेनन्‌ ।

कुम्भकर्णले शायद यस्तो शोच गरे होलान्‌- 'यो संसार सुखको स्वरूप कहाँ छ र ? जति हेत्यो उति दर्शन न हो । यता चिल्छ, उता पोल्छ, अनि अर्कोतिर ठुङ्छ, सब स्वार्थको प्रदर्शनी मात्र न हो । रित्ता मुस्कान, बेकम्मा कुरा, कर्तव्यको बन्धन, बहीखाता खुद्रे मिजास, बोक्रे