Jump to content

Page:Laxmi nibandhasangraha.pdf/103: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
र विरोधहरूको अध्ययन गर्नु । पहिलो किसिमको आदत साम्यतर्फ
र विरोधहरूको अध्ययन गर्नु । पहिलो किसिमको आदत साम्यतर्फ
दौडन्छ र गम्भीर हुन खोज्दछ । पछिल्लो आदत विरोधका झल्काहरूमा
दौडन्छ र गम्भीर हुन खोज्दछ । पछिल्लो आदत विरोधका झल्काहरूमा
सत्यका हाँगाबिङ्ा पक्रिनुमा मजा मान्दछ, मनोविरोध देखाउनु नै
सत्यका हाँगाबिङ्गा पक्रिनुमा मजा मान्दछ, मनोविरोध देखाउनु नै
सत्यतालाई नवीन रूपमा प्रदर्शन गर्नु हो, अपूर्णताको हँस्सीमा पुग्याउनु
सत्यतालाई नवीन रूपमा प्रदर्शन गर्नु हो, अपूर्णताको हँस्सीमा पुर्याउनु
नै सत्यान्वेषकको एक स्वस्थ क्रिया हो । मोलतोल उल्टाइदिन्छ,
नै सत्यान्वेषकको एक स्वस्थ क्रिया हो । मोलतोल उल्टाइदिन्छ,
हाम्रा कुरा काटिदिन्छ, हाम्रा प्यारा प्रतिष्ठाहरूको अङ्गभङ्ग गरिदिन्छ,
हाम्रा कुरा काटिदिन्छ, हाम्रा प्यारा प्रतिष्ठाहरूको अङ्गभङ्ग गरिदिन्छ,
स्थितिलाई कुठारको धारले परीक्षा गरेर देखाउँछ, अभिप्रायको क्षेत्रमा
स्थितिलाई कुठारको धारले परीक्षा गरेर देखाउँछ, अभिप्रायको क्षेत्रमा
Line 15: Line 15:
हामीहरू अलि सम्हालिएको बेलामा अरूहरूले उडाएको हँस्सीमा उपदेश
हामीहरू अलि सम्हालिएको बेलामा अरूहरूले उडाएको हँस्सीमा उपदेश
लिन चाहन्छौं, अरू बेला रिसाउँछौं, हाम्रा मूर्ख्याइँहरू नत्र कसले
लिन चाहन्छौं, अरू बेला रिसाउँछौं, हाम्रा मूर्ख्याइँहरू नत्र कसले
बताइदिनु ? हामीहरू अरूबाट तिनको उपहासित्व बुझन चाहन्छौं ।
बताइदिनु ? हामीहरू अरूबाट तिनको उपहासित्व बुझ्न चाहन्छौं ।
हामीलाई त्यसमा स्वास्थ्य छ ।
हामीलाई त्यसमा स्वास्थ्य छ ।


तर कोही समालोचकहरू भन्दछन्‌ कि हास्यरसमा गाम्भीर्य
तर कोही समालोचकहरू भन्दछन्‌ कि हास्यरसमा गाम्भीर्य
हुँदैन र हास्यरसको तल ओह्वाल्ने अवगुण कविताको क्षेत्रमा झल्किन्छ ।
हुँदैन र हास्यरसको तल ओह्राल्ने अवगुण कविताको क्षेत्रमा झल्किन्छ ।
कविताहरू प्राकृत तवरले गम्भीर हुन्छन्‌ तर जब उनीहरू हलुका
कविताहरू प्राकृत तवरले गम्भीर हुन्छन्‌ तर जब उनीहरू हलुका
क्षणहरू पाउँछन्‌, तब हास्यरसमा छन्द छेड्दछन्‌ । यो भनाइमा सत्य
क्षणहरू पाउँछन्‌, तब हास्यरसमा छन्द छेड्दछन्‌ । यो भनाइमा सत्य
Line 26: Line 26:
बिग्रनु स्वाभाविक हो । तैपनि कविताको पनि विभिन्नता छ र उपहासमा
बिग्रनु स्वाभाविक हो । तैपनि कविताको पनि विभिन्नता छ र उपहासमा
कविता हुनै सक्तैन भन्नु खालि कट्टरपना हो । सुधारक चैतन्यले सामाजिक
कविता हुनै सक्तैन भन्नु खालि कट्टरपना हो । सुधारक चैतन्यले सामाजिक
वास्तविकताहरू उपहास बनाउँछ र हृदयस्पर्शितासँग भाबुक प्रेरणाले
वास्तविकताहरू उपहास बनाउँछ र हृदयस्पर्शितासँग भावुक प्रेरणाले
लहराएर त्यहाँ कविताको प्रशस्त मात्रा रहन सक्तछ । नत्र ज्यादा उपहास
लहराएर त्यहाँ कविताको प्रशस्त मात्रा रहन सक्तछ । नत्र ज्यादा उपहास
छन्दतिर मात्र ओर्लन्छ । नाटकका क्षेत्रमा र वर्णनको क्षेत्रमा हास्य
छन्दतिर मात्र ओर्लन्छ । नाटकका क्षेत्रमा र वर्णनको क्षेत्रमा हास्य
कवितामा घुस्न सक्तछ ।
कवितामा घुस्न सक्तछ ।
{{nop}}
{{nop}}

Latest revision as of 16:10, 16 February 2025

This page has been proofread

र विरोधहरूको अध्ययन गर्नु । पहिलो किसिमको आदत साम्यतर्फ दौडन्छ र गम्भीर हुन खोज्दछ । पछिल्लो आदत विरोधका झल्काहरूमा सत्यका हाँगाबिङ्गा पक्रिनुमा मजा मान्दछ, मनोविरोध देखाउनु नै सत्यतालाई नवीन रूपमा प्रदर्शन गर्नु हो, अपूर्णताको हँस्सीमा पुर्याउनु नै सत्यान्वेषकको एक स्वस्थ क्रिया हो । ऊ मोलतोल उल्टाइदिन्छ, हाम्रा कुरा काटिदिन्छ, हाम्रा प्यारा प्रतिष्ठाहरूको अङ्गभङ्ग गरिदिन्छ, स्थितिलाई कुठारको धारले परीक्षा गरेर देखाउँछ, अभिप्रायको क्षेत्रमा पदार्पण गरेर हामीलाई हँसाउँछ, हाम्रा सत्यलाई मिथ्या देखाइदिन्छ र ज्ञानी बुझेर हाँस्तछन्‌, अज्ञानी खालि हाँसोको निमित्तको हाँसो भनिठान्दछन्‌ ।

हामीलाई किन हाँस्न मन लाग्दछ ? हामीहरू खालि भूलको गाँजा खान चाहँदैनौं, सधैं मूर्ख हुन चाहनु प्रकृतिविरुद्ध छ । हामी बराबर विदूषकसँग बसेर 'कस्तो लाग्यो हँ ? भनेर सोध्न चाहन्छौं । हामीहरू अलि सम्हालिएको बेलामा अरूहरूले उडाएको हँस्सीमा उपदेश लिन चाहन्छौं, अरू बेला रिसाउँछौं, हाम्रा मूर्ख्याइँहरू नत्र कसले बताइदिनु ? हामीहरू अरूबाट तिनको उपहासित्व बुझ्न चाहन्छौं । हामीलाई त्यसमा स्वास्थ्य छ ।

तर कोही समालोचकहरू भन्दछन्‌ कि हास्यरसमा गाम्भीर्य हुँदैन र हास्यरसको तल ओह्राल्ने अवगुण कविताको क्षेत्रमा झल्किन्छ । कविताहरू प्राकृत तवरले गम्भीर हुन्छन्‌ तर जब उनीहरू हलुका क्षणहरू पाउँछन्‌, तब हास्यरसमा छन्द छेड्दछन्‌ । यो भनाइमा सत्य छैन भन्न सकिन्न । कविता साम्यभावमा लहर छुटेर आएकी हुन्छिन्‌ । सब विरोधहरूको खडबडे उपहासक चेतसँग ठक्कर परेर कवित्व गुण बिग्रनु स्वाभाविक हो । तैपनि कविताको पनि विभिन्नता छ र उपहासमा कविता हुनै सक्तैन भन्नु खालि कट्टरपना हो । सुधारक चैतन्यले सामाजिक वास्तविकताहरू उपहास बनाउँछ र हृदयस्पर्शितासँग भावुक प्रेरणाले लहराएर त्यहाँ कविताको प्रशस्त मात्रा रहन सक्तछ । नत्र ज्यादा उपहास छन्दतिर मात्र ओर्लन्छ । नाटकका क्षेत्रमा र वर्णनको क्षेत्रमा हास्य कवितामा घुस्न सक्तछ ।