Jump to content

Page:Laxmi nibandhasangraha.pdf/61: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
दर्साइरहेछन् । संसारमा सानो र ठुलोका दुई दृष्टिकोणका भेद छन्-
दर्शाइरहेछन् । संसारमा सानो र ठूलोका दुई दृष्टिकोणका भेद छन्–
एक भौतिक, एक आध्यात्मिक । नेपालभन्दा चिन ठुलो कसैले मलाई  
एक भौतिक, एक आध्यात्मिक । नेपालभन्दा चीन ठूलो कसैले मलाई
भन्यो भने त मलाई मान्छेभन्दा हात्ती ठुलो भनेको सुन्दा हाँस्न मन  
भन्यो भने त मलाई मान्छेभन्दा हात्ती ठूलो भनेको सुन्दा हाँस्न मन
लागे जस्तो लाग्छ । माटोको परिमाणले खेत ठुलो म गन्दिनँ: त्यसको  
लागेजस्तो लाग्छ । माटोको परिमाणले खेत ठूलो म गन्दिनँ : त्यसको
गुण, अवस्था, उब्जनी र भावुक प्रभावको कसीले मात्र । ब्रिटिश  
गुण, अवस्था, उब्जनी र भावुक प्रभावको कसीले मात्र । ब्रिटिश
म्युजियमका लर्ड म्याकालेले निलेका सबै पुस्तकहरूको डुङ्गुरभन्दा  
म्यूजियमका लर्ड म्याकालेले निलेका सबै पुस्तकहरूको डुङ्गुरभन्दा
कालिदासको शकुन्तला धेरै जस्तो ठुलो लाग्छ
कालिदासको शकुन्तला धेरै जस्तो ठूलो लागछ


‘धत्, नेपाली पनि पढ्नु ? हाम्रा ठिटा लेखक कनीकुथी बोक्रा  
'धत्, नेपाली पनि पढनु ? हाम्रा ठिटा लेखक कनीकुथी बोक्रा
लेख्छन्’ भनी नाकठाडे मिजासको अङ्ग्रेजीबाज चस्मा झल्काएर भन्दछ ।
लेख्छन् ।' भनी नाकठाडे मिजासको अंग्रेजीवाज चश्मा झल्काएर भन्दछ।
मलाई रुनाको अवकाश नभए पनि दयाको भावले त्यस्ताको देखासिकी  
मलाई रुनाको अवकाश नभए पनि दयाको भावले त्यस्ताको देखासिकी
उल्टो पाखण्डीप हेर्न मन लाग्छ । अङ्ग्रेजी लवजहरूउपर सूर्य नअस्ताउन्
उल्टो पाखण्डीपन हेर्न मन लाग्छ । अंग्रेजी लवजहरूउपर सूर्य नअस्ताऊन्
तापनि म नेपाली शब्दमा त्यो जादु पाउँछु, जो ग्रीष्म गरम विदेशबाट  
तापनि म नेपाली शब्दमा त्यो जादू पाउँछु, जो ग्रीष्म गरम विदेशबाट
फर्कदा शीतल झरनादार पहिलो चढाउको पहाडी वनमा प्रथम
फर्कंदा शीतल झरनादार पहिलो चढाउको पहाडी वनमा प्रथम
स्वागतवासी मधुर हावाको लहरसँग ‘को हो ! को हो !को सौन्दर्य-
स्वागतवासी मधुर हावाको लहरसँग 'को हो ! को हो !' को सौन्दर्य-
संसारमा नवजाग्रत प्रश्नका साथसाथै नेपाली वनको फुट्दो सुगन्धमा  
संसारमा नवजाग्रत् प्रश्नका साथसाथै नेपाली वनको फुट्दो सुगन्धमा
मिसिएर आउँछ । सेक्सपियर, मिल्टन, गेटे इत्यादिका कल्पना र  
मिसिएर आउँछ । शेक्सपियर, मिल्टन, गेटे इत्यादिका कल्पना र
महाकाव्यहरूभन्दा मलाई नेपाल पहाडको सरल भाववाहिनी
महाकाव्यहरूभन्दा मलाई नेपाल पहाडको सरल भाव-वाहिनी
व्याकरणविरोधी हृदषनिनादिनी प्राकृतिक कविता धेरै आनन्द दिने हुनेछ ।
व्याकरणविरोधी हृदयनिनादिनी प्राकृतिक कविता धेरै आनन्द दिने हुनेछ ।
‘वाल्ज’ सुन्न चाहन्नँ, तर पहाडको सानो कुनामा झोपडी बनाएर  
'वाल्ज' सुन्न चाहन्नँ, तर पहाडको सानो कुनामा झोपडी बनाएर
वसन्तकोकिल झैँ कता-कताबाट तीनतारे सारङ्गी बोकेर झुलुक्क देखापर्ने  
वसन्तकोकिल झैं कता-कताबाट तीनतारे सारङ्गी बोकेर झुलुक्क देखापर्ने
गाइनेको ‘रानीवनैमा’ सुन्न चाहन्छु । विदेशले कति घिच्याएको छ  
गाइनेको 'रानीवनैमा' सुन्न चाहन्छु। विदेशले कति घिच्याएको छ
हामीलाई; हामी अरुको नक्कल मातृभाषाका शब्द तोडफोड गरी ककनो  
हामीलाई; हामी अरूको नक्कल मातृभाषाका शब्द तोडफोड गरी ककनो
झोक्कामा रवाफ देखाउन चाहन्छौँ, यद्यपि हामीलाई प्रकृतिले यस्तो  
झोक्कामा रवाफ देखाउन चाहन्छौं, यद्यपि हामीलाई प्रकृतिले यस्तो
सङ्गीत-सरल मुख र नासिका दिएको छ, जो अरुको दोषी रवाफले  
संगीत-सरल मुख र नासिका दिएको छ, जो अरूको दोषी रवाफले
कहिल्यै नक्कल गर्न सक्तैन, अङ्ग्रेजीका लवज र टोनमै केही यस्तो छ,  
कहिल्यै नक्कल गर्न सक्तैन, अंग्रेजीका लबज र टोनमै केही यस्तो छ,
जो हृदयमा खिरखिराउँछ, जो तारमा मिल्दैन तर किरिङमिरिङ गर्दछ,
जो हृदयमा खिरखिराउँछ, जो तारमा मिल्दैन तर किरिङ्गमिरिङ्ग गर्दछ;
अप्राकृतिक नक्कलीपनमा रवाफ राख्दन खोज्नाका प्रवृत्तिले हामी अरु
अप्राकृतिक नक्कलीपनमा रवाफ राख्न खोज्नाका प्रवृत्तिले हामी अरू
स्कुले ठिटाको ‘कम्ती छु’ भन्ने भाव पोषण गर्दछौँ भन्ने स्पष्ट देखिन्छ ।  
स्कूले ठिठाको 'कम्ती छु' भन्ने भाव पोषण गर्दछौं भन्ने स्पष्ट देखिन्छ ।
कोही हिन्दी भन्दछन्, कोही बङ्गाली; म भन्दछु, नीला पहाडहरूको  
कोही हिन्दी भन्दछन, कोही बङ्गाली; म भन्दछु, नीला पहाडहरूको
प्राकृतिक भाषा, झर्नाहरू घुसेका मिठा लबज, हिमालयको झल्का  
प्राकृतिक भाषा, झर्नाहरू घुसेका मीठा लबज, हिमालयको झल्का
पसेका शब्द, अमरवल्लरीहरू ढल्केका बाइमात्रा, चराचुरुङ्गीसँग उड्ने र
पसेका शब्द, अमरवल्लरीहरू ढल्केका बाइमात्रा, चराचुरुङ्गीसँग उड्ने र

Latest revision as of 16:51, 13 February 2025

This page has been proofread

दर्शाइरहेछन् । संसारमा सानो र ठूलोका दुई दृष्टिकोणका भेद छन्– एक भौतिक, एक आध्यात्मिक । नेपालभन्दा चीन ठूलो कसैले मलाई भन्यो भने त मलाई मान्छेभन्दा हात्ती ठूलो भनेको सुन्दा हाँस्न मन लागेजस्तो लाग्छ । माटोको परिमाणले खेत ठूलो म गन्दिनँ : त्यसको गुण, अवस्था, उब्जनी र भावुक प्रभावको कसीले मात्र । ब्रिटिश म्यूजियमका लर्ड म्याकालेले निलेका सबै पुस्तकहरूको डुङ्गुरभन्दा कालिदासको शकुन्तला धेरै जस्तो ठूलो लागछ ।

'धत्, नेपाली पनि पढनु ? हाम्रा ठिटा लेखक कनीकुथी बोक्रा लेख्छन् ।' भनी नाकठाडे मिजासको अंग्रेजीवाज चश्मा झल्काएर भन्दछ। मलाई रुनाको अवकाश नभए पनि दयाको भावले त्यस्ताको देखासिकी उल्टो पाखण्डीपन हेर्न मन लाग्छ । अंग्रेजी लवजहरूउपर सूर्य नअस्ताऊन् तापनि म नेपाली शब्दमा त्यो जादू पाउँछु, जो ग्रीष्म गरम विदेशबाट फर्कंदा शीतल झरनादार पहिलो चढाउको पहाडी वनमा प्रथम स्वागतवासी मधुर हावाको लहरसँग 'को हो ! को हो !' को सौन्दर्य- संसारमा नवजाग्रत् प्रश्नका साथसाथै नेपाली वनको फुट्दो सुगन्धमा मिसिएर आउँछ । शेक्सपियर, मिल्टन, गेटे इत्यादिका कल्पना र महाकाव्यहरूभन्दा मलाई नेपाल पहाडको सरल भाव-वाहिनी व्याकरणविरोधी हृदयनिनादिनी प्राकृतिक कविता धेरै आनन्द दिने हुनेछ । 'वाल्ज' सुन्न चाहन्नँ, तर पहाडको सानो कुनामा झोपडी बनाएर वसन्तकोकिल झैं कता-कताबाट तीनतारे सारङ्गी बोकेर झुलुक्क देखापर्ने गाइनेको 'रानीवनैमा' सुन्न चाहन्छु। विदेशले कति घिच्याएको छ हामीलाई; हामी अरूको नक्कल मातृभाषाका शब्द तोडफोड गरी ककनो झोक्कामा रवाफ देखाउन चाहन्छौं, यद्यपि हामीलाई प्रकृतिले यस्तो संगीत-सरल मुख र नासिका दिएको छ, जो अरूको दोषी रवाफले कहिल्यै नक्कल गर्न सक्तैन, अंग्रेजीका लबज र टोनमै केही यस्तो छ, जो हृदयमा खिरखिराउँछ, जो तारमा मिल्दैन तर किरिङ्गमिरिङ्ग गर्दछ; अप्राकृतिक नक्कलीपनमा रवाफ राख्न खोज्नाका प्रवृत्तिले हामी अरू स्कूले ठिठाको 'कम्ती छु' भन्ने भाव पोषण गर्दछौं भन्ने स्पष्ट देखिन्छ । कोही हिन्दी भन्दछन, कोही बङ्गाली; म भन्दछु, नीला पहाडहरूको प्राकृतिक भाषा, झर्नाहरू घुसेका मीठा लबज, हिमालयको झल्का पसेका शब्द, अमरवल्लरीहरू ढल्केका बाइमात्रा, चराचुरुङ्गीसँग उड्ने र