Jump to content

Page:Laxmi nibandhasangraha.pdf/57: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
बनाउन खोज्दछ, मलाई बराबर 129101107 [एक्सप्ल्वाएटर- अर्काको
बनाउन खोज्दछ, मलाई बराबर Exploiter [एक्सप्ल्वाएटर– अर्काको
रचना विचारको सामग्री बनाएर धनी हुन खोज्ने) भन्ने नाम पनि
रचना विचारको सामग्री बनाएर धनी हुन खोज्ने) भन्ने नाम पनि
समालोचकले दिए, मानौं म अंग्रेजीलाई नेपालीमा रूपान्तर ढङ्गले निकाल्येँ,
समालोचकले दिए, मानौं म अंग्रेजीलाई नेपालीमा रूपान्तर ढङ्गले निकाल्थें,
यद्यपि मैले सचेत अनुकरण हरहमेशा होशियारीसाथ हटाएको थिएँ ।
यद्यपि मैले सचेत अनुकरण हरहमेशा होशियारीसाथ हटाएको थिएँ ।
मलाई धेरै कुरा मेट्नु र हटाउनुपप्यो । अंग्रेजी आदतका विचार र
मलाई धेरै कुरा मेट्नु र हटाउनुपर्यो । अंग्रेजी आदतका विचार र
बिचारका आदतहरूसँग नै पहिलो लडाइँ थियो, अर्को अचेत
विचारका आदतहरूसँग नै पहिलो लडाइँ थियो, अर्को अचेत
प्रतिध्वनिहरूसँग सचेतको, जो कक्षामा घुस्न-घुस्न खोज्दथे ।
प्रतिध्वनिहरूसँग सचेतको, जो कक्षामा घुस्न-घुस्न खोज्दथे ।


Line 10: Line 10:
बन्दा रहेछौं । उल्था हुनु हाम्रो शिक्षाको किताप बनिरहेको थियो । हाम्रो
बन्दा रहेछौं । उल्था हुनु हाम्रो शिक्षाको किताप बनिरहेको थियो । हाम्रो
विश्वासमा भूकम्प लगाउनु हामी शिक्षा भन्दथ्यौं । हामी स्वदेशी
विश्वासमा भूकम्प लगाउनु हामी शिक्षा भन्दथ्यौं । हामी स्वदेशी
'मोलतोलबाट वाञ्चित थियौं । हामी साहित्यलाई धर्म र जीवनबाट
मोलतोलबाट वञ्चित थियौं । हामी साहित्यलाई धर्म र जीवनबाट
अलग सम्झन्थ्यौं । हामी साधारण र अनपढको घृणा गर्दध्यौं । हामी
अलग सम्झन्थ्यौं । हामी साधारण र अनपढको घृणा गर्दथ्यौं । हामी
आर्यविचारका आदतहरूबाट टाढा रहेका थियौं र तैपनि हामी अज्ञातको
आर्यविचारका आदतहरूबाट टाढा रहेका थियौं र तैपनि हामी अज्ञातको
कान ठाडो गरेर जनतालाई चश्मा झल्काएर रवाफ देखाउँथ्यौं । हामी
कान ठाडो गरेर जनतालाई चश्मा झल्काएर रवाफ देखाउँथ्यौं । हामी
मानौं करका प्रवृत्ति थियौं, स्वदेशी स्वतन्त्रता गुमाइरहेका थियौं । हामी
मानौं करका प्रवृत्ति थियौं, स्वदेशी स्वतन्त्रता गुमाइरहेका थियौं । हामी
आफ्नो भाषाको अबहेलना गर्दथ्यौं ।
आफ्नो भाषाको अवहेलना गर्दथ्यौं ।


मैले त्यस वेला सांच्चीकै शिक्षा शुरू गरें, जब मैले कलेज छाडेर
मैले त्यस वेला साँच्चीकै शिक्षा शुरू गरें, जब मैले कलेज छाडेर
जीवन देख्न लागें । तब मैले बुझेँ कि विश्वविद्यालयका खोस्टामा शिक्षा
जीवन देख्न लागें । तब मैले बुझेँ कि विश्वविद्यालयका खोस्टामा शिक्षा
रहेनछ । पठित भनेका ती हुँदा रहेछन्‌, जो जीवनको जादूको सट्टा
रहेनछ । पठित भनेका ती हुँदा रहेछन्‌, जो जीवनको जादूको सट्टा
Line 25: Line 25:


प्रौढ जीवनमा पनि हामी स्कूले आदतहरू लागेर बिग्रिरहेका
प्रौढ जीवनमा पनि हामी स्कूले आदतहरू लागेर बिग्रिरहेका
छौँ । हामीलाई अंग्रेजी ज्यादा पढ्ने विद्वान्‌जस्तो लाग्छ, अंग्रेजी शव्दकोषका
छौं । हामीलाई अंग्रेजी ज्यादा पढ्ने विद्वान्‌जस्तो लाग्छ, अंग्रेजी शब्दकोषका
लामा लवजहरूको प्रियता हाम्रो जीवनमा घुस्तछ । हामी शब्दाडम्बर
लामा लवजहरूको प्रियता हाम्रो जीवनमा घुस्तछ । हामी शब्दाडम्बर
बन्दछौं, सत्य छाडेर शब्दमा बहस गर्दछौं । तँ ज्यादा जान्ने, म ज्यादा
बन्दछौं, सत्य छाडेर शब्दमा बहस गर्दछौं । तँ ज्यादा जान्ने, म ज्यादा
जान्नेमा स्पर्धाशील झगडा विदेशी आदतहरूसँग बोक्रे क्राहरूमा
जान्नेमा स्पर्धाशील झगडा विदेशी आदतहरूसँग बोक्रे कुराहरूमा
घुस्तछन्‌ । हामी सागरपारिका क्रामा बहस गर्दछौं र आफ्ना मार्मिक र
घुस्तछन्‌ । हामी सागरपारिका कुरामा बहस गर्दछौं र आफ्ना मार्मिक र
समीपवर्ती विषयहरूमा आँखा चिम्लने गर्दछौं । हामीलाई स्वदेशी
समीपवर्ती विषयहरूमा आँखा चिम्लने गर्दछौं । हामीलाई स्वदेशी
भाइहरूसँग घमण्ड गर्न मन लाग्छ, अंग्रेजी साहेब देख्नासाथ ग्रधाजुएटका
भाइहरूसँग घमण्ड गर्न मन लाग्छ, अंग्रेजी साहेब देख्नासाथ ग्र्याजुएटका
ठाडा शिर नून खाएको क्खुरोको सिउर जस्तै झुक्तछन्‌ । अंग्रेजी बोल्नु
ठाडा शिर नून खाएको कुखुरोको सिउर जस्तै झुक्तछन्‌ । अंग्रेजी बोल्नु

Revision as of 23:39, 10 February 2025

This page has been proofread

बनाउन खोज्दछ, मलाई बराबर Exploiter [एक्सप्ल्वाएटर– अर्काको रचना विचारको सामग्री बनाएर धनी हुन खोज्ने) भन्ने नाम पनि समालोचकले दिए, मानौं म अंग्रेजीलाई नेपालीमा रूपान्तर ढङ्गले निकाल्थें, यद्यपि मैले सचेत अनुकरण हरहमेशा होशियारीसाथ हटाएको थिएँ । मलाई धेरै कुरा मेट्नु र हटाउनुपर्यो । अंग्रेजी आदतका विचार र विचारका आदतहरूसँग नै पहिलो लडाइँ थियो, अर्को अचेत प्रतिध्वनिहरूसँग सचेतको, जो कक्षामा घुस्न-घुस्न खोज्दथे ।

मैले त्यसै वेला सम्झें पढ्नुको गफलत । हामी कति अनुवाद बन्दा रहेछौं । उल्था हुनु हाम्रो शिक्षाको किताप बनिरहेको थियो । हाम्रो विश्वासमा भूकम्प लगाउनु हामी शिक्षा भन्दथ्यौं । हामी स्वदेशी मोलतोलबाट वञ्चित थियौं । हामी साहित्यलाई धर्म र जीवनबाट अलग सम्झन्थ्यौं । हामी साधारण र अनपढको घृणा गर्दथ्यौं । हामी आर्यविचारका आदतहरूबाट टाढा रहेका थियौं र तैपनि हामी अज्ञातको कान ठाडो गरेर जनतालाई चश्मा झल्काएर रवाफ देखाउँथ्यौं । हामी मानौं करका प्रवृत्ति थियौं, स्वदेशी स्वतन्त्रता गुमाइरहेका थियौं । हामी आफ्नो भाषाको अवहेलना गर्दथ्यौं ।

मैले त्यस वेला साँच्चीकै शिक्षा शुरू गरें, जब मैले कलेज छाडेर जीवन देख्न लागें । तब मैले बुझेँ कि विश्वविद्यालयका खोस्टामा शिक्षा रहेनछ । पठित भनेका ती हुँदा रहेछन्‌, जो जीवनको जादूको सट्टा कितापको यान्त्रिकता साट्ता रहेछन्‌, जो स्वजातिलाई विदेशी ढङ्गमा हाल्न चाहँदा रहेछन्‌, र आँखा छोपेर सुधार गर्न चाहँदा रहेछन्‌ । पढ्नुमा खालि विदेशी जाली बुन्नु रहेछ, खालि उल्थाउनु र उल्था हुनु ।

प्रौढ जीवनमा पनि हामी स्कूले आदतहरू लागेर बिग्रिरहेका छौं । हामीलाई अंग्रेजी ज्यादा पढ्ने विद्वान्‌जस्तो लाग्छ, अंग्रेजी शब्दकोषका लामा लवजहरूको प्रियता हाम्रो जीवनमा घुस्तछ । हामी शब्दाडम्बर बन्दछौं, सत्य छाडेर शब्दमा बहस गर्दछौं । तँ ज्यादा जान्ने, म ज्यादा जान्नेमा स्पर्धाशील झगडा विदेशी आदतहरूसँग बोक्रे कुराहरूमा घुस्तछन्‌ । हामी सागरपारिका कुरामा बहस गर्दछौं र आफ्ना मार्मिक र समीपवर्ती विषयहरूमा आँखा चिम्लने गर्दछौं । हामीलाई स्वदेशी भाइहरूसँग घमण्ड गर्न मन लाग्छ, अंग्रेजी साहेब देख्नासाथ ग्र्याजुएटका ठाडा शिर नून खाएको कुखुरोको सिउर जस्तै झुक्तछन्‌ । अंग्रेजी बोल्नु