Jump to content

Page:Laxmi nibandhasangraha.pdf/98: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "हामीले बेत खायौं, गधाको उपाधि पायौं र थुकियौं; तर हाम्रा गुरुजीले हामीलाई कति गधाजस्तो बनाइरहनुभएको थियो, त्यो जान्ने या त हृदयभित्रको आत्मा होला, या स्वर्गमाथिको परमेश्वर ! मलाई..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
हामीले बेत खायौं, गधाको उपाधि पायौं र थुकियौं; तर हाम्रा गुरुजीले
हामीले बेत खायौं, गधाको उपाधि पायौं र थुकियौं; तर हाम्रा गुरुजीले
हामीलाई कति गधाजस्तो बनाइरहनुभएको थियो, त्यो जान्ने या त
हामीलाई कति गधाजस्तो बनाइरहनुभएको थियो, त्यो जान्ने या त
हृदयभित्रको आत्मा होला, या स्वर्गमाथिको परमेश्वर !
हृदयभित्रको आत्मा होला, या स्वर्गमाथिको परमेश्वर !


मलाई यस्तो लाग्दछ कि मानवजाति संसारभरको अन्धो र
मलाई यस्तो लाग्दछ कि मानवजाति संसारभरको अन्धो र
 
अभागी जाति हो। उ ज्ञान खोज्दछ र हरहमेशा अज्ञानमा रहन्छ र
अभागी जाति हो । उ ज्ञान खोज्दछ र हरहमेशा अज्ञानमा रहन्छ र
साधारण विवेक छाडेर कुक्रकै पुच्छर सोभ्याउने काममा लाग्दछ ।
साधारण विवेक छाडेर कुक्रकै पुच्छर सोभ्याउने काममा लाग्दछ ।
मानिसले ज्ञानको वृक्षको तीतो फल चाखेर धूर्तता जान्यो, तर के
मानिसले ज्ञानको वृक्षको तीतो फल चाखेर धूर्तता जान्यो, तर के
फाइदा भयो ? हामी अन्तःकरणको टुङ्गाइमा हरहमेशा रहन्छौं भने
फाइदा भयो ? हामी अन्तःकरणको टुङ्गाइमा हरहमेशा रहन्छौं भने
अन्तःकरण पाउनु नै कर्तव्याकर्तव्यको नाटीकुटी बढाउनु नै के हाम्रो
अन्तःकरण पाउनु नै कर्तव्याकर्तव्यको नाटीकुटी बढाउनु नै के हाम्रो
भस्माभुटीको चिह्न होइन ? घाँस खानेले प्रकृतिको पथ छोडेन, तर
भस्माभुटीको चिह्न होइन ? घाँस खानेले प्रकृतिको पथ छोडेन, तर
अन्न खाने पाप र धर्मका उपर रौंकेलाइ गर्दा-गर्दै अधमुण्टो लागेर
अन्न खाने पाप र धर्मका उपर रौंकेलाइ गर्दा-गर्दै अधमुण्टो लागेर
नरकमा हामफाल्दो छ । संसारमा धनको लोभ गर्ने मानिसको शिरमा
नरकमा हामफाल्दो छ । संसारमा धनको लोभ गर्ने मानिसको शिरमा
चक्र घुमिरहेछ । तर निरुत्तरदायित्वको मजा चाख्ने बुद्धिमान्‌ आनन्दसँग
चक्र घुमिरहेछ । तर निरुत्तरदायित्वको मजा चाख्ने बुद्धिमान्‌ आनन्दसँग
'फोक्रिएर बीचबीचमा मानवजातिका सभ्यतालाई हँस्पी उडाउने 'ही
'फोक्रिएर बीचबीचमा मानवजातिका सभ्यतालाई हँस्पी उडाउने 'ही
ही ह ह ।' को शब्दको स्वतन्त्र उद्गार गरिरहेछ । उसलाई यमराजले
ही ह ह ।' को शब्दको स्वतन्त्र उद्गार गरिरहेछ । उसलाई यमराजले
दण्ड दिने बाटो छैन, चित्रगुप्तले बहीखाता पल्टाएर सोध्ने कुरा छैनन्‌ ।
दण्ड दिने बाटो छैन, चित्रगुप्तले बहीखाता पल्टाएर सोध्ने कुरा छैनन्‌ ।
तर को बुद्धिमान्‌ ? दुनियाँ मगजमा बोभझा बोक्ने र सहज बुद्धि त्यागेर
तर को बुद्धिमान्‌ ? दुनियाँ मगजमा बोभझा बोक्ने र सहज बुद्धि त्यागेर
अन्त:करणको दर्शन स्बीकार गर्ने मानव कि निरुत्तरदायी संतोषमा
अन्त:करणको दर्शन स्बीकार गर्ने मानव कि निरुत्तरदायी संतोषमा
बेदर्शनी अन्त:करणशूत्यताको बरदान प्रकृति र परमेश्वरसँग माग्ने,
बेदर्शनी अन्त:करणशूत्यताको बरदान प्रकृति र परमेश्वरसँग माग्ने,
हाम्रा बुद्धू ठानिएका चारखुट्टे दार्शनिक ! हामी असन्तुष्ट विद्यार्थीहरू
हाम्रा बुद्धू ठानिएका चारखुट्टे दार्शनिक ! हामी असन्तुष्ट विद्यार्थीहरू
गुरुजीसँग नम्र प्रश्न गर्दछौं -हाम्रो मानव नाटीकुटी र अनन्त वेदनाको
गुरुजीसँग नम्र प्रश्न गर्दछौं -हाम्रो मानव नाटीकुटी र अनन्त वेदनाको
तीनपुछ्रे शास्त्र गधाभन्दा कति उपर होलान्‌ ?के त्यो दार्शनिक होइन
तीनपुछ्रे शास्त्र गधाभन्दा कति उपर होलान्‌ ?के त्यो दार्शनिक होइन
जो मानवसेवा गर्दछ, तर पछिलाई कुमारीचोकको बहीखाता राख्तैन,
जो मानवसेवा गर्दछ, तर पछिलाई कुमारीचोकको बहीखाता राख्तैन,
जो प्रकृतिको नदेखिने औंलाको इशाराले हिँड्न जान्दछ र शिरमा भैंचाले
जो प्रकृतिको नदेखिने औंलाको इशाराले हिँड्न जान्दछ र शिरमा भैंचाले
धरापको चक्कर नराखेर रौरव र गौरव दुवैबाट बच्तछ ।
धरापको चक्कर नराखेर रौरव र गौरव दुवैबाट बच्तछ ।
 
{{nop}}
गधा बुद्धमान्‌ कि गुरु ?/५९

Revision as of 14:36, 9 February 2025

This page has not been proofread

हामीले बेत खायौं, गधाको उपाधि पायौं र थुकियौं; तर हाम्रा गुरुजीले हामीलाई कति गधाजस्तो बनाइरहनुभएको थियो, त्यो जान्ने या त हृदयभित्रको आत्मा होला, या स्वर्गमाथिको परमेश्वर !

मलाई यस्तो लाग्दछ कि मानवजाति संसारभरको अन्धो र अभागी जाति हो। उ ज्ञान खोज्दछ र हरहमेशा अज्ञानमा रहन्छ र साधारण विवेक छाडेर कुक्रकै पुच्छर सोभ्याउने काममा लाग्दछ । मानिसले ज्ञानको वृक्षको तीतो फल चाखेर धूर्तता जान्यो, तर के फाइदा भयो ? हामी अन्तःकरणको टुङ्गाइमा हरहमेशा रहन्छौं भने अन्तःकरण पाउनु नै कर्तव्याकर्तव्यको नाटीकुटी बढाउनु नै के हाम्रो भस्माभुटीको चिह्न होइन ? घाँस खानेले प्रकृतिको पथ छोडेन, तर अन्न खाने पाप र धर्मका उपर रौंकेलाइ गर्दा-गर्दै अधमुण्टो लागेर नरकमा हामफाल्दो छ । संसारमा धनको लोभ गर्ने मानिसको शिरमा चक्र घुमिरहेछ । तर निरुत्तरदायित्वको मजा चाख्ने बुद्धिमान्‌ आनन्दसँग 'फोक्रिएर बीचबीचमा मानवजातिका सभ्यतालाई हँस्पी उडाउने 'ही ही ह ह ।' को शब्दको स्वतन्त्र उद्गार गरिरहेछ । उसलाई यमराजले दण्ड दिने बाटो छैन, चित्रगुप्तले बहीखाता पल्टाएर सोध्ने कुरा छैनन्‌ । तर को बुद्धिमान्‌ ? दुनियाँ मगजमा बोभझा बोक्ने र सहज बुद्धि त्यागेर अन्त:करणको दर्शन स्बीकार गर्ने मानव कि निरुत्तरदायी संतोषमा बेदर्शनी अन्त:करणशूत्यताको बरदान प्रकृति र परमेश्वरसँग माग्ने, हाम्रा बुद्धू ठानिएका चारखुट्टे दार्शनिक ! हामी असन्तुष्ट विद्यार्थीहरू गुरुजीसँग नम्र प्रश्न गर्दछौं -हाम्रो मानव नाटीकुटी र अनन्त वेदनाको तीनपुछ्रे शास्त्र गधाभन्दा कति उपर होलान्‌ ?के त्यो दार्शनिक होइन जो मानवसेवा गर्दछ, तर पछिलाई कुमारीचोकको बहीखाता राख्तैन, जो प्रकृतिको नदेखिने औंलाको इशाराले हिँड्न जान्दछ र शिरमा भैंचाले धरापको चक्कर नराखेर रौरव र गौरव दुवैबाट बच्तछ ।