Page:Laxmi nibandhasangraha.pdf/97: Difference between revisions
→Not proofread: Created page with "धर्ममा जत्तिकै क्षुद्व र पतित जन्तुहरूउपर अबहेलनाको दृष्टि देखिए पनि म जान्दछु कि हाम्रा क्रषिहरू हृदयशून्य थिएनन् र कृष्णजी जस्ताको वाक्यमा गधा, बाहुन, कक्र, चाण्डाल, कुन्नि के..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
रे भन्ने पाउँदा मलाई गधाको उपर सानो व्याख्यान छाँदन आश्वासन | रे भन्ने पाउँदा मलाई गधाको उपर सानो व्याख्यान छाँदन आश्वासन | ||
मिल्यो, सनातनधमंउपर श्रद्धा प्रादुभाव भएर । | मिल्यो, सनातनधमंउपर श्रद्धा प्रादुभाव भएर । | ||
म सोच्तछु कि हामी चलाक हुन खोज्ने मान्छेहरू के वास्तवमा | म सोच्तछु कि हामी चलाक हुन खोज्ने मान्छेहरू के वास्तवमा | ||
चलाक छौँ र : बुद्धिमत्तामा दावा राख्न चाहनेहरू वास्तवमा बुद्धिमान् | चलाक छौँ र : बुद्धिमत्तामा दावा राख्न चाहनेहरू वास्तवमा बुद्धिमान् | ||
छन् त ? मानवमगजको चातुरी बेकाममा खेर गएजस्तो लाग्छ र | छन् त ? मानवमगजको चातुरी बेकाममा खेर गएजस्तो लाग्छ र | ||
दुनियाँमा सच्चा गधा (मानव-प्रयोगको अर्थमा) तिनीहरू नै हुन्छन् जो | दुनियाँमा सच्चा गधा (मानव-प्रयोगको अर्थमा) तिनीहरू नै हुन्छन् जो | ||
आफूलाई ज्यादा बुद्धिमान् ठान्दछन् । सभ्यताको दौडधूपले मनुष्यलाई | आफूलाई ज्यादा बुद्धिमान् ठान्दछन् । सभ्यताको दौडधूपले मनुष्यलाई | ||
चौपायाभन्दा तल गिराएजस्तौ प्रतीत हुन्छ र प्राकृतिक अवस्थाबाट | चौपायाभन्दा तल गिराएजस्तौ प्रतीत हुन्छ र प्राकृतिक अवस्थाबाट | ||
कृत्रिममा पदार्पण गरेर चक्कराउनु नै सभ्य जनावरहरूको बुद्धिमत्ता | कृत्रिममा पदार्पण गरेर चक्कराउनु नै सभ्य जनावरहरूको बुद्धिमत्ता | ||
ठहन्याइन्छ । सभ्य संस्थाहरूको कारीगरीले मानव-बृद्धि हरहमेशा महती | ठहन्याइन्छ । सभ्य संस्थाहरूको कारीगरीले मानव-बृद्धि हरहमेशा महती | ||
समस्या उठाएर चक्करमा परेझै हरहमेशा देखिइरहेकै छ र हामी | समस्या उठाएर चक्करमा परेझै हरहमेशा देखिइरहेकै छ र हामी | ||
जातिनाशका त्रासहरूमा आइपुगिसक्यौं । जब गघाहरूको नैसगिंक बृद्धि | जातिनाशका त्रासहरूमा आइपुगिसक्यौं । जब गघाहरूको नैसगिंक बृद्धि | ||
ठेगानामा रहेर आनन्दसँग आफ्नो क्रिया गर्दै छ, तब हामी गधाहरूभन्दा | ठेगानामा रहेर आनन्दसँग आफ्नो क्रिया गर्दै छ, तब हामी गधाहरूभन्दा | ||
कति बुद्धिका कक्षामाथि चढ्यौं भन्ने विषय विचार गर्दा, मलाई ती | कति बुद्धिका कक्षामाथि चढ्यौं भन्ने विषय विचार गर्दा, मलाई ती | ||
गाली गरिने नामका | गाली गरिने नामका चौपायाहरूअर्गाडि घमण्डको ठाडो शिर | ||
झुकाउनैपर्दछ । | झुकाउनैपर्दछ । | ||
गधा गुरु मानेको भए मेरो दुनियाँमा यत्रो आत्मपतन हुने थिएन; | गधा गुरु मानेको भए मेरो दुनियाँमा यत्रो आत्मपतन हुने थिएन; | ||
तर मेरो गुरुजीले मलाई यस्ता शिक्षाहरू दिनुभयो, जसले अनन्तको | तर मेरो गुरुजीले मलाई यस्ता शिक्षाहरू दिनुभयो, जसले अनन्तको | ||
मगजमा बोझा पर्दछ र मानवजाति भूलभुलैयाहरूको अँधेरी चक्करमा | मगजमा बोझा पर्दछ र मानवजाति भूलभुलैयाहरूको अँधेरी चक्करमा | ||
घुम्दै हराउँछ । रौंचिरा भेदहरूले बाँध लगाइएका तात्रा शास्त्रहरूले | घुम्दै हराउँछ । रौंचिरा भेदहरूले बाँध लगाइएका तात्रा शास्त्रहरूले | ||
मान्छेलाई आखिरमा बेकम्मा बनाउँदा रहेछन् भन्ने कुरा त्यस बेला मैले | मान्छेलाई आखिरमा बेकम्मा बनाउँदा रहेछन् भन्ने कुरा त्यस बेला मैले | ||
बुझेँ, जब तिर्मिराउँदा आँखाहरू अन्धा भएर काला अक्षरका अत्याचारमा | बुझेँ, जब तिर्मिराउँदा आँखाहरू अन्धा भएर काला अक्षरका अत्याचारमा | ||
मानवआत्मा प्राकृत सत्यको अभावले संक्चित हुन लाग्यो । मानवदर्शनहरू | मानवआत्मा प्राकृत सत्यको अभावले संक्चित हुन लाग्यो । मानवदर्शनहरू | ||
भुमरी खेल्दैछन् तर प्रकृतिको सीधा सत्य ताजा हावामा झल्किरहेछ । | भुमरी खेल्दैछन् तर प्रकृतिको सीधा सत्य ताजा हावामा झल्किरहेछ । | ||
मैले गुणन र भागहारले के पाएँ जब म पढाइ र अन्वेषणको पुछारमा | मैले गुणन र भागहारले के पाएँ जब म पढाइ र अन्वेषणको पुछारमा | ||
खालि शून्यता र अन्धकारको कालो कुइरो मात्र पाउँछु ! मलाई यस्तो | खालि शून्यता र अन्धकारको कालो कुइरो मात्र पाउँछु ! मलाई यस्तो | ||
लाग्यो कि संसार नबुभनु नै ज्यादा हो र विद्वत्ता, पाण्डित्य भनेको त्यस | लाग्यो कि संसार नबुभनु नै ज्यादा हो र विद्वत्ता, पाण्डित्य भनेको त्यस | ||
मूर्खताको नाम हो, जसले खालि शब्दाडम्बरको तुरही दुनियाँमा बजाउँछ । | मूर्खताको नाम हो, जसले खालि शब्दाडम्बरको तुरही दुनियाँमा बजाउँछ । | ||
Revision as of 14:35, 9 February 2025
धर्ममा जत्तिकै क्षुद्व र पतित जन्तुहरूउपर अबहेलनाको दृष्टि देखिए पनि म जान्दछु कि हाम्रा क्रषिहरू हृदयशून्य थिएनन् र कृष्णजी जस्ताको वाक्यमा गधा, बाहुन, कक्र, चाण्डाल, कुन्नि के के हुन् समता राख्छन् रे भन्ने पाउँदा मलाई गधाको उपर सानो व्याख्यान छाँदन आश्वासन मिल्यो, सनातनधमंउपर श्रद्धा प्रादुभाव भएर ।
म सोच्तछु कि हामी चलाक हुन खोज्ने मान्छेहरू के वास्तवमा चलाक छौँ र : बुद्धिमत्तामा दावा राख्न चाहनेहरू वास्तवमा बुद्धिमान् छन् त ? मानवमगजको चातुरी बेकाममा खेर गएजस्तो लाग्छ र दुनियाँमा सच्चा गधा (मानव-प्रयोगको अर्थमा) तिनीहरू नै हुन्छन् जो आफूलाई ज्यादा बुद्धिमान् ठान्दछन् । सभ्यताको दौडधूपले मनुष्यलाई चौपायाभन्दा तल गिराएजस्तौ प्रतीत हुन्छ र प्राकृतिक अवस्थाबाट कृत्रिममा पदार्पण गरेर चक्कराउनु नै सभ्य जनावरहरूको बुद्धिमत्ता ठहन्याइन्छ । सभ्य संस्थाहरूको कारीगरीले मानव-बृद्धि हरहमेशा महती समस्या उठाएर चक्करमा परेझै हरहमेशा देखिइरहेकै छ र हामी जातिनाशका त्रासहरूमा आइपुगिसक्यौं । जब गघाहरूको नैसगिंक बृद्धि ठेगानामा रहेर आनन्दसँग आफ्नो क्रिया गर्दै छ, तब हामी गधाहरूभन्दा कति बुद्धिका कक्षामाथि चढ्यौं भन्ने विषय विचार गर्दा, मलाई ती गाली गरिने नामका चौपायाहरूअर्गाडि घमण्डको ठाडो शिर झुकाउनैपर्दछ ।
गधा गुरु मानेको भए मेरो दुनियाँमा यत्रो आत्मपतन हुने थिएन; तर मेरो गुरुजीले मलाई यस्ता शिक्षाहरू दिनुभयो, जसले अनन्तको मगजमा बोझा पर्दछ र मानवजाति भूलभुलैयाहरूको अँधेरी चक्करमा घुम्दै हराउँछ । रौंचिरा भेदहरूले बाँध लगाइएका तात्रा शास्त्रहरूले मान्छेलाई आखिरमा बेकम्मा बनाउँदा रहेछन् भन्ने कुरा त्यस बेला मैले बुझेँ, जब तिर्मिराउँदा आँखाहरू अन्धा भएर काला अक्षरका अत्याचारमा मानवआत्मा प्राकृत सत्यको अभावले संक्चित हुन लाग्यो । मानवदर्शनहरू भुमरी खेल्दैछन् तर प्रकृतिको सीधा सत्य ताजा हावामा झल्किरहेछ । मैले गुणन र भागहारले के पाएँ जब म पढाइ र अन्वेषणको पुछारमा खालि शून्यता र अन्धकारको कालो कुइरो मात्र पाउँछु ! मलाई यस्तो लाग्यो कि संसार नबुभनु नै ज्यादा हो र विद्वत्ता, पाण्डित्य भनेको त्यस मूर्खताको नाम हो, जसले खालि शब्दाडम्बरको तुरही दुनियाँमा बजाउँछ ।