Jump to content

Page:Champa.pdf/43: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
निमित्त योग्य स्वस्थता राख्नु नै पौरुष हो । के मेरो अधिकार छ—  
निमित्त योग्य स्वस्थता राख्नु नै पौरुष हो । के मेरो अधिकार छ—  
कुनै धर्मले चम्पालाई टिबी लाग्यो तिमीलाई पनि भन्न ? उनलाई  
कुनै धर्मले चम्पालाई टि.बी. लाग्यो तिमीलाई पनि भन्न ? उनलाई  
टिबी लागेको छैन । स्वस्थ छिन्, उनी डल्ला फोरिएकी जमिन छिन् ।  
टि.बी. लागेको छैन । स्वस्थ छिन्, उनी डल्ला फोरिएकी जमिन छिन् ।  
उनी लहलाउन चाहन्छिन् । उनी समर्थ पृथ्वी छिन् । म रोगी किसान ।"  
उनी लहलाउन चाहन्छिन् । उनी समर्थ पृथ्वी छिन् । म रोगी किसान ।"  
त्यसपछि उनी यौन साहित्यतिर लागे । डि. एच. लारेन्सका निबन्धहरु अध्ययन  
त्यसपछि उनी यौनसाहित्यतिर लागे । डि.एच. लारेन्सका निबन्धहरु अध्ययन  
गर्न लागे, उनले त्यस ग्रन्थकारमा असाहित्यिक, साहित्यिक तवरको सरल  
गर्न लागे, उनले त्यस ग्रन्थकारमा असाहित्यिक, साहित्यिक तवरको सरल  
यौन विवरणहरु पाए । ग्रन्थकार थियो यौनभावको परमभक्त र पुजारी,  
यौनविवरणहरु पाए । ग्रन्थकार थियो यौनभावको परमभक्त र पुजारी,  
"यौनभाव एक पवित्र अग्नि हो । यसले सब चिज खाइदिन्छ । यो ज्वाला  
"यौनभाव एक पवित्र अग्नि हो । यसले सब चिज खाइदिन्छ । यो ज्वाला  
हो जीवनको, स्वर्णमन्दिरमा यही रहस्य हो, यही विश्वको मर्म हो ।  
हो जीवनको, स्वर्णमन्दिरमा यही रहस्य हो, यही विश्वको मर्म हो ।  
यसभन्दा अरु चिज छैन । यस वस्तुका हाँगाबिंगा सबै सभ्यता हुन् ।  
यसभन्दा अरू चिज छैन । यस वस्तुका हाँगाबिँगा सबै सभ्यता हुन् ।  
कत्रो यौन भावको पूजा !"
कत्रो यौनभावको पूजा !"


उनलाई प्रकृतिले अयोग्य बनाएकी थिइन् । उनी जान्दथे  
उनलाई प्रकृतिले अयोग्य बनाएकी थिइन् । उनी जान्दथे  
जति यौन भाव परमेश्वर भए पनि, त्यो उनको लागि विध्वंसक, प्रज्वालक,  
जति यौनभाव परमेश्वर भए पनि, त्यो उनको लागि विध्वंसक, प्रज्वालक,  
क्षयक थियो । यदि यौन भाव यस्तो पवित्र वस्तु हो भने आफ्नो  
क्षयक थियो । यदि यौनभाव यस्तो पवित्र वस्तु हो भने आफ्नो  
अयोग्यताको विचार राखेर त्यसलाई जल्ने, बल्ने, उज्वाल्ने  
अयोग्यताको विचार राखेर त्यसलाई आफू जल्ने, वल्ने, उज्वाल्ने  
क्षेत्र प्रदान गर्दिनु र आफू त्यसका क्षेत्रको कटक नहुनु पनि त एक  
क्षेत्र प्रदान गर्दिनु र आफू त्यसका क्षेत्रको कटक नहुनु पनि त एक  
सच्चा अन्तस्करणवाला पुरुषको विवेकी साधुता र सच्चाइको कर्म  
सच्चा अन्तस्करणवाला पुरुषको विवेकी साधुता र सच्चाइको कर्म  
हुन्थ्यो । उनले निर्णय गरे यो ज्वालालाई नचलाऊँ । यो खतरादार  
हुन्थ्यो । उनले निर्णय गरे यो ज्वालालाई नचलाऊँ । यो खतरादार  
छ । यसले खान्छ, यो मेरो मृत्यु हो । उनको हृदयमा वियोगान्त  
छ । यसले खान्छ, यो मेरो मृत्यु हो । उनको हृदयमा वियोगान्त  
नाटक सुरु भयो । तीव्र वेदना अनुभव हुन लाग्यो । आत्मनियन्त्रणको  
नाटक शुरु भयो । तीव्र वेदना अनुभव हुन लाग्यो । आत्मनियन्त्रणको  
महती तपस्या उनले अभ्यास गर्न लागेका थिए । बराबर मुटुमा आँसुको  
महती तपस्या उनले अभ्यास गर्न लागेका थिए । बराबर मुटुमा आँसुको  
गाँठो परेर आउँथ्यो । तर जीवन–संरक्षिणी शक्ति जो उनको बाहिरी  
गाँठो परेर आउँथ्यो । तर जीवन–संरक्षिणी शक्ति जो उनको बाहिरी  
सतहभन्दा ज्यादा बुद्धिमती थिई, ज्यादा बुझ्थी, उसले भनी— "खतरा छ,  
सतहभन्दा ज्यादा बुद्धिमती थिई, ज्यादा बुझ्थी, उसले भनी— "खतरा छ,  
रामकान्त ! पूरा खतरा ! तँ भाग् । यस ज्वालामा नपस् यो सच्चा  
रामकान्त ! पूरा खतरा ! तँ भाग् । यस ज्वालामा नपस्, यो सच्चा  
मृत्यु हो ।" त्यो जीवन–संरक्षिणी शक्ति बढी स्वार्थी थिई । बढी मतलबी  
मृत्यु हो ।" त्यो जीवन–संरक्षिणी शक्ति बढी स्वार्थी थिई । बढी मतलबी  
थिई । बराबर अर्को एक जना कसैले आएर खुसखुस गर्थ्यो—  
थिई । बराबर अर्को एक जना कसैले आएर खुसखुस गर्थ्यो—  
Line 30: Line 30:
"रामकान्त ! मानिस मानवताको सेवक हो । पुरुष स्त्रीको, स्त्री  
"रामकान्त ! मानिस मानवताको सेवक हो । पुरुष स्त्रीको, स्त्री  
पुरुषको । तब बाँच्नु भनेको अनुभव गर्नु हो । जीवनी शक्तिको  
पुरुषको । तब बाँच्नु भनेको अनुभव गर्नु हो । जीवनी शक्तिको  
बग्गीमा बाहक अश्वका रुपमा ताजा, तगडा भएर जित स्वीकार गर्नु हो ।
बग्गीमा वाहक अश्वका रूपमा ताजा, तगडा भएर जित स्वीकार गर्नु हो ।

Latest revision as of 10:27, 20 June 2025

This page has been proofread

निमित्त योग्य स्वस्थता राख्नु नै पौरुष हो । के मेरो अधिकार छ— कुनै धर्मले चम्पालाई टि.बी. लाग्यो तिमीलाई पनि भन्न ? उनलाई टि.बी. लागेको छैन । स्वस्थ छिन्, उनी डल्ला फोरिएकी जमिन छिन् । उनी लहलाउन चाहन्छिन् । उनी समर्थ पृथ्वी छिन् । म रोगी किसान ।" त्यसपछि उनी यौनसाहित्यतिर लागे । डि.एच. लारेन्सका निबन्धहरु अध्ययन गर्न लागे, उनले त्यस ग्रन्थकारमा असाहित्यिक, साहित्यिक तवरको सरल यौनविवरणहरु पाए । ग्रन्थकार थियो यौनभावको परमभक्त र पुजारी, "यौनभाव एक पवित्र अग्नि हो । यसले सब चिज खाइदिन्छ । यो ज्वाला हो जीवनको, स्वर्णमन्दिरमा यही रहस्य हो, यही विश्वको मर्म हो । यसभन्दा अरू चिज छैन । यस वस्तुका हाँगाबिँगा सबै सभ्यता हुन् । कत्रो यौनभावको पूजा !"

उनलाई प्रकृतिले अयोग्य बनाएकी थिइन् । उनी जान्दथे जति यौनभाव परमेश्वर भए पनि, त्यो उनको लागि विध्वंसक, प्रज्वालक, क्षयक थियो । यदि यौनभाव यस्तो पवित्र वस्तु हो भने आफ्नो अयोग्यताको विचार राखेर त्यसलाई आफू जल्ने, वल्ने, उज्वाल्ने क्षेत्र प्रदान गर्दिनु र आफू त्यसका क्षेत्रको कटक नहुनु पनि त एक सच्चा अन्तस्करणवाला पुरुषको विवेकी साधुता र सच्चाइको कर्म हुन्थ्यो । उनले निर्णय गरे यो ज्वालालाई नचलाऊँ । यो खतरादार छ । यसले खान्छ, यो मेरो मृत्यु हो । उनको हृदयमा वियोगान्त नाटक शुरु भयो । तीव्र वेदना अनुभव हुन लाग्यो । आत्मनियन्त्रणको महती तपस्या उनले अभ्यास गर्न लागेका थिए । बराबर मुटुमा आँसुको गाँठो परेर आउँथ्यो । तर जीवन–संरक्षिणी शक्ति जो उनको बाहिरी सतहभन्दा ज्यादा बुद्धिमती थिई, ज्यादा बुझ्थी, उसले भनी— "खतरा छ, रामकान्त ! पूरा खतरा ! तँ भाग् । यस ज्वालामा नपस्, यो सच्चा मृत्यु हो ।" त्यो जीवन–संरक्षिणी शक्ति बढी स्वार्थी थिई । बढी मतलबी थिई । बराबर अर्को एक जना कसैले आएर खुसखुस गर्थ्यो— अपरिभाषेय कोही ।

"रामकान्त ! मानिस मानवताको सेवक हो । पुरुष स्त्रीको, स्त्री पुरुषको । तब बाँच्नु भनेको अनुभव गर्नु हो । जीवनी शक्तिको बग्गीमा वाहक अश्वका रूपमा ताजा, तगडा भएर जित स्वीकार गर्नु हो ।