Page:Laxmi nibandhasangraha.pdf/6: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 8: | Line 8: | ||
यहाँ लेखिएका प्रबन्धहरू विभिन्नताको मौजी मसलाको महक | यहाँ लेखिएका प्रबन्धहरू विभिन्नताको मौजी मसलाको महक | ||
लिएर चहकिला बनेका होलान् कि भन्ने आशा राखेको | लिएर चहकिला बनेका होलान् कि भन्ने आशा राखेको छु । कहीं म | ||
प्रबन्धमित्र आफैं घुसेको छु | प्रबन्धमित्र आफैं घुसेको छु– व्यक्तित्वको रङ रँगाएर आफूलाई चिन्न | ||
तथा चिनाउनको लागि । | तथा चिनाउनको लागि । कहीं आफू अलग्ग बनेर प्रकृतिको र जगजीवनको | ||
नाटकीय अध्ययन गर्ने दर्शकका रूपमा उपस्थित छु । यहाँ वर्णन पाइने | नाटकीय अध्ययन गर्ने दर्शकका रूपमा उपस्थित छु । यहाँ वर्णन पाइने | ||
छन् | छन्– चित्रात्मक वर्णनहरू– जहाँ गद्यचित्रकार बनेर रङ र छायाद्वारा | ||
वस्तु प्रतिबिम्बको कलामा अग्रसर पाइनेछ । पाइनेछन् यहाँ समालोचना | |||
पनि | पनि– जहाँ मानवबुद्धि अरूका कृतिउपर आफ्नो विवेकशक्तिलाई लहडी | ||
आनन्दका समयमा तिखार्छ । यहाँ गफ पनि छन् जसको आत्म-अनुभवलाई | आनन्दका समयमा तिखार्छ । यहाँ गफ पनि छन् जसको आत्म-अनुभवलाई | ||
रसिलो रङिलो बनाएर, बढाएर वा घटाएर समेत श्रोतृवर्गका सामुन्ने | रसिलो रङिलो बनाएर, बढाएर वा घटाएर समेत श्रोतृवर्गका सामुन्ने | ||
रुचिकर बनाउन र अल्सी समयलाई रमाइलो बनाउनु हो । यी प्रबन्धमा | रुचिकर बनाउन र अल्सी समयलाई रमाइलो बनाउनु हो । यी प्रबन्धमा | ||
म कविजस्तो केही मात्रामा देखिन्छु, किनकि कवितात्मक कल्पना- | म कविजस्तो केही मात्रामा देखिन्छु, किनकि कवितात्मक कल्पना- | ||
प्राचुर्य र | प्राचुर्य र कविताशक्ति धेरै ठाउँमा स्पष्टतया झल्किरहेका होलान् । | ||
मर्दगद्य लेख्न अरूहरू आउनेछन् तर यहाँ शायद पोथी-गुण होला | मर्दगद्य लेख्न अरूहरू आउनेछन् तर यहाँ शायद पोथी-गुण होला– एक | ||
किसिमको रङ्गीचङ्गीपन मनपर्ने सजीव कोमलता जो बौद्धिक शक्तिहरूसँग | किसिमको रङ्गीचङ्गीपन मनपर्ने सजीव कोमलता जो बौद्धिक शक्तिहरूसँग | ||
भन्दा हार्दिक कोमलतासँग सम्बन्ध राख्तछ । मैले 'श्रीगणेशाय | भन्दा हार्दिक कोमलतासँग सम्बन्ध राख्तछ । मैले 'श्रीगणेशाय नमः' मा | ||
नै भनिसकेको छु रौंचिरा दर्शन होइन; न हो पाण्डित्य-दर्शनको ठ्यासफु ! | नै भनिसकेको छु रौंचिरा दर्शन होइन; न हो पाण्डित्य-दर्शनको ठ्यासफु ! | ||
यसमा गृहीत विषयलाई सर्वदृष्टिकोण समीक्षणको जरूरत छैन । यो | यसमा गृहीत विषयलाई सर्वदृष्टिकोण समीक्षणको जरूरत छैन । यो |
Latest revision as of 21:44, 7 February 2025
'कभर्ली पत्र'मा मिष्टर आडिसन साहेबले भूमिकाको परिचायक महत्त्वलाई झल्काएर आफ्नो परिचय पाठकलाई दिएको तवरले मैले यो भूमिका लेख्ने काम गर्नु मलाई ठीक लागेन । कारण, मेरो परिचय मेरै प्रबन्धहरूले साफसँग त्यस पाठकलाई दिनेछन्, जो सच्चा श्रद्धाको आँखा लगाएर तिनलाई पंक्तिका बीचबीचमा पढ्नेछ ।
यहाँ लेखिएका प्रबन्धहरू विभिन्नताको मौजी मसलाको महक लिएर चहकिला बनेका होलान् कि भन्ने आशा राखेको छु । कहीं म प्रबन्धमित्र आफैं घुसेको छु– व्यक्तित्वको रङ रँगाएर आफूलाई चिन्न तथा चिनाउनको लागि । कहीं आफू अलग्ग बनेर प्रकृतिको र जगजीवनको नाटकीय अध्ययन गर्ने दर्शकका रूपमा उपस्थित छु । यहाँ वर्णन पाइने छन्– चित्रात्मक वर्णनहरू– जहाँ गद्यचित्रकार बनेर रङ र छायाद्वारा वस्तु प्रतिबिम्बको कलामा अग्रसर पाइनेछ । पाइनेछन् यहाँ समालोचना पनि– जहाँ मानवबुद्धि अरूका कृतिउपर आफ्नो विवेकशक्तिलाई लहडी आनन्दका समयमा तिखार्छ । यहाँ गफ पनि छन् जसको आत्म-अनुभवलाई रसिलो रङिलो बनाएर, बढाएर वा घटाएर समेत श्रोतृवर्गका सामुन्ने रुचिकर बनाउन र अल्सी समयलाई रमाइलो बनाउनु हो । यी प्रबन्धमा म कविजस्तो केही मात्रामा देखिन्छु, किनकि कवितात्मक कल्पना- प्राचुर्य र कविताशक्ति धेरै ठाउँमा स्पष्टतया झल्किरहेका होलान् । मर्दगद्य लेख्न अरूहरू आउनेछन् तर यहाँ शायद पोथी-गुण होला– एक किसिमको रङ्गीचङ्गीपन मनपर्ने सजीव कोमलता जो बौद्धिक शक्तिहरूसँग भन्दा हार्दिक कोमलतासँग सम्बन्ध राख्तछ । मैले 'श्रीगणेशाय नमः' मा नै भनिसकेको छु रौंचिरा दर्शन होइन; न हो पाण्डित्य-दर्शनको ठ्यासफु ! यसमा गृहीत विषयलाई सर्वदृष्टिकोण समीक्षणको जरूरत छैन । यो