Jump to content

Page:Shakuntala.pdf/354: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
भनी लाग्ने मीठो तवर मन सन्तुष्ट हन गै :
भनी लाग्ने मीठो तवर मन सन्तुष्ट हुन गै
::रहोस्‌ अद्लीबद्ली विकसित रह्न्‌ रूपहरु झैं ॥
::रहोस्‌ अद्लीबद्ली विकसित रहून् रूपहरु झैं ॥
{{pcn|(१८७)}}
{{pcn|(१८७)}}


"यही यौटै हो वा पर पनि कतै स्वर्ग छ" भनी ।
"यही यौटै हो वा पर पनि कतै स्वर्ग छ" भनी ।
::त्यहाँ सोद्धा भन्छन्‌ सुरपति "हजारौं अझ पनि ॥
::त्यहाँ सोद्धा भन्छन्‌ सुरपति "हजारौं अझ पनि ॥
बनेका छन्‌ राम्रा प्रभृह्ददयका दिव्य महिमा ।
बनेका छन्‌ राम्रा प्रभृहृदयका दिव्य महिमा ।
::म जस्ता राजा छन्‌ कति कति महान्‌ विश्वभरमा ॥"
::म जस्ता राजा छन्‌ कति कति महान्‌ विश्वभरमा ॥"
{{pcn|(१८८)}}
{{pcn|(१८८)}}


कनै पन्छी बोल्यो 'पिउ पिउ' कुनै चाँचर 'च च'
कुनै पन्छी बोल्यो 'पिउ पिउ' कुनै चाँचर 'च च'
::कनै 'कर्‌ कर' लिन्थे हृदयसित प्रेमी प्रतिध्वनि ॥
::कुनै 'कुर्‌ कुर्' लिन्थे हृदयसित प्रेमी प्रतिध्वनि ॥
कुनै "को हो को हो' कति 'कुलुलु" कोही 'कल कल'
कुनै "को हो को हो' कति 'कुलुलु" कोही 'कल कल'
::कनै 'चीं ची कलबुल्‌ चिरिरि चुद्दै चैँ चैँ" प्रतिपल ॥
::कनै 'चीँ चीँ कल्‌बुल्‌ चिरिरि चुइँ चूँ चूँ" प्रतिपल ॥
{{pcn|(१८९)}}
{{pcn|(१८९)}}


कतै 'काफल्‌ काफल्‌' 'लहलह' कतै ता "चहचह' ।
कतै 'काफल्‌ काफल्‌' 'लहलह' कतै ता "चहचह' ।
::"फफिल्‌ फिल्‌' क्वै बोल्छन्‌ 'रुनुझफन्‌' कतै ता 'खुनमुन्‌' ॥
::"झझिल्‌ झिल्‌' क्वै बोल्छन्‌ 'रुनुझुनु' कतै ता 'छुनुमुनु' ॥
कतै 'पासल्‌ पोसल्‌' 'पलपल ककल्‌ कल्‌ मुनुमुनु ।'
कतै 'पासल्‌ पोसल्‌' 'पलपल कुकुल्‌ कुल्‌ मुनुमुनु ।'
{{pcn|(१९०)}}
{{pcn|(१९०)}}


कतै झब्दा पन्छी किसलय नयाँमा तह तह ।
कतै झुल्दा पन्छी किसलय नयाँमा तह तह ।
::त्यसै हल्की हल्की मुखरित छ मीठो 'चह चह' ॥
::त्यसै हल्की हल्की मुखरित छ मीठो 'चह चह' ॥
"फफर्‌ फर्‌ फर' गर्छन्‌ विहग सब उड्दा वरिपरि ।
"फफर्‌ फर्‌ फर' गर्छन्‌ विहग सब उड्दा वरिपरि ।
::त्यसै झारी धूलो स्रभित मजामा झरफझरी
::त्यसै झारी धूलो सुरभित मजामा झरझरी
{{pcn|(१९१)}}
{{pcn|(१९१)}}


चरो दइन्द्रेणीले नृपतिकन देखी चमकले ।
चरो इन्द्रेणीले नृपतिकन देखी चमकले ।
::'छ छ छ छ' बोल्यो जिउकन हिलाई भडकले ॥
::'छ छं छं छं' बोल्यो जिउकन हिलाई भडकले ॥
फिँजायो लम्पङ्खे रँग ललित लामो झिलिमिली ।
फिँजायो लम्पङ्खे रँग ललित लामो झिलिमिली ।
::उडी चम्क्यो गम्क्यो जलबिच पस्यो झल्फझल नली
::उडी चम्क्यो गम्क्यो जलबिच पस्यो झल्झल बली
{{pcn|(१९२)}}
{{pcn|(१९२)}}


त्यहाँ छन्‌ बाट्ला मखमल मुनाको तट लिने ।
त्यहाँ छन्‌ बाटूला मखमल मुनाको तट लिने ।
::गरा जस्ता राम्रा मरमर किनारा मृुदुकने
::गरा जस्ता राम्रा मरमर किनारा मृदुकने
जडेका ढुङ्गा झै झलझल जहाँ सैकत कणा ।
जडेका ढुङ्गा झैं झलझल जहाँ सैकत कणा ।
::सितारा झै झल्फल्‌ लसित छ उज्यालो छविसँग ॥
::सितारा झैं झल्झल्‌ लसित छ उज्यालो छविसँग ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}
{{stanza continue}}

Latest revision as of 17:58, 31 May 2025

This page has been proofread

भनी लाग्ने मीठो तवर मन सन्तुष्ट हुन गै ।
रहोस्‌ अद्लीबद्ली विकसित रहून् रूपहरु झैं ॥
(१८७)

"यही यौटै हो वा पर पनि कतै स्वर्ग छ" भनी ।
त्यहाँ सोद्धा भन्छन्‌ सुरपति "हजारौं अझ पनि ॥
बनेका छन्‌ राम्रा प्रभृहृदयका दिव्य महिमा ।
म जस्ता राजा छन्‌ कति कति महान्‌ विश्वभरमा ॥"
(१८८)

कुनै पन्छी बोल्यो 'पिउ पिउ' कुनै चाँचर 'च च' ।
कुनै 'कुर्‌ कुर्' लिन्थे हृदयसित प्रेमी प्रतिध्वनि ॥
कुनै "को हो को हो' कति 'कुलुलु" कोही 'कल कल' ।
कनै 'चीँ चीँ कल्‌बुल्‌ चिरिरि चुइँ चूँ चूँ" प्रतिपल ॥
(१८९)

कतै 'काफल्‌ काफल्‌' 'लहलह' कतै ता "चहचह' ।
"झझिल्‌ झिल्‌' क्वै बोल्छन्‌ 'रुनुझुनु' कतै ता 'छुनुमुनु' ॥
कतै 'पासल्‌ पोसल्‌' 'पलपल कुकुल्‌ कुल्‌ मुनुमुनु ।'
(१९०)

कतै झुल्दा पन्छी किसलय नयाँमा तह तह ।
त्यसै हल्की हल्की मुखरित छ मीठो 'चह चह' ॥
"फफर्‌ फर्‌ फर' गर्छन्‌ विहग सब उड्दा वरिपरि ।
त्यसै झारी धूलो सुरभित मजामा झरझरी ॥
(१९१)

चरो इन्द्रेणीले नृपतिकन देखी चमकले ।
'छ छं छं छं' बोल्यो जिउकन हिलाई भडकले ॥
फिँजायो लम्पङ्खे रँग ललित लामो झिलिमिली ।
उडी चम्क्यो गम्क्यो जलबिच पस्यो झल्झल बली ॥
(१९२)

त्यहाँ छन्‌ बाटूला मखमल मुनाको तट लिने ।
गरा जस्ता राम्रा मरमर किनारा मृदुकने ॥
जडेका ढुङ्गा झैं झलझल जहाँ सैकत कणा ।
सितारा झैं झल्झल्‌ लसित छ उज्यालो छविसँग ॥