Page:Shakuntala.pdf/320: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
मीठा कोमल | मीठा कोमल शाब्दले नजरले बोल्दा भिजेका बडा । | ||
::काँपेका दिलले चरीसरि कुनै वर्षा | ::काँपेका दिलले चरीसरि कुनै वर्षा बिजूली अघि ॥ | ||
रुन्थिन् लाज तथापि लाल रसले गाला छुँदै बोल्दथ्यो । | रुन्थिन् लाज तथापि लाल रसले गाला छुँदै बोल्दथ्यो । | ||
::पैह्लेका मृदु बात ली विपिनका वासन्तिका | ::पैह्लेका मृदु बात ली विपिनका वासन्तिका माधुरी ॥ | ||
{{pcn|(२३)}} | {{pcn|(२३)}} | ||
यौटा | यौटा आँसु गडेर गोल लव झैं गाला छुँदो लर्बरी । | ||
:: | ::टप्कूँ टप्कूँ गरेर त्यो अडिरह्यो दुःखै थियो माधुरी ॥ | ||
त्यो घुँक्का कति कष्टले शरमले निल्थिन् तिनी ओठले । | त्यो घुँक्का कति कष्टले शरमले निल्थिन् तिनी ओठले । | ||
::मीठा | ::मीठा बात सुनाउँदै शिव कठै ! मूर्छा हुँदै चोटले ॥ | ||
{{pcn|(२४)}} | {{pcn|(२४)}} | ||
त्यस्ता सुन्दरता अगाडि जलका दानाहरूले | त्यस्ता सुन्दरता अगाडि जलका दानाहरूले रूँदा । | ||
::यस्तो घोर भएर विप्लव त्यसै | ::यस्तो घोर भएर विप्लव त्यसै स्वर्गै वहाँ वर्षिंदा ॥ | ||
केही | केही सम्झिनँ ! सम्झना ! किन थिइस् मूर्छा बनी शून्यता ? | ||
::हा प्यारी ! बिचरी चरी झरझरी | ::हा प्यारी ! बिचरी चरी झरझरी रुन्थिन् गइन् ती कता ॥ | ||
{{pcn|(२५)}} | {{pcn|(२५)}} | ||
हाँसे खुल्न तयार ओठ पहिलो आधा खुला उज्ज्वल । | हाँसे खुल्न तयार ओठ पहिलो आधा खुला उज्ज्वल । | ||
::आशाले विरही थियो हृदय क्या भाषा लिँदो | ::आशाले विरही थियो हृदय क्या भाषा लिँदो मञ्जुल ॥ | ||
को होलिन् ? म त भन्दथें मुसुमुसु प्रारम्भकी चाँदनी । | को होलिन् ? म त भन्दथें मुसुमुसु प्रारम्भकी चाँदनी । | ||
::कालो बादलमा विलीन | ::कालो बादलमा विलीन अब छन् विश्वै अँध्यारो बनी ॥ | ||
{{pcn|(२६)}} | {{pcn|(२६)}} | ||
तारा आँसु भएर आज निशिमा नीलो | तारा आँसु भएर आज निशिमा नीलो बनाई मुख । | ||
::चम्के ती | ::चम्के ती जलबिन्दु दीर्घनयनीका नानिका सम्मुख ॥ | ||
कोही छैन ? कहाँ | कोही छैन ? कहाँ गइन् खबर क्यै ल्याईदिने सत्वर । | ||
::पानी | ::पानी झील बनेर थाप्छु उरमा ती आँसु रात्रीभर ॥ | ||
{{pcn|(२७)}} | {{pcn|(२७)}} | ||
भेटेदेखि बताइदेऊ जन हो ! दुष्यन्त राजाकन । | |||
::साह्रै दुःख छ | ::साह्रै दुःख छ नींदशून्य पछुतो जल्दो छ सुक्दै मन ॥ | ||
हा ! हा ! दिव्य | हा ! हा ! दिव्य शकुन्तले ! नजर भो झल्का मिले एक नै । | ||
::मर्ने छैन जलेर जीवन चितामा दुष्ट दुष्यन्त नै ॥ | ::मर्ने छैन जलेर जीवन चितामा दुष्ट दुष्यन्त नै ॥ | ||
{{pcn|(२८)}} | {{pcn|(२८)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 09:17, 30 May 2025
मीठा कोमल शाब्दले नजरले बोल्दा भिजेका बडा ।
काँपेका दिलले चरीसरि कुनै वर्षा बिजूली अघि ॥
रुन्थिन् लाज तथापि लाल रसले गाला छुँदै बोल्दथ्यो ।
पैह्लेका मृदु बात ली विपिनका वासन्तिका माधुरी ॥
(२३)
यौटा आँसु गडेर गोल लव झैं गाला छुँदो लर्बरी ।
टप्कूँ टप्कूँ गरेर त्यो अडिरह्यो दुःखै थियो माधुरी ॥
त्यो घुँक्का कति कष्टले शरमले निल्थिन् तिनी ओठले ।
मीठा बात सुनाउँदै शिव कठै ! मूर्छा हुँदै चोटले ॥
(२४)
त्यस्ता सुन्दरता अगाडि जलका दानाहरूले रूँदा ।
यस्तो घोर भएर विप्लव त्यसै स्वर्गै वहाँ वर्षिंदा ॥
केही सम्झिनँ ! सम्झना ! किन थिइस् मूर्छा बनी शून्यता ?
हा प्यारी ! बिचरी चरी झरझरी रुन्थिन् गइन् ती कता ॥
(२५)
हाँसे खुल्न तयार ओठ पहिलो आधा खुला उज्ज्वल ।
आशाले विरही थियो हृदय क्या भाषा लिँदो मञ्जुल ॥
को होलिन् ? म त भन्दथें मुसुमुसु प्रारम्भकी चाँदनी ।
कालो बादलमा विलीन अब छन् विश्वै अँध्यारो बनी ॥
(२६)
तारा आँसु भएर आज निशिमा नीलो बनाई मुख ।
चम्के ती जलबिन्दु दीर्घनयनीका नानिका सम्मुख ॥
कोही छैन ? कहाँ गइन् खबर क्यै ल्याईदिने सत्वर ।
पानी झील बनेर थाप्छु उरमा ती आँसु रात्रीभर ॥
(२७)
भेटेदेखि बताइदेऊ जन हो ! दुष्यन्त राजाकन ।
साह्रै दुःख छ नींदशून्य पछुतो जल्दो छ सुक्दै मन ॥
हा ! हा ! दिव्य शकुन्तले ! नजर भो झल्का मिले एक नै ।
मर्ने छैन जलेर जीवन चितामा दुष्ट दुष्यन्त नै ॥
(२८)