Page:Shakuntala.pdf/304: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
कसोरी | "कसोरी बिर्सेको मकन प्रभुले कोमल-मना । | ||
::रुँदै मर्जी हुन्थ्यो गहभर लिई सुन्दर कणा ॥ | ::रुँदै मर्जी हुन्थ्यो गहभर लिई सुन्दर कणा ॥ | ||
तिमी मेरी ज्योत्स्ना हृदयविधुरानी | तिमी मेरी ज्योत्स्ना हृदयविधुरानी कुसुमकी । | ||
::तिमी बास्ना | ::तिमी बास्ना मीठी कुसुम-ऋतुकी चारु सपना ॥ | ||
{{pcn|(१६७)}} | {{pcn|(१६७)}} | ||
तिमी आमा मेरी ललितवदनी पूर्व-गगनी । | तिमी आमा मेरी ललितवदनी पूर्व-गगनी । | ||
::उदाएकी स्वर्ग प्रचुर घनकी ज्योति-नयनी ॥ | ::उदाएकी स्वर्ग प्रचुर घनकी ज्योति-नयनी ॥ | ||
चराको भाषाले हृदयवन | चराको भाषाले हृदयवन गुँज्ने नव-जगत् । | ||
:: | ::उघार्ने शोभा छौ, दिन शुरु हुने जीवन भनी ॥" | ||
{{pcn|(१६८)}} | {{pcn|(१६८)}} | ||
यहाँ लाली चढ्दी मृदुल महिमा दिव्य सुखकी । | यहाँ लाली चढ्दी मृदुल महिमा दिव्य सुखकी । | ||
::अडी भन्छिन् केही "रविसरि म | ::अडी भन्छिन् केही "रविसरि म भन्थें प्रभु पनि ॥ | ||
अँगालो हालेका छविकन उषाको शिखरमा । | अँगालो हालेका छविकन उषाको शिखरमा । | ||
::सुनौला | ::सुनौला स्वर्गैको जगभर उडाएर महिमा ॥" | ||
{{pcn|(१६९)}} | {{pcn|(१६९)}} | ||
यहाँ लज्जा मानी परतिर यसो हेर्न छविली । | यहाँ लज्जा मानी परतिर यसो हेर्न छविली । | ||
::बनिन् लाली लाली | ::बनिन् लाली लाली द्विजवर र माता मुख मिली ॥ | ||
अहो ! छीटो | अहो ! छीटो स्त्रीको हृदय कति यो भावुकपना । | ||
::सबै बिर्सी बोल्छिन् दुख हृदयको फेरि मधुरी ॥ | ::सबै बिर्सी बोल्छिन् दुख हृदयको फेरि मधुरी ॥ | ||
{{pcn|(१७०)}} | {{pcn|(१७०)}} | ||
फुल्यो लाली राम्रो कसुमसरि चैते विपिनमा । | फुल्यो लाली राम्रो कसुमसरि चैते विपिनमा । | ||
::समाल्छिन् | ::समाल्छिन् झुक्दी ती अनि पछि उदासी नजरले ॥ | ||
"कसोरी | "कसोरी बिर्सेको मकन प्रभुले कोमल-मना ।" | ||
::भनी भर्छिन् आँखा " | ::भनी भर्छिन् आँखा "सब हन गयो एक सपना ॥" | ||
{{pcn|(१७१)}} | {{pcn|(१७१)}} | ||
"कसोरी बिर्सेको झलझल छ मेरो नजरमा । | "कसोरी बिर्सेको झलझल छ मेरो नजरमा । | ||
::बिहाको त्यो वल्ली | ::बिहाको त्यो वल्ली कुसुमित मुनाको रहरमा ॥ | ||
' | 'बन्यौ मेरी' भन्दै मुसुमुसु गरी चारु नयन । | ||
:: | ::सिँदूरे रेखाले अरुण गरिबक्सेर मकन ॥ | ||
{{pcn|(१७२)}} | {{pcn|(१७२)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 22:20, 28 May 2025
"कसोरी बिर्सेको मकन प्रभुले कोमल-मना ।
रुँदै मर्जी हुन्थ्यो गहभर लिई सुन्दर कणा ॥
तिमी मेरी ज्योत्स्ना हृदयविधुरानी कुसुमकी ।
तिमी बास्ना मीठी कुसुम-ऋतुकी चारु सपना ॥
(१६७)
तिमी आमा मेरी ललितवदनी पूर्व-गगनी ।
उदाएकी स्वर्ग प्रचुर घनकी ज्योति-नयनी ॥
चराको भाषाले हृदयवन गुँज्ने नव-जगत् ।
उघार्ने शोभा छौ, दिन शुरु हुने जीवन भनी ॥"
(१६८)
यहाँ लाली चढ्दी मृदुल महिमा दिव्य सुखकी ।
अडी भन्छिन् केही "रविसरि म भन्थें प्रभु पनि ॥
अँगालो हालेका छविकन उषाको शिखरमा ।
सुनौला स्वर्गैको जगभर उडाएर महिमा ॥"
(१६९)
यहाँ लज्जा मानी परतिर यसो हेर्न छविली ।
बनिन् लाली लाली द्विजवर र माता मुख मिली ॥
अहो ! छीटो स्त्रीको हृदय कति यो भावुकपना ।
सबै बिर्सी बोल्छिन् दुख हृदयको फेरि मधुरी ॥
(१७०)
फुल्यो लाली राम्रो कसुमसरि चैते विपिनमा ।
समाल्छिन् झुक्दी ती अनि पछि उदासी नजरले ॥
"कसोरी बिर्सेको मकन प्रभुले कोमल-मना ।"
भनी भर्छिन् आँखा "सब हन गयो एक सपना ॥"
(१७१)
"कसोरी बिर्सेको झलझल छ मेरो नजरमा ।
बिहाको त्यो वल्ली कुसुमित मुनाको रहरमा ॥
'बन्यौ मेरी' भन्दै मुसुमुसु गरी चारु नयन ।
सिँदूरे रेखाले अरुण गरिबक्सेर मकन ॥
(१७२)