Page:Shakuntala.pdf/267: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
"कहिले बिहा भयो ?" भनी । | "कहिले बिहा भयो ?" भनी । | ||
:: | ::जब सोद्धछे उनी पनि ॥ | ||
"अविवाहिता म ता" भनी । | "अविवाहिता म ता" भनी । | ||
::मुसकाउँछिन् | ::मुसकाउँछिन् सुयौवनी ॥ | ||
{{pcn|(३६)}} | {{pcn|(३६)}} | ||
उ छ खिल्ल "ए ! त्यसो भए । | उ छ खिल्ल "ए ! त्यसो भए । | ||
:: | ::भवँराविना फुलेछ ए ॥ | ||
मधुमालती त्यहाँ अहो !" | मधुमालती त्यहाँ अहो !" | ||
::मृदु | ::मृदु भन्दछे "कहो कहो ॥" | ||
{{pcn|(३७)}} | {{pcn|(३७)}} | ||
Line 16: | Line 16: | ||
::सब चाउरी बढी फुले ॥ | ::सब चाउरी बढी फुले ॥ | ||
दृग चम्किई शकुन्तला । | दृग चम्किई शकुन्तला । | ||
::मुख छोप्दछिन् | ::मुख छोप्दछिन् सुमञ्जुला ॥ | ||
{{pcn|(३८)}} | {{pcn|(३८)}} | ||
जब खोल्दछिन् मुहार ती । | जब खोल्दछिन् मुहार ती । | ||
::सुरबागका जुहार ती ॥ | ::सुरबागका जुहार ती ॥ | ||
मृदु छन् गुलाफ भारती । | |||
:: | ::मुकुमारिता अपार ती ॥ | ||
{{pcn|(३९)}} | {{pcn|(३९)}} | ||
जान्छ किसान दुही लिन गाई । | जान्छ किसान दुही लिन गाई । | ||
::हात लिई गबुवा पयलाई ॥ | ::हात लिई गबुवा पयलाई ॥ | ||
"यो | "यो निशि के दुहुनाकन जान्छौ ?" | ||
::भन्दछ एक त्यहाँ उसलाई ॥ | ::भन्दछ एक त्यहाँ उसलाई ॥ | ||
{{pcn|(४०)}} | {{pcn|(४०)}} | ||
अड्दछ सत्वर बोल्दछ चारु । | |||
::"आठ त याम छ | ::"आठ त याम छ गाइ दुधारु ।" | ||
"कष्ट उठाउनु पो किन पर्छ ?" | "कष्ट उठाउनु पो किन पर्छ ?" | ||
::"के छ र कष्ट र ? यै छिन भर्छ ॥" | ::"के छ र कष्ट र ? यै छिन भर्छ ॥" |
Latest revision as of 07:28, 25 May 2025
This page has been proofread
"कहिले बिहा भयो ?" भनी ।
जब सोद्धछे उनी पनि ॥
"अविवाहिता म ता" भनी ।
मुसकाउँछिन् सुयौवनी ॥
(३६)
उ छ खिल्ल "ए ! त्यसो भए ।
भवँराविना फुलेछ ए ॥
मधुमालती त्यहाँ अहो !"
मृदु भन्दछे "कहो कहो ॥"
(३७)
स्मित गौतमीमुहारमा !
सब चाउरी बढी फुले ॥
दृग चम्किई शकुन्तला ।
मुख छोप्दछिन् सुमञ्जुला ॥
(३८)
जब खोल्दछिन् मुहार ती ।
सुरबागका जुहार ती ॥
मृदु छन् गुलाफ भारती ।
मुकुमारिता अपार ती ॥
(३९)
जान्छ किसान दुही लिन गाई ।
हात लिई गबुवा पयलाई ॥
"यो निशि के दुहुनाकन जान्छौ ?"
भन्दछ एक त्यहाँ उसलाई ॥
(४०)
अड्दछ सत्वर बोल्दछ चारु ।
"आठ त याम छ गाइ दुधारु ।"
"कष्ट उठाउनु पो किन पर्छ ?"
"के छ र कष्ट र ? यै छिन भर्छ ॥"
(४१)