Page:Tarun tapasi.pdf/62: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|९}} | {{pcn|९}} | ||
विधाता माताको स्तनयुगलमा | विधाता माताको स्तनयुगलमा स्तन्य-रसको | ||
::भरी धारा पैले अनि जनम त्यो दिन्छ शिशुको । | ::भरी धारा पैले अनि जनम त्यो दिन्छ शिशुको । | ||
विना खाने दाना धरणितलमा जन्म कसरी | विना खाने दाना धरणितलमा जन्म कसरी | ||
::कहाँ कस्ले लेला ? कुन कठिनता यो हरि हरि | ::कहाँ कस्ले लेला ? कुन कठिनता यो हरि ! हरि !! | ||
{{pcn|१०}} | {{pcn|१०}} | ||
किरा किर्थादेखी मनुज, पशु, पक्षीतक सब | किरा किर्थादेखी मनुज, पशु, पक्षीतक सब | ||
::जती जो जन्मन्छन् सकल तिनको | ::जती जो जन्मन्छन् सकल तिनको योग्य-विभव । | ||
धरित्रीको छाती उपर पहिले नै छ खचित | धरित्रीको छाती उपर पहिले नै छ खचित | ||
::अहो भोकै मर्छन् तदपि किन त्यो दुर्गतिसित ? | ::अहो ! भोकै मर्छन् तदपि किन त्यो दुर्गतिसित ? | ||
{{pcn|११}} | {{pcn|११}} | ||
धरित्रीमा भक्ति प्रणय अथवा जाँगर धरी | धरित्रीमा भक्ति प्रणय अथवा जाँगर धरी | ||
::खनी, खोस्री, जोती, | ::खनी, खोस्री, जोती, कर-चरण माटोमय गरी । | ||
निकाली खाये त्यो अमृतमय खाना मिलिजुली | निकाली खाये त्यो अमृतमय खाना मिलिजुली | ||
::जगत् सारा बन्थ्यो अमर नगरी | ::जगत् सारा बन्थ्यो अमर नगरी झैँ झिलिमिली ॥ | ||
{{pcn|१२}} | {{pcn|१२}} | ||
धरित्रिको | धरित्रिको माया-प्रणय नरदेखी कृमितक | ||
::सबै जीवाऽऽत्मामा सम छ, उसमा छैन फरक । | ::सबै जीवाऽऽत्मामा सम छ, उसमा छैन फरक । | ||
उनी खाना दिन्छन् रतिभर कुनै भेद नगरी | उनी खाना दिन्छन् रतिभर कुनै भेद नगरी | ||
Line 29: | Line 29: | ||
::नशक्ने नै होलिन् धरणि जहिले वा जुन दिन । | ::नशक्ने नै होलिन् धरणि जहिले वा जुन दिन । | ||
तुरुन्तै फुट्नेछन् उस बखत कच्चा घट सरी | तुरुन्तै फुट्नेछन् उस बखत कच्चा घट सरी | ||
::हजारौं के | ::हजारौं के लाखौँ किसिमसित धाँजा परि परी ॥ | ||
{{pcn|१४}} | {{pcn|१४}} | ||
सबैकी साजा छन् धरणि जननी, जीव सकल | सबैकी साजा छन् धरणि जननी, जीव सकल | ||
::उनैका छोरा हुन् | ::उनैका छोरा हुन् हृदय-रसमा लुब्ध चपल । | ||
भुली | भुली माता-नाता अझ सब उनै मालिक बनी | ||
::वृथा गर्छन् कोलाहल कलह मेरी भनि भनी ॥ | ::वृथा गर्छन् कोलाहल कलह मेरी भनि भनी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 12:02, 9 June 2025
९
विधाता माताको स्तनयुगलमा स्तन्य-रसको
भरी धारा पैले अनि जनम त्यो दिन्छ शिशुको ।
विना खाने दाना धरणितलमा जन्म कसरी
कहाँ कस्ले लेला ? कुन कठिनता यो हरि ! हरि !!
१०
किरा किर्थादेखी मनुज, पशु, पक्षीतक सब
जती जो जन्मन्छन् सकल तिनको योग्य-विभव ।
धरित्रीको छाती उपर पहिले नै छ खचित
अहो ! भोकै मर्छन् तदपि किन त्यो दुर्गतिसित ?
११
धरित्रीमा भक्ति प्रणय अथवा जाँगर धरी
खनी, खोस्री, जोती, कर-चरण माटोमय गरी ।
निकाली खाये त्यो अमृतमय खाना मिलिजुली
जगत् सारा बन्थ्यो अमर नगरी झैँ झिलिमिली ॥
१२
धरित्रिको माया-प्रणय नरदेखी कृमितक
सबै जीवाऽऽत्मामा सम छ, उसमा छैन फरक ।
उनी खाना दिन्छन् रतिभर कुनै भेद नगरी
सबैलाई पुग्ने किसिमसँग त्यो लाखन थरी ॥
१३
सबै प्राणी बाँच्ने किसिमसित खानाहरु दिन
नशक्ने नै होलिन् धरणि जहिले वा जुन दिन ।
तुरुन्तै फुट्नेछन् उस बखत कच्चा घट सरी
हजारौं के लाखौँ किसिमसित धाँजा परि परी ॥
१४
सबैकी साजा छन् धरणि जननी, जीव सकल
उनैका छोरा हुन् हृदय-रसमा लुब्ध चपल ।
भुली माता-नाता अझ सब उनै मालिक बनी
वृथा गर्छन् कोलाहल कलह मेरी भनि भनी ॥