Page:Tarun tapasi.pdf/47: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|२४}} | {{pcn|२४}} | ||
दया हो पृथ्वीको अति चहकिलो पारसमणि | दया हो पृथ्वीको अति चहकिलो पारसमणि | ||
::दया नै हो कालो | ::दया नै हो कालो भव-जलधिको मुख्य तरणी । | ||
दया त्यस्तो त्यागी मनुज किन हिंसातिर झुक्यौ ? | दया त्यस्तो त्यागी मनुज ! किन हिंसातिर झुक्यौ ? | ||
::म मर्ने हूँ, मर्छू तर तिमि नराम्रोसित चुक्यौ ॥ | ::म मर्ने हूँ, मर्छू तर तिमि नराम्रोसित चुक्यौ ॥ | ||
{{pcn|२५}} | {{pcn|२५}} | ||
म भन्छू हे अन्धो मनुज तिमि जस्ता मनुजको | म भन्छू हे अन्धो मनुज ! तिमि जस्ता मनुजको | ||
::अगाडी हत्यारो प्रकृति हलुकै हो दनुजको । | ::अगाडी हत्यारो प्रकृति हलुकै हो दनुजको । | ||
यही तिम्रो पापी प्रकृति सब तिम्रा घरघरै | यही तिम्रो पापी प्रकृति सब तिम्रा घरघरै | ||
::घुसी | ::घुसी लाखौँ लाखौँ पुरुषकन पार्ला कि ठहरै ? | ||
{{pcn|२६}} | {{pcn|२६}} | ||
Line 21: | Line 21: | ||
{{pcn|२७}} | {{pcn|२७}} | ||
यही तिम्रो हिंसा, छलकपट ज्यादा प्रबल भै | यही तिम्रो हिंसा, छलकपट ज्यादा प्रबल भै | ||
:: | ::सिधा-सादा, निर्धा अबुझ थिचिँदा आखिर सबै । | ||
अशान्ति-ज्वाला जो मुलुकभर बल्ला दनदनी | |||
::यसैमा पर्नेछौ जडमति म जस्तै तिमि पनि ॥ | ::यसैमा पर्नेछौ जडमति ! म जस्तै तिमि पनि ॥ | ||
{{pcn|२८}} | {{pcn|२८}} | ||
चराको | चराको झैँ तिम्रो गगनतलमा सर्र उडने | ||
::कुनै वेला आयो | ::कुनै वेला आयो नियति-गतिले तागत भने । | ||
यही हत्याकारी कुरुचिवश भै पागल सरी | यही हत्याकारी कुरुचिवश भै पागल सरी | ||
::अवश्यै पार्नेछौ सकल पृथिवी | ::अवश्यै पार्नेछौ सकल पृथिवी प्रेत-नगरी ॥ | ||
{{pcn|२९}} | {{pcn|२९}} | ||
Line 35: | Line 35: | ||
::म भन्छू यो राम्रो किसिमसित सम्झे तिमि पुरा । | ::म भन्छू यो राम्रो किसिमसित सम्झे तिमि पुरा । | ||
अहिंसाको गङ्गाजल विन सबै उन्नतिकला | अहिंसाको गङ्गाजल विन सबै उन्नतिकला | ||
::खरानी भै तिम्रो मनुज नगरोस् दीर्घ सुकला ॥ | ::खरानी भै तिम्रो मनुज ! नगरोस् दीर्घ सुकला ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 19:03, 5 June 2025
२४
दया हो पृथ्वीको अति चहकिलो पारसमणि
दया नै हो कालो भव-जलधिको मुख्य तरणी ।
दया त्यस्तो त्यागी मनुज ! किन हिंसातिर झुक्यौ ?
म मर्ने हूँ, मर्छू तर तिमि नराम्रोसित चुक्यौ ॥
२५
म भन्छू हे अन्धो मनुज ! तिमि जस्ता मनुजको
अगाडी हत्यारो प्रकृति हलुकै हो दनुजको ।
यही तिम्रो पापी प्रकृति सब तिम्रा घरघरै
घुसी लाखौँ लाखौँ पुरुषकन पार्ला कि ठहरै ?
२६
मट्याङ्ग्रो माटाको जुन कुरुचिले आज भवमा
बन्यो, सोही पापी कुरुचि पछि सल्केर सबमा ।
कडा गोला गोली कठिन चिजका लाखन थरी
खडा भै पार्नेछन् सकल धरणीमा थरहरी ॥
२७
यही तिम्रो हिंसा, छलकपट ज्यादा प्रबल भै
सिधा-सादा, निर्धा अबुझ थिचिँदा आखिर सबै ।
अशान्ति-ज्वाला जो मुलुकभर बल्ला दनदनी
यसैमा पर्नेछौ जडमति ! म जस्तै तिमि पनि ॥
२८
चराको झैँ तिम्रो गगनतलमा सर्र उडने
कुनै वेला आयो नियति-गतिले तागत भने ।
यही हत्याकारी कुरुचिवश भै पागल सरी
अवश्यै पार्नेछौ सकल पृथिवी प्रेत-नगरी ॥
२९
बढ्यो स्याँ स्याँ, ज्यादा अभयसित जो अन्तिम कुरा
म भन्छू यो राम्रो किसिमसित सम्झे तिमि पुरा ।
अहिंसाको गङ्गाजल विन सबै उन्नतिकला
खरानी भै तिम्रो मनुज ! नगरोस् दीर्घ सुकला ॥