Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/65: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(३९)}} '''कवि-''' :दर्द बुझेँ चुपचाप सब तिमि मनमा नलेउ सन्ताप । :आफनु जीवनसम्म सुधार गरुँला सकेसम्म ॥ {{pcn|(४०)}} '''कविता-''' :अघितिर पुच्छ घुसारी कविता प्रत्यक्ष लोकमा पारी..."
 
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread

Revision as of 21:08, 17 June 2025

This page has been proofread

(३९)
कवि-
दर्द बुझेँ चुपचाप सब तिमि मनमा नलेउ सन्ताप ।
आफनु जीवनसम्म सुधार गरुँला सकेसम्म ॥

(४०)
कविता-
अघितिर पुच्छ घुसारी कविता प्रत्यक्ष लोकमा पारी ।
गंकन्छौ तिमि यसरी, सुधार होला हरे ! कसरी !

(४१)
कवि-
गुणवति ! सुन अबदेखि गन्थन गन्था विकामका लेखी ॥
गरनेछैनँ दिमाग पक्का यो चित्तमा राख ॥

(४२)
कविता-
बेस भन्यौ अबदेखि विचारशाली मिठा कुरा लेखी ।
मेरो गरनु सुधार, शिरमा तिमि बोक यो भार ॥

(४३)
कवि-
पहिले अलिअलि हाँसी नुहिकन पछि बसेर छासी ।
अर्ति दियौ हितकारी नपाइसकना बडा भारी ॥