Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/58: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(४)}} '''कविता-''' :गर तिमी आफनू काम, नलेउ बाबू ! कसूरको नाम ! :मेरै कर्म अभागी बुझेर दबिएँ कुना लागी ॥ {{pcn|(५)}} '''कवि-''' :जसका वश परि सुकृति, कहलाए व्यास, वाल्मीकि प्रभृति । :मम-..."
 
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread

Revision as of 20:58, 17 June 2025

This page has been proofread

(४)
कविता-
गर तिमी आफनू काम, नलेउ बाबू ! कसूरको नाम !
मेरै कर्म अभागी बुझेर दबिएँ कुना लागी ॥

(५)
कवि-
जसका वश परि सुकृति, कहलाए व्यास, वाल्मीकि प्रभृति ।
मम-मनमा धैर्य धरी उही तिमी छौ अभागिनी कसरी ?

(६)
कविता-
शक्तिन बाबू ! सहन अब अरु केही कुरा नभन ।
चरचरि चिरिन्छ छाती वाल्मीकि, व्यास सम्झँदामा ती ॥

(७)
कवि-
तिमी छौ रसरङ्गवती भनेर डाकेँ गरी ठुलो विनति ।
उल्टा आँसु खसाली किन रुन लाग्यौ धुरूधुरूखालि ॥

(८)
कविता-
व्यासाऽऽदिक सत्कविले छोडि मलाई बिदा भए जहिले ।
उस दिनदेखि छु नङ्गी, छैन कुनै रङ्गिचङ्गिको भङ्गी ॥