Page:Lalitya bhag 1 ra 2.pdf/57: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{c|{{larger|'''कवि-कविताऽऽलाप'''}}}} {{c|{{smaller|'''(१९६७ सालमा लेखिएको र ६९ सालमा निर्णयसागर प्रेसमा प्रकाशित)'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} '''कवि-''' :भगवति! कविते ! देवी ! जुग-जुग तिम्रो म हूँ सदासेवी । :बाहिर निस्कन..." |
|||
Page status | Page status | ||
- | + | Proofread |
Revision as of 20:56, 17 June 2025
This page has been proofread
कवि-कविताऽऽलाप
(१९६७ सालमा लेखिएको र ६९ सालमा निर्णयसागर प्रेसमा प्रकाशित)
(१)
कवि-
भगवति! कविते ! देवी ! जुग-जुग तिम्रो म हूँ सदासेवी ।
बाहिर निस्कन आज, किन मानेको बडो लाज?
(२)
कविता-
रसिला गुणिजन हेरी हालि अँगालो गलाविषे फेरि ।
रञ्जन पारि समाज डुली-रहेकी मलाई के लाज ?
(३)
कवि-
तिमी भनि अरु सब बात छोडि बिताएँ बसी बसी रात ।
तैपनि करुणा गरिनौ कसूर के देखि सामुमा परिनौ ?