Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/50: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(४)}} जय जय लक्ष्मी ! आऊ आऊ ::स्थिर गर हाम्रा घरमा पाउ । भन्दै हिन्दू सब नर नारी ::गर्छन्‌ पूजा भवन सिँगारी ॥ {{pcn|(५)}} खेती-पाती पूर्ण तयारी ::ढकमक फुलले ती फुलबारी । हँसि..."
 
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 17: Line 17:
::बटुलिन थाले टीका लाई ।  
::बटुलिन थाले टीका लाई ।  
हिँड सब जाऔँ बहिनीबाट
हिँड सब जाऔँ बहिनीबाट
::पहिरौंँ टीका पारौँ ठाँट ॥
::पहिरौँ टीका पारौँ ठाँट ॥


{{pcn|(७)}}  
{{pcn|(७)}}  

Revision as of 17:58, 16 June 2025

This page has been proofread

(४)
जय जय लक्ष्मी ! आऊ आऊ
स्थिर गर हाम्रा घरमा पाउ ।
भन्दै हिन्दू सब नर नारी
गर्छन्‌ पूजा भवन सिँगारी ॥

(५)
खेती-पाती पूर्ण तयारी
ढकमक फुलले ती फुलबारी ।
हँसिलो मुखका सब नर नारी
सबतिर लक्ष्मी-पूजा भारी ॥

(६)
वर पर सबका दाज्यूभाइ
बटुलिन थाले टीका लाई ।
हिँड सब जाऔँ बहिनीबाट
पहिरौँ टीका पारौँ ठाँट ॥

(७)
सब सिद्धयाई टीकाटाला
पहिरि गलामा लामा माला ।
चिजबिज खाऔँ, चाड मनाऔँ
बेर नलाऔँ, जाऔँ जाऔँ ॥