Page:Lalitya bhag 1 ra 2.pdf/30: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(२०)}} झलमल्ल सुमेरुको उता ::उस कैलास गिरीन्द्रको पता । जुन धीर यथार्थ पाउला ::उसलाई कुन कष्ट आउला ॥ {{pcn|(२१)}} जगदीश ! सुमेरु त्यो कहाँ ? ::फिर कैलास दुरन्त त्यो कहाँ ? अल..." |
|||
Page status | Page status | ||
- | + | Proofread |
Revision as of 17:29, 15 June 2025
This page has been proofread
(२०)
झलमल्ल सुमेरुको उता
उस कैलास गिरीन्द्रको पता ।
जुन धीर यथार्थ पाउला
उसलाई कुन कष्ट आउला ॥
(२१)
जगदीश ! सुमेरु त्यो कहाँ ?
फिर कैलास दुरन्त त्यो कहाँ ?
अलमल्ल सबै अहो ! किन ?
कब होला झलमल्ल जीवन ?
(२२)
मनको भुमरो हलुङ्कसी
प्रभुका पादसरोजमा पसी ।
पिउँदै मकरन्द मस्त भै
कहिले प्यास बुझाउला सबै ?
(२३)
पद-पङ्कजकै रजःकण
प्रभुका प्राप्त भयो र रावण ।
त्रिजगद्विजयी पनी भए
प्रभुकै पार्षद मुख्य मानिए ॥