Jump to content

Page:Shakuntala.pdf/162: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
सब प्रेम हो, बुझ सुन्दरी ।
सब प्रेम हो, बुझ सुन्दरी ।
::घ्वनिमा छ जो मुरली भरी ॥"
::ध्वनिमा छ जो मुरली भरी ॥"
यति नातले अलि जिल्ल ती ।
यति बातले अलि जिल्ल ती ।
::अरु प्ररन गर्न विचार्दथिन्‌ ॥
::अरु प्रश्न गर्न विचार्दथिन्‌ ॥
तब झद्‌ भल्याँस्स बनी उठिन्‌ ।
तब झट् झल्याँस्स बनी उठिन्‌ ।
::जन मिर्मिरि नभ भो अलि ॥
::जब मिर्मिरे नभ भो अलि ॥
अन प्रातले वनपातमा ।
अब प्रातले वनपातमा ।
::मधुर प्रवात उठाउँछ ॥
::मधुर प्रवात उठाउँछ ॥
रवि दूर भै छवि मिमिरि ।  
रवि दूर भै छवि मिर्मिरे ।  
::'दिन' सूचना दिन आउँछ ॥
::'दिन' सूचना दिन आउँछ ॥
{{pcn|(३८)}}
{{pcn|(३८)}}


मघु शीतको नलहरीसरि
मधु शीतको लहरीसरि
::तुहिन-प्रभावित मिर्मिरी ॥
::तुहिन-प्रभावित मिर्मिरी ॥
बिउँफझी हवा अचली चली ।
बिउँझी हवा अचली चली ।
::गति मन्द॒ ली लहराउँछ ॥
::गति मन्द ली लहराउँछ ॥
अलि सिर्सिरी हलुका गरी ।
अलि सिर्सिरी हलुका गरी ।
::मञ्जरी उ सरसाउँछ
::मृदु मञ्जरी ऊ रसाउँछ
अनि मिर्मिरे-पनको टुना ।
अनि मिर्मिरे-पनको टुना ।
::सपना किनार सुहाउँछ ॥
::सपना किनार सुहाउँछ ॥
Line 24: Line 24:
::सपना-पुछार कराउँछ ॥
::सपना-पुछार कराउँछ ॥
क्षितिज प्रभा-पट पूर्वको ।
क्षितिज प्रभा-पट पूर्वको ।
::नव आतुल्य रछाउँछ ॥
::नव आशतुल्य रछाउँछ ॥
कुद्रो बनी कण शीतको
कुइरो बनी कण शीतको
::तल टप्किँदै फुल लाउँछ ॥
::तल टप्किँदै फुल लाउँछ ॥
अन क्ुष्णता पछि रूपले ।
अन कृष्णता पछि रूपले ।
::रँग राय धघैर समाउँछ ॥
::रँग राग धेर समाउँछ ॥
मृद्‌ तारका नभ-नीलिमा ।
मृदु तारका नभ-नीलिमा ।
::मधुरो गरी मुसकाउँछ ॥
::मधुरो गरी मुसकाउँछ ॥
अलि सर्सरे वनका मुना ।
अलि सर्सरे वनका मुना ।

Revision as of 10:12, 2 May 2025

This page has not been proofread

सब प्रेम हो, बुझ सुन्दरी ।
ध्वनिमा छ जो मुरली भरी ॥"
यति बातले अलि जिल्ल ती ।
अरु प्रश्न गर्न विचार्दथिन्‌ ॥
तब झट् झल्याँस्स बनी उठिन्‌ ।
जब मिर्मिरे नभ भो अलि ॥
अब प्रातले वनपातमा ।
मधुर प्रवात उठाउँछ ॥
रवि दूर भै छवि मिर्मिरे ।
'दिन' सूचना दिन आउँछ ॥
(३८)

मधु शीतको लहरीसरि ।
तुहिन-प्रभावित मिर्मिरी ॥
बिउँझी हवा अचली चली ।
गति मन्द ली लहराउँछ ॥
अलि सिर्सिरी हलुका गरी ।
मृदु मञ्जरी ऊ रसाउँछ ॥
अनि मिर्मिरे-पनको टुना ।
सपना किनार सुहाउँछ ॥
पहिला चरा वन-नीडमा ।
सपना-पुछार कराउँछ ॥
क्षितिज प्रभा-पट पूर्वको ।
नव आशतुल्य रछाउँछ ॥
कुइरो बनी कण शीतको
तल टप्किँदै फुल लाउँछ ॥
अन कृष्णता पछि रूपले ।
रँग राग धेर समाउँछ ॥
मृदु तारका नभ-नीलिमा ।
मधुरो गरी मुसकाउँछ ॥
अलि सर्सरे वनका मुना ।
पहिलो प्रभा झलकाउँछ ॥