Jump to content

Page:Shakuntala.pdf/157: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
अलि सोच्दछिन्‌ मृदु प्रश्न ली ॥
अलि सोच्दछिन्‌ मृदु प्रश्न ली ॥
::सखि वल्लरी वनमा फुली ।
::सखि वल्लरी वनमा फुली ।
मृद्‌ हाँस्थे कलि खिल्खिली ॥
मृदु हाँस्दथे कलि खिल्खिली ॥
::रँग लाजका मुखमा बली ।
::रँग लाजका मुखमा बली ।
अधरेच्छु भै नखुली करा
अधरेच्छु भै नखुली कुरा
::उनबाट दिव्य रहस्य ली ।
::उनबाट दिव्य रहस्य ली ।
{{pcn|(२०)}}
{{pcn|(२०)}}
Line 14: Line 14:
सबमा शराप तिनी पनि ।
सबमा शराप तिनी पनि ।
::मृदु ढङ्गका मनले दिँदी ॥
::मृदु ढङ्गका मनले दिँदी ॥
यति भन्दधिन्‌ "रवि आउँदा ।
यति भन्दथिन्‌ "रवि आउँदा ।
::सन आँसुदार बने रुँदा ॥"
::सब आँसुदार बने रुँदा ॥"
तन बन्दथे सन छुनुना
तब बन्दथे सब छुन्मुना
::पवनेच्छु ती कोल औँ मुना ॥
::पवनेच्छु ती कलि औ मुना ॥
{{pcn|(२१)}}
{{pcn|(२१)}}


तर बुभदखिन्‌ कि प्रियम्वदा ।
तर बुझ्दछिन्‌ कि प्रियम्वदा ।
::त चारुले मधुरास्पदा ॥
::कि त चारुले मधुरास्पदा ॥
सखि-भावना मन-मञ्जरी ।
सखि-भावना मन-मञ्जरी ।
::क्तुराजको महिमा भरी ॥
::ऋतुराजको महिमा भरी ॥
{{pcn|(२२)}}
{{pcn|(२२)}}


"किन बस्दथिन्‌ सखि एकली ।
"किन बस्दथिन्‌ सखि एकली ।
::मरुपुष्प झैं खिइँदी फ्ली
::मरुपुष्प झैं खिइँदी फुली
मृदु वासना नव बैंसको ।
मृदु वासना नव बैंसको ।
::विरही शिखा बनिनगै जली ॥"
::विरही शिखा बनिगै जली ॥"
दुई भन्दथे सखि चिन्तिता ।
दुई भन्दथे सखि चिन्तिता ।
::अनसूयिनी र प्रियम्वदा ॥
::अनसूयिनी र प्रियम्वदा ॥
Line 35: Line 35:


"किन बस्दथिन्‌ सखि एकली ।
"किन बस्दथिन्‌ सखि एकली ।
::मितभाषिणी निहरी भली ?
::मितभाषिणी निहुरी भली ?
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}
{{stanza continue}}

Revision as of 10:12, 2 May 2025

This page has not been proofread

कलिली तिनी विरही बनी ।
अलि सोच्दछिन्‌ मृदु प्रश्न ली ॥
सखि वल्लरी वनमा फुली ।
मृदु हाँस्दथे कलि खिल्खिली ॥
रँग लाजका मुखमा बली ।
अधरेच्छु भै नखुली कुरा ॥
उनबाट दिव्य रहस्य ली ।
(२०)

तर देख्दछिन्‌ जब अल्मली ।
अलि कोपिले मनमा जली ॥
सबमा शराप तिनी पनि ।
मृदु ढङ्गका मनले दिँदी ॥
यति भन्दथिन्‌ "रवि आउँदा ।
सब आँसुदार बने रुँदा ॥"
तब बन्दथे सब छुन्मुना ।
पवनेच्छु ती कलि औ मुना ॥
(२१)

तर बुझ्दछिन्‌ कि प्रियम्वदा ।
कि त चारुले मधुरास्पदा ॥
सखि-भावना मन-मञ्जरी ।
ऋतुराजको महिमा भरी ॥
(२२)

"किन बस्दथिन्‌ सखि एकली ।
मरुपुष्प झैं खिइँदी फुली ॥
मृदु वासना नव बैंसको ।
विरही शिखा बनिगै जली ॥"
दुई भन्दथे सखि चिन्तिता ।
अनसूयिनी र प्रियम्वदा ॥
[२२े)

"किन बस्दथिन्‌ सखि एकली ।
मितभाषिणी निहुरी भली ?