Page:Shakuntala.pdf/141: Difference between revisions
No edit summary |
|||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 16: | Line 16: | ||
तप, जपसित बस्दा मोहिनी दिव्य आई । | तप, जपसित बस्दा मोहिनी दिव्य आई । | ||
::हृदयकन छुनेछन् प्रेम झैं मुस्कुराई ॥ | ::हृदयकन छुनेछन् प्रेम झैं मुस्कुराई ॥ | ||
जुन | जुन ऋषिहरु खोज्छन् वन्य मीठो विभूति । | ||
::नयननिकट बन्छिन् आज मेरी यहीँ ती ॥" | ::नयननिकट बन्छिन् आज मेरी यहीँ ती ॥" | ||
{{pcn|(६)}} | {{pcn|(६)}} |
Latest revision as of 22:17, 1 June 2025
उदित रवि उज्यालातुल्य ती सामु आए ।
विहगहृदय तृष्णा ती प्रजाको बुझाए ॥
वन छ जलद जस्तो कीर्तिको रङ्ग फुल्ने ।
दिनभर जुन छेक्थ्यो ज्योति भर्ने मुहार ॥
छविमय छ बनेको मिष्ट मुस्कानदार ।
(४)
"अब सब घर जाओ एकलो बस्छु पाई ।
सुखमय वन राम्रो शान्तिको झैं रजाई ॥
मुनिवरहरु बस्ने यो हरीयो निवास ।
मधुर कुसुम फुल्ने स्वर्गको भावना छ ॥
(५)
तप, जपसित बस्दा मोहिनी दिव्य आई ।
हृदयकन छुनेछन् प्रेम झैं मुस्कुराई ॥
जुन ऋषिहरु खोज्छन् वन्य मीठो विभूति ।
नयननिकट बन्छिन् आज मेरी यहीँ ती ॥"
(६)
विहसित मुख हेर्छन् अर्थले ती सँगीमा ।
मुखविकृत अनौठा भट्ट आकारिँदामा ॥
"अब वन वनचारी जङ्गली-प्रेम धारी ।
द्विजउपर हुँदामा आज रित्तो भकारी ॥
(७)
वन कुसुम मुसारी कन्द कोक्याउँदाले ।
उदरकन बटारी ह्वौ वनैया भिखारी ॥
म त रहन नसक्ने, लड्डुको ढड्डु भारी ।
शहरतिर हिँडें है हात ठण्डा बटारी ॥"
वचन यति लगाई हिँड्न तम्सेर भन्छ ।
"महल धन म पाउँ ताजलाई सिँगारी ॥
रिपुहरु सब धुस्नो पार्छु जूँघा मुसारी ।"
(८)