Page:Shakuntala.pdf/357: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
झिझिल् झिल्फिल् गर्दै अन सुरहरू जन्मन गए । | |||
सबै जोडी भन्छन् कर 'जय स्वयम्भो जय ! जय !' | |||
सबै आँखा मिच्दा कर दुइ जुटेका सुर उठे । | |||
गिप्यो पर्दा लामौ जलदसरिको श्यामलपट ॥ | |||
{{pcn|(२०६)}} | |||
झ-्यो राम्रो दोस्रो पट हरि थिए ध्यानसहित । | |||
फुकी आयो यौटा कमल दिलको स्वप्नसहित ॥ | |||
त्यहाँ गाना जस्तो मधुर रसले बान्किन गई । | |||
उठिन् लक्ष्मी ब्यूँझी हँंसमुख प्रभा झै विभवकी ॥ | |||
{{pcn|(२०७)}} | |||
तिनी 'खै खै' भन्दै हरि बिउँझिए हात दुइका । | |||
इशारा फैलाई तन निकट देखेर कमला ॥ | |||
"तिमी मेरी माया मसँग बस" भन्छन् र कमला । | |||
झुकी आँखा बन्छिन् ललितवदनी लज्जतसँग ॥ | |||
{{pcn|(२०८)}} | |||
विष्णुले ले तन ती लक्ष्मीसाथ सोधे, 'तिमीकन । | |||
के के चाहिन्छ त्यो चाँडै पुस्याउँछु तिमी भन !" | |||
{{pcn|(२०९)}} | |||
भन्दा ती कमला भन्छिन् 'सिँगारहरु सुन्दर । | |||
प्रभुको प्रेमका निम्ति पाउँ सज्न मनोहर ॥" | |||
{{pcn|(२१०)}} | |||
त्यति भन्दा तन नभमा, झझल्ल भझिल्किए तारा । | |||
रँग झल्के अवनि उठिन् रम्य बने जगत् तारा ॥ | |||
{{pcn|(२११)}} | |||
व्योमविहारी ग्रह उदड्दका स्वरूप देखिए झल्ल । | |||
प्राकृत ढञ्ज लिएका गतिमान् रत्न भरी झलमल्ल ॥ | |||
{{pcn|(२१२)}} | |||
आँखानाट छटा झिलिक्क हुन गो हाँसो भयो चन्द्रमा । | |||
श्वासै वायु भयो सुगन्ध लहरी जो नन्छ हुत्केन्द्रमा ॥ | |||
नालाको टक भो नशा तिर भयो आकाशको गुम्मज । | |||
बन्छन् रोम अनेक शस्य कलिला गाला नने अम्बुज ॥ | |||
{{pcn|(२१३)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 21:25, 25 May 2025
झिझिल् झिल्फिल् गर्दै अन सुरहरू जन्मन गए ।
सबै जोडी भन्छन् कर 'जय स्वयम्भो जय ! जय !'
सबै आँखा मिच्दा कर दुइ जुटेका सुर उठे ।
गिप्यो पर्दा लामौ जलदसरिको श्यामलपट ॥
(२०६)
झ-्यो राम्रो दोस्रो पट हरि थिए ध्यानसहित ।
फुकी आयो यौटा कमल दिलको स्वप्नसहित ॥
त्यहाँ गाना जस्तो मधुर रसले बान्किन गई ।
उठिन् लक्ष्मी ब्यूँझी हँंसमुख प्रभा झै विभवकी ॥
(२०७)
तिनी 'खै खै' भन्दै हरि बिउँझिए हात दुइका ।
इशारा फैलाई तन निकट देखेर कमला ॥
"तिमी मेरी माया मसँग बस" भन्छन् र कमला ।
झुकी आँखा बन्छिन् ललितवदनी लज्जतसँग ॥
(२०८)
विष्णुले ले तन ती लक्ष्मीसाथ सोधे, 'तिमीकन ।
के के चाहिन्छ त्यो चाँडै पुस्याउँछु तिमी भन !"
(२०९)
भन्दा ती कमला भन्छिन् 'सिँगारहरु सुन्दर ।
प्रभुको प्रेमका निम्ति पाउँ सज्न मनोहर ॥"
(२१०)
त्यति भन्दा तन नभमा, झझल्ल भझिल्किए तारा ।
रँग झल्के अवनि उठिन् रम्य बने जगत् तारा ॥
(२११)
व्योमविहारी ग्रह उदड्दका स्वरूप देखिए झल्ल ।
प्राकृत ढञ्ज लिएका गतिमान् रत्न भरी झलमल्ल ॥
(२१२)
आँखानाट छटा झिलिक्क हुन गो हाँसो भयो चन्द्रमा ।
श्वासै वायु भयो सुगन्ध लहरी जो नन्छ हुत्केन्द्रमा ॥
नालाको टक भो नशा तिर भयो आकाशको गुम्मज ।
बन्छन् रोम अनेक शस्य कलिला गाला नने अम्बुज ॥
(२१३)