Page:Shakuntala.pdf/356: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
त्यहाँ इच्छा जस्तो रँग दिन सजीलो हुन गई । | |||
नीलो आस्मानी वा अरुण छवि वा रङ्ग हरियो ॥ | |||
लतामा लच्केको विविध मणिको झल्ल झलक । | |||
मिलाई . बस्नेछन् सुरयुवति लुक्दै दिन टक ॥ | |||
{{pcn|(२००)}} | |||
भयो खेन्न त्यहाँ यौटा दुष्यन्तअघि अद्भुत । | |||
लम-कोसे मिही भौंका परीका नख्रासित ॥ | |||
{{pcn|(२०१)}} | |||
अँध्यारो भौ सारा महल पहिले शून्य हुन गो । | |||
विनाख्मै रङ्गै ध्वनि-रहित झैं सिर्जनअघि ॥ | |||
त्यहाँ झिर्लिफल् झिल्क्यो अनुपम उज्यालो मधघ्ुमय । | |||
त्यही बन्दै आयो विधुवदन सङ्गीतसँगमा ॥ | |||
{{pcn|(२०२)}} | |||
थियो गाना मीठो मधुमय 'न हँ हूँ बहुत म ।' | |||
भने झै ढीलो भै किरण लहरी झै रम रम ॥ | |||
अँध्यारो फाटे झै मिरिमिरि भयो ठाउँहरुमा । | |||
किलिल्झिल्झिल् झल्क्यो छवि विधुविना आकृतिविना ॥ | |||
{{pcn|(२०३)}} | |||
त्यही बन्दै आयो सरस मृद्रेखा र वदन । | |||
'अहं' जस्तो मीठो लहरहरूमा भझन्न झनन ॥ | |||
भयो सिङ्गो बान्की छविमय सबै इन्द्रियहरू । | |||
बनेको लाएको वसन सुत झैं झल्मल हुने ॥ | |||
{{pcn|(२०४)}} | |||
बढी झन्क्यो गाना झननन सुधासिन्धु छवि झै । | |||
उदाएका देख्ये नृपवर महाविष्णु रवि भझैं ॥ | |||
हजारौं पन्छीका मृदु स्वर तथा ज्योति लहर- | |||
हरूमा जागे झैं स्वरहरु उठै स्वादप्रहर ॥ | |||
{{pcn|(२०५)}} | |||
परी-पन्छी उदड्छन् मधुर रसनाका रवहरू । | |||
प्रशंसा झै गाई जलद-वसन-व्योम निकट ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} |
Revision as of 21:25, 25 May 2025
त्यहाँ इच्छा जस्तो रँग दिन सजीलो हुन गई ।
नीलो आस्मानी वा अरुण छवि वा रङ्ग हरियो ॥
लतामा लच्केको विविध मणिको झल्ल झलक ।
मिलाई . बस्नेछन् सुरयुवति लुक्दै दिन टक ॥
(२००)
भयो खेन्न त्यहाँ यौटा दुष्यन्तअघि अद्भुत ।
लम-कोसे मिही भौंका परीका नख्रासित ॥
(२०१)
अँध्यारो भौ सारा महल पहिले शून्य हुन गो ।
विनाख्मै रङ्गै ध्वनि-रहित झैं सिर्जनअघि ॥
त्यहाँ झिर्लिफल् झिल्क्यो अनुपम उज्यालो मधघ्ुमय ।
त्यही बन्दै आयो विधुवदन सङ्गीतसँगमा ॥
(२०२)
थियो गाना मीठो मधुमय 'न हँ हूँ बहुत म ।'
भने झै ढीलो भै किरण लहरी झै रम रम ॥
अँध्यारो फाटे झै मिरिमिरि भयो ठाउँहरुमा ।
किलिल्झिल्झिल् झल्क्यो छवि विधुविना आकृतिविना ॥
(२०३)
त्यही बन्दै आयो सरस मृद्रेखा र वदन ।
'अहं' जस्तो मीठो लहरहरूमा भझन्न झनन ॥
भयो सिङ्गो बान्की छविमय सबै इन्द्रियहरू ।
बनेको लाएको वसन सुत झैं झल्मल हुने ॥
(२०४)
बढी झन्क्यो गाना झननन सुधासिन्धु छवि झै ।
उदाएका देख्ये नृपवर महाविष्णु रवि भझैं ॥
हजारौं पन्छीका मृदु स्वर तथा ज्योति लहर-
हरूमा जागे झैं स्वरहरु उठै स्वादप्रहर ॥
(२०५)
परी-पन्छी उदड्छन् मधुर रसनाका रवहरू ।
प्रशंसा झै गाई जलद-वसन-व्योम निकट ॥