Jump to content

Page:Ek chihan.pdf/94: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
"कसले भनेर ल्याइस् तान ! हामीले ‘ल्याइदे’ भनेर हात जोडेका  
"कसले भनेर ल्याइस् तान ! हामीले 'ल्याइदे' भनेर हात जोडेका  
थिएनौँ । लैजा तानको तानै खाँचो परेको छैन त्यसको पैसा तिरिरहन ।"  
थिएनौँ । लैजा तानको तानै खाँचो परेको छैन त्यसको पैसा तिरिरहन ।"  
शिवनारानले कड्केर भने ।
शिव नारानले कड्केर भने ।


रामबहादुरसँग यति बोलिसकेपछि शिवनारानले लतमायातिर हेरेर  
रामबहादुरसँग यति बोलिसकेपछि शिव नारानले लतमायातिर हेरेर  
भने- "दिएर पठाइदिनोस् उसको तान ।"
भने– "दिएर पठाइदिनोस् उसको तान ।"


शिवनारानले फेरि रामबहादुरतिर हेरेर भने- "लैजा तेरो तानको  
शिव नारानले फेरि रामबहादुरतिर हेरेर भने– "लैजा तेरो तानको  
तानै, तँ पाजीहरूको तानको खाँचो परेको छैन हामीलाई !"
तानै, तँ पाजीहरूको तानको खाँचो परेको छैन हामीलाई !"


रामबहादुरको बेबकुफी देखेर हाकुमायालाई पनि साह्रै झोंक चल्यो,  
रामबहादुरको बेबकुफी देखेर हाकुमायालाई पनि साह्रै झोंक चल्यो,  
मारिहालूँजस्तो उनलाई भयो । त्यसैले शिवनारानले उसको तान दिइ
मारिहालूँजस्तो उनलाई भयो । त्यसैले शिव नारानले उसको तान दिइ
पठाउने कुरा गरेपछि हाकुमायाले भनिन्- "के खाँचो त्यस बदमासलाई तान  
पठाउने कुरा गरेपछि हाकुमायाले भनिन्– "के खाँचो त्यस बदमासलाई तान  
बोकाएर पठाइरहन ! त्यस बदमासलाई, बेबकुफलाई, के उसको बेबकुफीको  
बोकाएर पठाइरहन ! त्यस बदमासलाई, बेबकुफलाई, के उसको बेबकुफीको  
पुरस्कार- स्वरूप तान दिने मूर्खता हामीले गर्ने ? दियो लियौं, फेरि फर्काइरहने  
पुरस्कार– स्वरूप तान दिने मूर्खता हामीले गर्ने ? दियो लियौं, फेरि फर्काइरहने  
मूर्खता किन ?" रामबहादुरतिर हेरेर हाकुमायाले भनिन्- "जा, पच भयो  
मूर्खता किन ?" रामबहादुरतिर हेरेर हाकुमायाले भनिन्– "जा, पच भयो  
तेरो तान ! कागज भएको होइन, ‘जस्तालाई त्यस्तै ढिँडोलाई निस्तै । तँ  
तेरो तान ! कागज भएको होइन, 'जस्तालाई त्यस्तै ढिँडोलाई निस्तै । तँ  
बदमाससित हामीले किन भलादमी हुनुपरेको छ ! यही तँलाई दण्ड भयो ।  
बदमाससित हामीले किन भलादमी हुनुपरेको छ ! यही तँलाई दण्ड भयो ।  
जा, पच भयो तेरो तान, नालिस गर्न जा ।"
जा, पच भयो तेरो तान, नालिस गर्न जा ।"


हाकुमायाको कुरा सुनेर नानीथकुं खिस्स हाँसिन् । लतमाया केही  
हाकुमायाको कुरा सुनेर नानीथकुँ खिस्स हाँसिन् । लतमाया केही  
बोल्न सकिनन् । शिवनारान पछाडितिर हेरेर आफ्नी स्वास्नीको साहस देखी  
बोल्न सकिनन् । शिव नारान पछाडितिर हेरेर आफ्नी स्वास्नीको साहस देखी  
हाँसिरहे । रामबहादुर एक शब्द बोल्न सकेनन्, ढुङ्गाको मूर्ति उभिएर  
हाँसिरहे । रामबहादुर एक शब्द बोल्न सकेनन्, ढुङ्गाको मूर्ति उभिएर  
त्यसै जिल्ल परिरहे । एकछिन वाल्ल परेर ‘देखा जाएगा’ भनी रिसले चुर  
त्यसै जिल्ल परिरहे । एकछिन वाल्ल परेर 'देखा जाएगा' भनी रिसले चुर  
भएर गए । "देखा जाएगा भने देखा जाएगा ! लौ जा, के गर्लास् तैंले ?" हाकुमायाले  
भएर गए । "देखा जाएगा भने देखा जाएगा ! लौ जा, के गर्लास् तैंले ?" हाकुमायाले  
जबाफ दिइन् ।
जबाफ दिइन् ।
{{nop}}
{{nop}}

Revision as of 21:59, 22 June 2025

This page has not been proofread

"कसले भनेर ल्याइस् तान ! हामीले 'ल्याइदे' भनेर हात जोडेका थिएनौँ । लैजा तानको तानै खाँचो परेको छैन त्यसको पैसा तिरिरहन ।" शिव नारानले कड्केर भने ।

रामबहादुरसँग यति बोलिसकेपछि शिव नारानले लतमायातिर हेरेर भने– "दिएर पठाइदिनोस् उसको तान ।"

शिव नारानले फेरि रामबहादुरतिर हेरेर भने– "लैजा तेरो तानको तानै, तँ पाजीहरूको तानको खाँचो परेको छैन हामीलाई !"

रामबहादुरको बेबकुफी देखेर हाकुमायालाई पनि साह्रै झोंक चल्यो, मारिहालूँजस्तो उनलाई भयो । त्यसैले शिव नारानले उसको तान दिइ पठाउने कुरा गरेपछि हाकुमायाले भनिन्– "के खाँचो त्यस बदमासलाई तान बोकाएर पठाइरहन ! त्यस बदमासलाई, बेबकुफलाई, के उसको बेबकुफीको पुरस्कार– स्वरूप तान दिने मूर्खता हामीले गर्ने ? दियो लियौं, फेरि फर्काइरहने मूर्खता किन ?" रामबहादुरतिर हेरेर हाकुमायाले भनिन्– "जा, पच भयो तेरो तान ! कागज भएको होइन, 'जस्तालाई त्यस्तै ढिँडोलाई निस्तै । तँ बदमाससित हामीले किन भलादमी हुनुपरेको छ ! यही तँलाई दण्ड भयो । जा, पच भयो तेरो तान, नालिस गर्न जा ।"

हाकुमायाको कुरा सुनेर नानीथकुँ खिस्स हाँसिन् । लतमाया केही बोल्न सकिनन् । शिव नारान पछाडितिर हेरेर आफ्नी स्वास्नीको साहस देखी हाँसिरहे । रामबहादुर एक शब्द बोल्न सकेनन्, ढुङ्गाको मूर्ति उभिएर त्यसै जिल्ल परिरहे । एकछिन वाल्ल परेर 'देखा जाएगा' भनी रिसले चुर भएर गए । "देखा जाएगा भने देखा जाएगा ! लौ जा, के गर्लास् तैंले ?" हाकुमायाले जबाफ दिइन् ।