Page:Ek chihan.pdf/90: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
"बडो खुसी लाग्यो, म ईश्वरसँग पुकारा गर्दछु, तिम्रो खेतमा यसपालि | "बडो खुसी लाग्यो, म ईश्वरसँग पुकारा गर्दछु, तिम्रो खेतमा यसपालि | ||
राम्रो बाली फलोस् । अरू कामलाई पनि यदि तिमीलाई मद्दतको खाँचो छ भने | राम्रो बाली फलोस् । अरू कामलाई पनि यदि तिमीलाई मद्दतको खाँचो छ भने | ||
भन | भन शिव नारान । सुब्बासाहेबसित म बिन्ती गरिदिनेछु ।" स्नेहपूर्ण भावमा | ||
रामबहादुरले भने । | रामबहादुरले भने । | ||
"धन्यवाद छ तपाईंको यो कृपालाई पनि रामबहादुरजी । अहिले | "धन्यवाद छ तपाईंको यो कृपालाई पनि रामबहादुरजी । अहिले | ||
मलाई केही खाँचो छैन, कुनै कुराको जरुरत परेमा तपाईंहरू भइहाल्नुहुन्छ | मलाई केही खाँचो छैन, कुनै कुराको जरुरत परेमा तपाईंहरू भइहाल्नुहुन्छ | ||
नि भन्ने याद गरी म भरोसा गर्नेछु ।" खुसी मान्दै | नि भन्ने याद गरी म भरोसा गर्नेछु ।" खुसी मान्दै शिव नारानले भने । | ||
"कति चाँडो तिम्रो खेतमा रोपाइँ सिद्धिएको | "कति चाँडो तिम्रो खेतमा रोपाइँ सिद्धिएको शिव नारान ? सायद | ||
सबभन्दा पहिले रोपाइँ भएको यसपालि तिम्रै खेतमा हो कि ?" रामबहादुरले | सबभन्दा पहिले रोपाइँ भएको यसपालि तिम्रै खेतमा हो कि ?" रामबहादुरले | ||
भने । "सबभन्दा पहिले मेरै खेतमा रोपाइँ भएकै होला भन्न त म सक्तिनँ | भने । "सबभन्दा पहिले मेरै खेतमा रोपाइँ भएकै होला भन्न त म सक्तिनँ | ||
Line 16: | Line 16: | ||
"त्यसो भए अहिलेलाई केही मद्दत चाहिँदैन होइन ? सुब्बासाहेबलाई | "त्यसो भए अहिलेलाई केही मद्दत चाहिँदैन होइन ? सुब्बासाहेबलाई | ||
त्यही बिन्ती चढाइदिऊँ है त ? हाम्रा सुब्बासाहेबको दिल ज्यादै फराकिलो | त्यही बिन्ती चढाइदिऊँ है त ? हाम्रा सुब्बासाहेबको दिल ज्यादै फराकिलो | ||
छ हगि | छ हगि शिव नारान ? हिजोआज त्यस्ता देउता कहाँ पाउन सकिन्छ ? कत्रो | ||
विवेक हेर उहाँको ! भन त | विवेक हेर उहाँको ! भन त शिव नारान ! तिमीलाई कस्तो लाग्छ सुब्बा | ||
साहेब ?" रामबहादुरले सुब्बा सुरमानको तारिफ गर्दै भने । | साहेब ?" रामबहादुरले सुब्बा सुरमानको तारिफ गर्दै भने । | ||
"अँ, त्यसै भन्नुपर्छ, त्यस्ता मानिस कहाँ पाउनु !" | "अँ, त्यसै भन्नुपर्छ, त्यस्ता मानिस कहाँ पाउनु !" | ||
"त्यसैले मैले पनि जोर गरेको | "त्यसैले मैले पनि जोर गरेको शिव नारान ! तिमी सधैँ खेतमा हुने | ||
हुनाले तिम्री आमालाई जम्मै कुरा भनेर गएको थिएँ । | हुनाले तिम्री आमालाई जम्मै कुरा भनेर गएको थिएँ । 'आज पक्का जबाफ | ||
दिन्छु' भनी तिम्री आमाले भनेकीले त्यस कुराका निम्ति म आज यहाँ आएको | |||
हुँ । मेरो भाग्यले झन् आज तिमीलाई नै भेट्न पाएँ ।" सिलसिला मिलाउँदै | हुँ । मेरो भाग्यले झन् आज तिमीलाई नै भेट्न पाएँ ।" सिलसिला मिलाउँदै | ||
रामबहादुरले मौका छोपेर भने । | रामबहादुरले मौका छोपेर भने । | ||
"ए रामबहादुरजी ! तपाईं नरिसाउनुहोला ।" विनम्र भावमा शिव | "ए रामबहादुरजी ! तपाईं नरिसाउनुहोला ।" विनम्र भावमा शिव | ||
नारानले | नारानले भने– "तपाईंले गर्नुभएको कुरा नहुने भयो, तपाईंलाई बिनसित्ति | ||
फुलाएर आशा देखाइराख्नु मनासिब छैन, मेरो त्यस्तो बानी पनि छैन । सफा | फुलाएर आशा देखाइराख्नु मनासिब छैन, मेरो त्यस्तो बानी पनि छैन । सफा | ||
भनिदिन म राम्रो ठान्दछु । कुराको मजबुन यही हो कि तपाईंले गर्नुभएको | भनिदिन म राम्रो ठान्दछु । कुराको मजबुन यही हो कि तपाईंले गर्नुभएको | ||
कुरा हामीलाई बिलकुल मन्जुर भएन ।" | कुरा हामीलाई बिलकुल मन्जुर भएन ।" | ||
{{nop}} | {{nop}} |
Revision as of 21:59, 22 June 2025
"बडो खुसी लाग्यो, म ईश्वरसँग पुकारा गर्दछु, तिम्रो खेतमा यसपालि राम्रो बाली फलोस् । अरू कामलाई पनि यदि तिमीलाई मद्दतको खाँचो छ भने भन शिव नारान । सुब्बासाहेबसित म बिन्ती गरिदिनेछु ।" स्नेहपूर्ण भावमा रामबहादुरले भने ।
"धन्यवाद छ तपाईंको यो कृपालाई पनि रामबहादुरजी । अहिले मलाई केही खाँचो छैन, कुनै कुराको जरुरत परेमा तपाईंहरू भइहाल्नुहुन्छ नि भन्ने याद गरी म भरोसा गर्नेछु ।" खुसी मान्दै शिव नारानले भने ।
"कति चाँडो तिम्रो खेतमा रोपाइँ सिद्धिएको शिव नारान ? सायद सबभन्दा पहिले रोपाइँ भएको यसपालि तिम्रै खेतमा हो कि ?" रामबहादुरले भने । "सबभन्दा पहिले मेरै खेतमा रोपाइँ भएकै होला भन्न त म सक्तिनँ तर यसपालि मेरो रोपाईं चाँडै नै सिद्धियो भन्नुपर्छ ।" हाँस्तै शिव नारानले भने ।
"त्यसो भए अहिलेलाई केही मद्दत चाहिँदैन होइन ? सुब्बासाहेबलाई त्यही बिन्ती चढाइदिऊँ है त ? हाम्रा सुब्बासाहेबको दिल ज्यादै फराकिलो छ हगि शिव नारान ? हिजोआज त्यस्ता देउता कहाँ पाउन सकिन्छ ? कत्रो विवेक हेर उहाँको ! भन त शिव नारान ! तिमीलाई कस्तो लाग्छ सुब्बा साहेब ?" रामबहादुरले सुब्बा सुरमानको तारिफ गर्दै भने ।
"अँ, त्यसै भन्नुपर्छ, त्यस्ता मानिस कहाँ पाउनु !"
"त्यसैले मैले पनि जोर गरेको शिव नारान ! तिमी सधैँ खेतमा हुने हुनाले तिम्री आमालाई जम्मै कुरा भनेर गएको थिएँ । 'आज पक्का जबाफ दिन्छु' भनी तिम्री आमाले भनेकीले त्यस कुराका निम्ति म आज यहाँ आएको हुँ । मेरो भाग्यले झन् आज तिमीलाई नै भेट्न पाएँ ।" सिलसिला मिलाउँदै रामबहादुरले मौका छोपेर भने ।
"ए रामबहादुरजी ! तपाईं नरिसाउनुहोला ।" विनम्र भावमा शिव नारानले भने– "तपाईंले गर्नुभएको कुरा नहुने भयो, तपाईंलाई बिनसित्ति फुलाएर आशा देखाइराख्नु मनासिब छैन, मेरो त्यस्तो बानी पनि छैन । सफा भनिदिन म राम्रो ठान्दछु । कुराको मजबुन यही हो कि तपाईंले गर्नुभएको कुरा हामीलाई बिलकुल मन्जुर भएन ।"