Page:Ek chihan.pdf/87: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
हामीदेखि टाढा रहन खोज्छ, समाजमा अलि अगाडि बढ्न खोजे पनि नहुने, | हामीदेखि टाढा रहन खोज्छ, समाजमा अलि अगाडि बढ्न खोजे पनि नहुने, | ||
अरू साधारण मानिसहरूजस्तै रूढि र परम्पराभक्त भइरहन भने हाम्रो मन | अरू साधारण मानिसहरूजस्तै रूढि र परम्पराभक्त भइरहन भने हाम्रो मन | ||
मान्दैन । अलि जान्नेबुऊनेलाई फसादै हुँदो रहेछ । | मान्दैन । अलि जान्नेबुऊनेलाई फसादै हुँदो रहेछ । फोने' गरेर कसैलाई दिन | ||
जाऔँ, भन्न जाऔँ भने हलुकै मात्र हुने देख्छु । | जाऔँ, भन्न जाऔँ भने हलुकै मात्र हुने देख्छु । नानीथकुँ आफैँले आफूलाई | ||
चाहिने साथी रोजेर जाओस् भन्ने विचार गरिरहेको थिएँ, उनले भने अर्काको | चाहिने साथी रोजेर जाओस् भन्ने विचार गरिरहेको थिएँ, उनले भने अर्काको | ||
पोइ, बाबु भएर बुढा भइसकेका, साँच्चै भनूँ भने उसका निम्ति एकदम | पोइ, बाबु भएर बुढा भइसकेका, साँच्चै भनूँ भने उसका निम्ति एकदम | ||
सिल्पट दुलाहा खोज्न आँटिरहिछ । त्यो डाक्टरसित गएपछि जुलुम हुँदैन ? | सिल्पट दुलाहा खोज्न आँटिरहिछ । त्यो डाक्टरसित गएपछि जुलुम हुँदैन ? | ||
हुनसम्मको दुःख नपाउली, उसले ? बाको पनि | हुनसम्मको दुःख नपाउली, उसले ? बाको पनि 'आफैँले छानेर जाओस्' भन्ने | ||
विचार थियो । स्वतन्त्रता दिऔँ भने यस्तो बडो फसादको समस्या आइरहेको | विचार थियो । स्वतन्त्रता दिऔँ भने यस्तो बडो फसादको समस्या आइरहेको | ||
देखेँ मैले आमा !" | देखेँ मैले आमा !" शिव नारानले अलि दिक्क मानेर भने । | ||
"रामबहादुरको कुरालाई नै सुनौं कि ? उनी धेरै चोटि आइ पनि सके | "रामबहादुरको कुरालाई नै सुनौं कि ? उनी धेरै चोटि आइ पनि सके ।' | ||
"उसको के कुरा ?" | "उसको के कुरा ?" | ||
"उही सुरमान सुब्बाको कुरा । | "उही सुरमान सुब्बाको कुरा । नानीथकुँका निम्ति सुरमान सुब्बाले | ||
ज्यान थापिरहेका छन् रे ! उनैलाई दिए के होला ? मैले हेर्दा पनि | ज्यान थापिरहेका छन् रे ! उनैलाई दिए के होला ? मैले हेर्दा पनि नानीथकुँ | ||
भाग्यमानी होली ।" | भाग्यमानी होली ।" | ||
"ज्यान थापेर अर्काकी छोरीबेटी पाइन्छ, तरुनी स्वास्नी पाइन्छ भने म | "ज्यान थापेर अर्काकी छोरीबेटी पाइन्छ, तरुनी स्वास्नी पाइन्छ भने म | ||
पनि ज्यान थापूँला । सुरमान सुब्बा तपाईंलाई हुन्छ भने | पनि ज्यान थापूँला । सुरमान सुब्बा तपाईंलाई हुन्छ भने नानीथकुँ आफैँले पनि | ||
मन पराएर रोजेको डाक्टर | मन पराएर रोजेको डाक्टर गोदत्त प्रसाद कति कुराले चित्त बुझेन त ? मैले | ||
हेर्दा त डाक्टर | हेर्दा त डाक्टर गोदत्त प्रसाद सुरमानभन्दा सय गुना बेस छन् । त्यही धन | ||
दौलत, मानमर्यादाको आँच, चहकमहक, रबाफरौनक देखेर भन्नुभएको | दौलत, मानमर्यादाको आँच, चहकमहक, रबाफरौनक देखेर भन्नुभएको | ||
होला, त्यस्ता बुढासुढा, कसैका पोइ, बाबु र वासनाका निम्ति बिहे गर्न खोज्ने | होला, त्यस्ता बुढासुढा, कसैका पोइ, बाबु र वासनाका निम्ति बिहे गर्न खोज्ने | ||
Line 27: | Line 27: | ||
विवाहको समर्थन कहिल्यै गर्दिनँ ।" | विवाहको समर्थन कहिल्यै गर्दिनँ ।" | ||
" | "नानीथकुँको चिना उनलाई साह्रै मिल्छ रे, सरदार नभई छोड्दैनन् | ||
रे, त्यसैले दिऔं कि भन्ने विचारसम्म पोखेकी ।" सरल भावमा लतमायाले | रे, त्यसैले दिऔं कि भन्ने विचारसम्म पोखेकी ।" सरल भावमा लतमायाले | ||
भनिन् । | भनिन् । | ||
{{nop}} | {{nop}} |
Revision as of 21:59, 22 June 2025
"खै, कसैले भन्न आउँदैन । हामी अलि प्रगतिशील भएकाले समाज हामीदेखि टाढा रहन खोज्छ, समाजमा अलि अगाडि बढ्न खोजे पनि नहुने, अरू साधारण मानिसहरूजस्तै रूढि र परम्पराभक्त भइरहन भने हाम्रो मन मान्दैन । अलि जान्नेबुऊनेलाई फसादै हुँदो रहेछ । फोने' गरेर कसैलाई दिन जाऔँ, भन्न जाऔँ भने हलुकै मात्र हुने देख्छु । नानीथकुँ आफैँले आफूलाई चाहिने साथी रोजेर जाओस् भन्ने विचार गरिरहेको थिएँ, उनले भने अर्काको पोइ, बाबु भएर बुढा भइसकेका, साँच्चै भनूँ भने उसका निम्ति एकदम सिल्पट दुलाहा खोज्न आँटिरहिछ । त्यो डाक्टरसित गएपछि जुलुम हुँदैन ? हुनसम्मको दुःख नपाउली, उसले ? बाको पनि 'आफैँले छानेर जाओस्' भन्ने विचार थियो । स्वतन्त्रता दिऔँ भने यस्तो बडो फसादको समस्या आइरहेको देखेँ मैले आमा !" शिव नारानले अलि दिक्क मानेर भने ।
"रामबहादुरको कुरालाई नै सुनौं कि ? उनी धेरै चोटि आइ पनि सके ।' "उसको के कुरा ?"
"उही सुरमान सुब्बाको कुरा । नानीथकुँका निम्ति सुरमान सुब्बाले ज्यान थापिरहेका छन् रे ! उनैलाई दिए के होला ? मैले हेर्दा पनि नानीथकुँ भाग्यमानी होली ।"
"ज्यान थापेर अर्काकी छोरीबेटी पाइन्छ, तरुनी स्वास्नी पाइन्छ भने म पनि ज्यान थापूँला । सुरमान सुब्बा तपाईंलाई हुन्छ भने नानीथकुँ आफैँले पनि मन पराएर रोजेको डाक्टर गोदत्त प्रसाद कति कुराले चित्त बुझेन त ? मैले हेर्दा त डाक्टर गोदत्त प्रसाद सुरमानभन्दा सय गुना बेस छन् । त्यही धन दौलत, मानमर्यादाको आँच, चहकमहक, रबाफरौनक देखेर भन्नुभएको होला, त्यस्ता बुढासुढा, कसैका पोइ, बाबु र वासनाका निम्ति बिहे गर्न खोज्ने बेबकुफलाई दिने कुरा मसँग गर्दै नगर्नोस् आमा ! म त्यस्तो अवैधानिक विवाहको समर्थन कहिल्यै गर्दिनँ ।"
"नानीथकुँको चिना उनलाई साह्रै मिल्छ रे, सरदार नभई छोड्दैनन् रे, त्यसैले दिऔं कि भन्ने विचारसम्म पोखेकी ।" सरल भावमा लतमायाले भनिन् ।