Jump to content

Page:Ek chihan.pdf/83: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 6: Line 6:
गरिरहेको देखिन्छ ।
गरिरहेको देखिन्छ ।


आज शिवनारानको खेतमा धुमधाम रमाइलोसँग रोपाइँ भएको हेर्न  
आज शिव नारानको खेतमा धुमधाम रमाइलोसँग रोपाइँ भएको हेर्न  
दर्शकहरूको पनि ताँती लागेको छ । रोपाहारहरू जति मस्त भएर रोपाइँ गरि
दर्शकहरूको पनि ताँती लागेको छ । रोपाहारहरू जति मस्त भएर रोपाइँ गरि
रहेका छन्, दर्शकहरू पनि उत्तिकै मस्त भएर हेरिरहेका छन् । शिव
रहेका छन्, दर्शकहरू पनि उत्तिकै मस्त भएर हेरिरहेका छन् । शिव
Line 12: Line 12:
र विशेषतः आफ्नो पनि मिहिनेत पुगेको हुनाले खेतमा रोपाइँ हुँदा त्यस  
र विशेषतः आफ्नो पनि मिहिनेत पुगेको हुनाले खेतमा रोपाइँ हुँदा त्यस  
फाँटमा अरू कसैको खेतमा पनि रोपाइँ सुरु भएको छैन । यहाँसम्म कि  
फाँटमा अरू कसैको खेतमा पनि रोपाइँ सुरु भएको छैन । यहाँसम्म कि  
नेपालमा यसपालि सर्वप्रथम रोपाइँ नै शिवनारानको खेतमा हो भने पनि  
नेपालमा यसपालि सर्वप्रथम रोपाइँ नै शिव नारानको खेतमा हो भने पनि  
अत्युक्ति नहोला ।
अत्युक्ति नहोला ।


रोपाइँमा ज्यादै आनन्द लागेको र जाँडरक्सीको सुरले गर्दा एकछिन  
रोपाइँमा ज्यादै आनन्द लागेको र जाँडरक्सीको सुरले गर्दा एकछिन  
नानीथकुंको मनमा वज्रलेप भएर टाँसिरहेको पिर पनि उप्केर गएको भान  
नानीथकुँको मनमा वज्रलेप भएर टाँसिरहेको पिर पनि उप्केर गएको भान  
भयो । बस, यसै बखत रोपाहारहरूलाई पानसुपारी खुवाउने निहुँमा घनिष्ठता  
भयो । बस, यसै बखत रोपाहारहरूलाई पानसुपारी खुवाउने निहुँमा घनिष्ठता  
बढाउने आशा गरी डाक्टर गोदत्तप्रसाद पनि टुप्लुक्क आइपुगे । लागछाडको  
बढाउने आशा गरी डाक्टर गोदत्त प्रसाद पनि टुप्लुक्क आइपुगे । लागछाडको  
रूपमा कहिलेकाहीँ अलिअलि पानी परिरहेको हुनाले गोदत्तप्रसाद छाता  
रूपमा कहिलेकाहीँ अलिअलि पानी परिरहेको हुनाले गोदत्त प्रसाद छाता  
ओढेर आएका थिए ।
ओढेर आएका थिए ।


मस्तसित जाँडरक्सी खाई, नाचगान गरी रोपाइँ गर्दै आफ्नो व्यथा  
मस्तसित जाँडरक्सी खाई, नाचगान गरी रोपाइँ गर्दै आफ्नो व्यथा  
बिर्साई, दु:ख बिर्साउँदै अलमस्त भइरहेको बेला एकाएक पानसुपारी खुवाउन  
बिर्साई, दु:ख बिर्साउँदै अलमस्त भइरहेको बेला एकाएक पानसुपारी खुवाउन  
आएका डाक्टर गोदत्तप्रसादलाई देखेर नानीथकुंको निदाउन खोजिसकेको  
आएका डाक्टर गोदत्त प्रसादलाई देखेर नानीथकुँको निदाउन खोजिसकेको  
व्यथा एक चोटि फेरि जागेर आयो ।
व्यथा एक चोटि फेरि जागेर आयो ।


डाक्टर गोदत्तप्रसादलाई देख्नासाथ शिवनारानलाई रोपाइँको मस्तीमा  
डाक्टर गोदत्त प्रसादलाई देख्नासाथ शिव नारानलाई रोपाइँको मस्तीमा  
पनि झसङ्ग रिस उठिसकेको थियो, तर तत्क्षणै उनलाई सभ्यताको पनि याद  
पनि झसङ्ग रिस उठिसकेको थियो, तर तत्क्षणै उनलाई सभ्यताको पनि याद  
भएर आयो र केही वास्ता गरेनन् ।
भएर आयो र केही वास्ता गरेनन् ।


डाक्टर गोदत्तप्रसाद पानसुपारी खुवाउन आएको देखेर अरू  
डाक्टर गोदत्त प्रसाद पानसुपारी खुवाउन आएको देखेर अरू  
खेतालाहरूको हर्षको सीमै भएन । त्यत्रा डाक्टरले पानसुपारी खुवाउन
खेतालाहरूको हर्षको सीमै भएन । त्यत्रा डाक्टरले पानसुपारी खुवाउन

Revision as of 21:59, 22 June 2025

This page has not been proofread

अत्यन्त मसिनो पानी परिरहेको छ । सब रोपाहारहरू रसले रङ्गिएर रसिला भइरहेका छन् । हाहा र हुहु गरी रोपाहारहरूले गाएको गीत मधुरताको स्वरध्वनिमा सुरिलो आलाप लिँदै आकाश गुन्जिरहेको छ । धरतीका रतिकहरूले गाएको गीतको गुञ्जनरूपी प्रवाहको बदला आकाशका बादलले वृष्टिदान गरी आदानप्रदानको सभ्य व्यवहार गरी रसिक बन्ने लोभ गरिरहेको देखिन्छ ।

आज शिव नारानको खेतमा धुमधाम रमाइलोसँग रोपाइँ भएको हेर्न दर्शकहरूको पनि ताँती लागेको छ । रोपाहारहरू जति मस्त भएर रोपाइँ गरि रहेका छन्, दर्शकहरू पनि उत्तिकै मस्त भएर हेरिरहेका छन् । शिव नारानको खेत खोलासँगै भएकाले आकाशको भर नपरीकन पनि पानी पुगेको र विशेषतः आफ्नो पनि मिहिनेत पुगेको हुनाले खेतमा रोपाइँ हुँदा त्यस फाँटमा अरू कसैको खेतमा पनि रोपाइँ सुरु भएको छैन । यहाँसम्म कि नेपालमा यसपालि सर्वप्रथम रोपाइँ नै शिव नारानको खेतमा हो भने पनि अत्युक्ति नहोला ।

रोपाइँमा ज्यादै आनन्द लागेको र जाँडरक्सीको सुरले गर्दा एकछिन त नानीथकुँको मनमा वज्रलेप भएर टाँसिरहेको पिर पनि उप्केर गएको भान भयो । बस, यसै बखत रोपाहारहरूलाई पानसुपारी खुवाउने निहुँमा घनिष्ठता बढाउने आशा गरी डाक्टर गोदत्त प्रसाद पनि टुप्लुक्क आइपुगे । लागछाडको रूपमा कहिलेकाहीँ अलिअलि पानी परिरहेको हुनाले गोदत्त प्रसाद छाता ओढेर आएका थिए ।

मस्तसित जाँडरक्सी खाई, नाचगान गरी रोपाइँ गर्दै आफ्नो व्यथा बिर्साई, दु:ख बिर्साउँदै अलमस्त भइरहेको बेला एकाएक पानसुपारी खुवाउन आएका डाक्टर गोदत्त प्रसादलाई देखेर नानीथकुँको निदाउन खोजिसकेको व्यथा एक चोटि फेरि जागेर आयो ।

डाक्टर गोदत्त प्रसादलाई देख्नासाथ शिव नारानलाई रोपाइँको मस्तीमा पनि झसङ्ग रिस उठिसकेको थियो, तर तत्क्षणै उनलाई सभ्यताको पनि याद भएर आयो र केही वास्ता गरेनन् ।

डाक्टर गोदत्त प्रसाद पानसुपारी खुवाउन आएको देखेर अरू खेतालाहरूको हर्षको सीमै भएन । त्यत्रा डाक्टरले पानसुपारी खुवाउन