Jump to content

Page:Ek chihan.pdf/69: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{left|{{larger|'''बिस'''}}}}
{{left|{{larger|'''बिस'''}}}}


डाक्टर गोदत्तप्रसाद अस्पताल गइसकेपछि झटपट भात खाई रञ्जना
डाक्टर गोदत्त प्रसाद अस्पताल गइ सकेपछि झटपट भात खाई रञ्जना
देवीले नानीथकुंलाई बोलाउन पठाइन् । उनले सोचिन्- ‘नहुनुपर्ने कुरा भइ
देवीले नानीथकुँलाई बोलाउन पठाइन् । उनले सोचिन्– 'नहुनु पर्ने कुरा भइ
रहेछ, रिसाएर अब त्यो मेटिन्न, केवल रिसै मात्र आफूसित भइरहला, सुख  
रहेछ, रिसाएर अब त्यो मेटिन्न, केवल रिसै मात्र आफूसित भइ रहला, सुख  
अर्काको पोल्टामा पर्ला । त्यसैले अक्किल लडाउन नसके अझै पनि यस्तो  
अर्काको पोल्टामा पर्ला । त्यसैले अक्किल लडाउन नसके अझै पनि यस्तो  
डढेलोमा सुकेका पात सल्केर गएझैं जान सक्छ ।’ यही सोचविचारको
डढेलोमा सुकेका पात सल्केर गए झैँ जान सक्छ ।' यही सोच विचारको
निष्कर्षमा आएर उनले अक्किल जमाई नानीथकुंलाई बोलाउन पठाएकी हुन् ।
निष्कर्षमा आएर उनले अक्किल जमाई नानीथकुँलाई बोलाउन पठाएकी हुन् ।


डाक्टर गोदत्तप्रसादको घरको कुकुर पनि नानीथकुंलाई देवतासिद्ध
डाक्टर गोदत्त प्रसादको घरको कुकुर पनि नानीथकुँलाई देवता सिद्ध
भइरहेको थियो ! त्यसैले ‘आउनू’ भन्ने सन्देश पाउनासाथ फाल हालेर  
भइ रहेको थियो ! त्यसैले 'आउनू' भन्ने सन्देश पाउना साथ फाल हालेर  
नानीथकुं डाक्टर गोंदत्तप्रसादको घर पुगिन् ।
नानीथकुँ डाक्टर गोदत्त प्रसादको घर पुगिन् ।


तुरुन्तै आइदिँदा बडो खुसी भएर रञ्जनादेवीले नानीथकुंलाई आफ्नो  
तुरुन्तै आइ दिँदा बडो खुसी भएर रञ्जना देवीले नानीथकुँलाई आफ्नो  
घरको सबभन्दा गुप्त कोठामा लगिन् । नानीथकुंको मनमा अनेक तर्क-वितर्क  
घरको सबभन्दा गुप्त कोठामा लगिन् । नानीथकुँको मनमा अनेक तर्क वितर्क  
उठ्न थाल्यो । तर बाहिरबाहिर खुब समालेर उनी रञ्जनादेवीसँगै हाँस्तै  
उठ्न थाल्यो । तर बाहिर बाहिर खुब समालेर उनी रञ्जना देवीसँगै हाँस्तै  
आफूलाई लगेको कोठामा गइन् ।
आफूलाई लगेको कोठामा गइन् ।


रञ्जनादेवीले भनिन्- "नानीथकुं ! तिमी त सिधासाधा किसानकी  
रञ्जना देवीले भनिन्– "नानीथकुँ ! तिमी त सिधासाधा किसानकी  
सिधीसोझी छोरी रहिछ्यौ, तिमीलाई देखेर मलाई बडो माया लाग्यो ।"
सिधीसोझी छोरी रहिछ्यौ, तिमीलाई देखेर मलाई बडो माया लाग्यो ।"


रञ्जनादेवीको यो कुराले साँच्चीकै सिधीसोफी नानीथकुं जिल्ल  
रञ्जना देवीको यो कुराले साँच्चीकै सिधीसोझी नानीथकुँ जिल्ल  
परिन् । के भनेकी हुन् भनी उनी अलमल्ल परेर टोलाइन् ।
परिन् । के भनेकी हुन् भनी उनी अलमल्ल परेर टोलाइन् ।


रञ्जनादेवीले फेरि भनिन्- "किसानको जीवन वास्तवमा दुःखी भएर  
रञ्जना देवीले फेरि भनिन्– "किसानको जीवन वास्तवमा दुःखी भएर  
पनि सुखी छ । हेर्दा सुखी देखिएर पनि हाम्रो जीवन सधैं तितोपनमा डुबिरहेको
पनि सुखी छ । हेर्दा सुखी देखिएर पनि हाम्रो जीवन सधैँ तितोपनमा डुबि रहेको

Latest revision as of 21:23, 22 June 2025

This page has been proofread
बिस

डाक्टर गोदत्त प्रसाद अस्पताल गइ सकेपछि झटपट भात खाई रञ्जना देवीले नानीथकुँलाई बोलाउन पठाइन् । उनले सोचिन्– 'नहुनु पर्ने कुरा भइ रहेछ, रिसाएर अब त्यो मेटिन्न, केवल रिसै मात्र आफूसित भइ रहला, सुख अर्काको पोल्टामा पर्ला । त्यसैले अक्किल लडाउन नसके अझै पनि यस्तो डढेलोमा सुकेका पात सल्केर गए झैँ जान सक्छ ।' यही सोच विचारको निष्कर्षमा आएर उनले अक्किल जमाई नानीथकुँलाई बोलाउन पठाएकी हुन् ।

डाक्टर गोदत्त प्रसादको घरको कुकुर पनि नानीथकुँलाई देवता सिद्ध भइ रहेको थियो ! त्यसैले 'आउनू' भन्ने सन्देश पाउना साथ फाल हालेर नानीथकुँ डाक्टर गोदत्त प्रसादको घर पुगिन् ।

तुरुन्तै आइ दिँदा बडो खुसी भएर रञ्जना देवीले नानीथकुँलाई आफ्नो घरको सबभन्दा गुप्त कोठामा लगिन् । नानीथकुँको मनमा अनेक तर्क वितर्क उठ्न थाल्यो । तर बाहिर बाहिर खुब समालेर उनी रञ्जना देवीसँगै हाँस्तै आफूलाई लगेको कोठामा गइन् ।

रञ्जना देवीले भनिन्– "नानीथकुँ ! तिमी त सिधासाधा किसानकी सिधीसोझी छोरी रहिछ्यौ, तिमीलाई देखेर मलाई बडो माया लाग्यो ।"

रञ्जना देवीको यो कुराले साँच्चीकै सिधीसोझी नानीथकुँ जिल्ल परिन् । के भनेकी हुन् भनी उनी अलमल्ल परेर टोलाइन् ।

रञ्जना देवीले फेरि भनिन्– "किसानको जीवन वास्तवमा दुःखी भएर पनि सुखी छ । हेर्दा सुखी देखिएर पनि हाम्रो जीवन सधैँ तितोपनमा डुबि रहेको