Page:Laxmi nibandhasangraha.pdf/18: Difference between revisions
→Not proofread: Created page with "सक्तैन भन्नु हमेशा मूर्खता हो । तिनै स्याँठिला ठाउँ पनि, तिनै ढुब्वादार क्षेत्रमा पनि हामी चमत्कार देखाउन सम्ने थियौं । त्यहाँका प्रतिभा पनि फुलेर आउँथे । कोदो अलि मीठो हुन्थ्यो,..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
सक्तैन भन्नु हमेशा मूर्खता हो । तिनै स्याँठिला ठाउँ पनि, तिनै | सक्तैन भन्नु हमेशा मूर्खता हो । तिनै स्याँठिला ठाउँ पनि, तिनै ढुङ्गादार | ||
क्षेत्रमा पनि हामी चमत्कार देखाउन सक्ने थियौं । त्यहाँका प्रतिभा पनि | |||
क्षेत्रमा पनि हामी चमत्कार देखाउन | |||
फुलेर आउँथे । कोदो अलि मीठो हुन्थ्यो, तीते फापरमा अर्कै स्वाद | फुलेर आउँथे । कोदो अलि मीठो हुन्थ्यो, तीते फापरमा अर्कै स्वाद | ||
आउने थियो, ढिंडोबाट पनि अर्कै ताकत । सिस्नाको रस पनि टोल्हाएर | |||
आउने थियो, | |||
पहाडपारिका दुनियाँका चमत्कारहरूको सपना देख्तथ्यो, प्रकृतिका किताप | पहाडपारिका दुनियाँका चमत्कारहरूको सपना देख्तथ्यो, प्रकृतिका किताप | ||
पढ्न मानिस चतुर बन्दथ्यो, र त्यहाँ पनि नेपाली हृदयहरू सत्य र | पढ्न मानिस चतुर बन्दथ्यो, र त्यहाँ पनि नेपाली हृदयहरू सत्य र | ||
सुन्दरको माधुर्य बुझेर लहराउँथे, मानवकर्तव्य बुझ्दथे, कला जन्मिन्थी, | सुन्दरको माधुर्य बुझेर लहराउँथे, मानवकर्तव्य बुझ्दथे, कला जन्मिन्थी, | ||
जीवन अभिप्रायशील बन्दथ्यो, विशाल नेपालले स्पर्श गर्दथ्यो। म त | |||
जीवन अभिप्रायशील बन्दथ्यो, विशाल नेपालले स्पर्श गर्दथ्यो। | यस्तो ठाउँमा एक सारङ्गी लिएर गीत गाउँथें, पृथ्वीनारायणका र पृथ्वीराज | ||
चौहानका । धूलोमा अक्षर काट्ने थिएँ, रूखका बोक्रामा चित्रहरू । | |||
यस्तो ठाउँमा एक | |||
चौहानका । धूलोमा | |||
अक्षर काट्ने थिएँ, रूखका बोक्रामा चित्रहरू । | |||
बिहान र बेलुका स्वर्ण दृश्यअगाडि घुँडा टेकेर हात जोडेर आँखामा | बिहान र बेलुका स्वर्ण दृश्यअगाडि घुँडा टेकेर हात जोडेर आँखामा | ||
आँसु भरेर ती पहाडी शिशुहरूलाई बोलीले नभेट्टाउने धर्म सिकाउने | आँसु भरेर ती पहाडी शिशुहरूलाई बोलीले नभेट्टाउने धर्म सिकाउने | ||
थिएँ, अनि रसायनका बोक्सी रङहरूले तिनीहरू चकित हुने थिए । | |||
थिएँ, अनि रसायनका बोक्सी | |||
भौतिक शास्त्रका झिलिमिली देखेर ती आँखा तर्कले भरिएर आउँथे, | भौतिक शास्त्रका झिलिमिली देखेर ती आँखा तर्कले भरिएर आउँथे, | ||
अनि ज्योतिषले तिनीहरूलाई राती राती आकाश हेर्ने बनाउँथ्यो, माटाका | अनि ज्योतिषले तिनीहरूलाई राती राती आकाश हेर्ने बनाउँथ्यो, माटाका | ||
पृथ्वीहरू र मैनबत्तीहरूले भूगोल देखाइदिन्थे, तसबीरहरू बनाउँदै या | पृथ्वीहरू र मैनबत्तीहरूले भूगोल देखाइदिन्थे, तसबीरहरू बनाउँदै या | ||
झिकाउँदै तिनीहरूलाई चित्रकटीमा डुलाउँदथे; अनि कहानी सुनाइदिन्थें, | |||
कहिले हँसाउने कहिले रुवाउने ! पहाडका कथा र सागरका कथा, | |||
कहिले हँसाउने कहिले रुवाउने ! पहाडका | सभ्यताका कथा ! अनि कविताहरू सरल सरल ढंगका सुनाइदिन्थें, | ||
कथा | |||
र सागरका | |||
कथा, | |||
सभ्यताका कथा ! अनि कविताहरू सरल सरल ढंगका | |||
तिनीहरू पग्लेर आउँथे र त्यसका प्रवाहमा आफैं छन्द टिप्तै आफ्ना | तिनीहरू पग्लेर आउँथे र त्यसका प्रवाहमा आफैं छन्द टिप्तै आफ्ना | ||
मनका भावहरू प्रकाश गर्न सक्ने थिए ! तिनीहरूलाई मुरली र सारङ्गी | |||
मनका भावहरू प्रकाश गर्न सक्ने थिए ! तिनीहरूलाई मुरली र | |||
र प्राकृतिक तवरका बाजाहरू बनाइदिन्थें । म धाई हुन्थेँ पहाडी | र प्राकृतिक तवरका बाजाहरू बनाइदिन्थें । म धाई हुन्थेँ पहाडी | ||
शिशुहरूका, र तिनीहरू अतीतको कथामा कान लाउँदा-लाउँदै सुतेर | |||
शिशुहरूका, र तिनीहरू अतीतको | |||
प्राचीन बेबिलोन र सिकन्दरका सपना देख्तथे । यहाँ मेरा निमित्त जीवन | प्राचीन बेबिलोन र सिकन्दरका सपना देख्तथे । यहाँ मेरा निमित्त जीवन | ||
निर्माणको आनन्द हुने थियो-उनीहरूका निमित्त फुल्नु, फैलिनु र फराकिलो | निर्माणको आनन्द हुने थियो-उनीहरूका निमित्त फुल्नु, फैलिनु र फराकिलो | ||
हुनु । तर मेरो भाग्यमा यो दिइएको थिएन, म प्रेमचन्द्रको आत्माभन्दा | हुनु । तर मेरो भाग्यमा यो दिइएको थिएन, म प्रेमचन्द्रको आत्माभन्दा | ||
धेरै सानो थिएँ, म आदतको शिकार थिएँ, चलनको दास। संकल्पसम्म | धेरै सानो थिएँ, म आदतको शिकार थिएँ, चलनको दास। संकल्पसम्म | ||
ईश्वरको निगाहले | ईश्वरको निगाहले गरें तर कार्यमा पुर्याउन अनेक जीवनको परिष्कृतिबिना | ||
आत्मालाई दिएको थिएन । मलाई घरले यता तान्दथ्यो, उता आदतले । | आत्मालाई दिएको थिएन । मलाई घरले यता तान्दथ्यो, उता आदतले । | ||
बच्चा र स्त्रीहरूका अनेक आवाजर रुवाइ हावामा खँदिलो हुन लागेको | बच्चा र स्त्रीहरूका अनेक आवाजर रुवाइ हावामा खँदिलो हुन लागेको | ||
मैले देखें र शिक्षाको प्राकृतिक कमजोरी भन्ने आफूलाई सम्झेर अरू | मैले देखें र शिक्षाको प्राकृतिक कमजोरी भन्ने आफूलाई सम्झेर अरू | ||
Latest revision as of 16:54, 29 January 2025
सक्तैन भन्नु हमेशा मूर्खता हो । तिनै स्याँठिला ठाउँ पनि, तिनै ढुङ्गादार क्षेत्रमा पनि हामी चमत्कार देखाउन सक्ने थियौं । त्यहाँका प्रतिभा पनि फुलेर आउँथे । कोदो अलि मीठो हुन्थ्यो, तीते फापरमा अर्कै स्वाद आउने थियो, ढिंडोबाट पनि अर्कै ताकत । सिस्नाको रस पनि टोल्हाएर पहाडपारिका दुनियाँका चमत्कारहरूको सपना देख्तथ्यो, प्रकृतिका किताप पढ्न मानिस चतुर बन्दथ्यो, र त्यहाँ पनि नेपाली हृदयहरू सत्य र सुन्दरको माधुर्य बुझेर लहराउँथे, मानवकर्तव्य बुझ्दथे, कला जन्मिन्थी, जीवन अभिप्रायशील बन्दथ्यो, विशाल नेपालले स्पर्श गर्दथ्यो। म त यस्तो ठाउँमा एक सारङ्गी लिएर गीत गाउँथें, पृथ्वीनारायणका र पृथ्वीराज चौहानका । धूलोमा अक्षर काट्ने थिएँ, रूखका बोक्रामा चित्रहरू । बिहान र बेलुका स्वर्ण दृश्यअगाडि घुँडा टेकेर हात जोडेर आँखामा आँसु भरेर ती पहाडी शिशुहरूलाई बोलीले नभेट्टाउने धर्म सिकाउने थिएँ, अनि रसायनका बोक्सी रङहरूले तिनीहरू चकित हुने थिए । भौतिक शास्त्रका झिलिमिली देखेर ती आँखा तर्कले भरिएर आउँथे, अनि ज्योतिषले तिनीहरूलाई राती राती आकाश हेर्ने बनाउँथ्यो, माटाका पृथ्वीहरू र मैनबत्तीहरूले भूगोल देखाइदिन्थे, तसबीरहरू बनाउँदै या झिकाउँदै तिनीहरूलाई चित्रकटीमा डुलाउँदथे; अनि कहानी सुनाइदिन्थें, कहिले हँसाउने कहिले रुवाउने ! पहाडका कथा र सागरका कथा, सभ्यताका कथा ! अनि कविताहरू सरल सरल ढंगका सुनाइदिन्थें, तिनीहरू पग्लेर आउँथे र त्यसका प्रवाहमा आफैं छन्द टिप्तै आफ्ना मनका भावहरू प्रकाश गर्न सक्ने थिए ! तिनीहरूलाई मुरली र सारङ्गी र प्राकृतिक तवरका बाजाहरू बनाइदिन्थें । म धाई हुन्थेँ पहाडी शिशुहरूका, र तिनीहरू अतीतको कथामा कान लाउँदा-लाउँदै सुतेर प्राचीन बेबिलोन र सिकन्दरका सपना देख्तथे । यहाँ मेरा निमित्त जीवन निर्माणको आनन्द हुने थियो-उनीहरूका निमित्त फुल्नु, फैलिनु र फराकिलो हुनु । तर मेरो भाग्यमा यो दिइएको थिएन, म प्रेमचन्द्रको आत्माभन्दा धेरै सानो थिएँ, म आदतको शिकार थिएँ, चलनको दास। संकल्पसम्म ईश्वरको निगाहले गरें तर कार्यमा पुर्याउन अनेक जीवनको परिष्कृतिबिना आत्मालाई दिएको थिएन । मलाई घरले यता तान्दथ्यो, उता आदतले । बच्चा र स्त्रीहरूका अनेक आवाजर रुवाइ हावामा खँदिलो हुन लागेको मैले देखें र शिक्षाको प्राकृतिक कमजोरी भन्ने आफूलाई सम्झेर अरू