Page:Buddhibinodko pahila binod.pdf/10: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread |
Revision as of 08:36, 18 April 2025
This page has been proofread
कहाँ-कहाँबाट कठै !! तहाँ पनी
घुसेर काली कलना-पिशाचिनी ॥
मलाइ थाली फिर कृत्कुत्याउन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
१२
पवित्र यस्तो स्वर-सिन्धुको धनी
कहाँ छ बंशीधर धन्य त्यो भनी ॥
म फेरि थालें सहसा तरङ्गिन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
१३
न झट्ट बंशीधर टक्क भेटियो
न भेटको चाह चटक्क मेटियो ॥
विचार लाग्यो बिचमा बरालिन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
१४
“नजा, नजा, जङ्गलमा नजा, नजा,
म भित्र छू, वाहिर छैन क्यै मजा” ॥
भनेर घन्क्यो फिर बाँशुरी घन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
१५