Page:Mhendu.pdf/26: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
म्हैन्दु देखी तर्सिइन् | म्हैन्दु देखी तर्सिइन् | ||
::आँखामा आँसु बर्सन्छन् । | ::आँखामा आँसु बर्सन्छन् । | ||
हरामीको डरले | हरामीको डरले | ||
::मुटु कामी | ::मुटु कामी थर्कन्छन् ॥ | ||
{{pcn|[१३]}} | {{pcn|[१३]}} | ||
खुकुरी ली हातमा | खुकुरी ली हातमा | ||
::नाङ्गो | ::नाङ्गो झलझल वातमा | ||
उफ्र्यो राङ्जा घाटमा । | |||
:: | ::"लौ आ" भन्छ ठाँटमा ॥ | ||
{{pcn|[१४]}} | {{pcn|[१४]}} | ||
गुम्बु भयो अकमक्क | गुम्बु भयो अकमक्क | ||
::थाहा | ::थाहा के र ? भो छक्क! | ||
हाँक लिनु कि चुप लाग्नु | हाँक लिनु कि चुप लाग्नु | ||
::टुलटुल आँखा पिलिक्क । | ::टुलटुल आँखा पिलिक्क । | ||
{{pcn|[१५]}} | {{pcn|[१५]}} | ||
म्हेन्दु छेकी बस्दछिन् | |||
::राङ्जा नाची आउँदा | ::राङ्जा नाची आउँदा | ||
"जूँघा भए आ" भन्छ | "जूँघा भए आ" भन्छ | ||
::चुपचाप | ::चुपचाप गुम्बु पाउँदा ॥ | ||
{{pcn|[१६]}} | {{pcn|[१६]}} | ||
रोइन् म्हेन्दु फूल | रोइन् म्हेन्दु फूल झैँ | ||
::विन्दु शीतको लव जल | ::विन्दु शीतको लव जल झैँ | ||
हात जोरी भन्दछिन्- | हात जोरी भन्दछिन्- | ||
::स्वरले खोला कलकल | ::स्वरले खोला कलकल झैँ ! | ||
{{pcn|[१७]}} | {{pcn|[१७]}} | ||
"मेरो विन्ति नलड | |||
::पीर्ति दुइटै दिल | ::पीर्ति दुइटै दिल पढ । | ||
यिनलाई मारे राङ्जाजी | यिनलाई मारे राङ्जाजी | ||
::मुखै हेर्दिन गन्धा | ::मुखै हेर्दिन गन्धा पो ! | ||
{{pcn|[१८]}} | {{pcn|[१८]}} | ||
पीरतीको बाटोमा | पीरतीको बाटोमा | ||
:: | ::लड्छौँ हामी माटोमा । | ||
साँचो गुदी साटोमा | साँचो गुदी साटोमा | ||
::रगत खालि हातलाई | ::रगत खालि हातलाई | ||
पृथिवीको पन्नामा | पृथिवीको पन्नामा | ||
::फूल | ::फूल तगेको तन्नामा | ||
चिरी मुटु कमलको | चिरी मुटु कमलको | ||
::रगत तातो बगाई । | ::रगत तातो बगाई । | ||
Line 49: | Line 49: | ||
{{pcn|[१९]}} | {{pcn|[१९]}} | ||
हेर त फूलले के भन्छ ? | हेर त फूलले के भन्छ ? | ||
::पीर्ति त्यस्तो | ::पीर्ति त्यस्तो रँग हुन्छ ! | ||
हेर चरा के भन्छ | हेर चरा के भन्छ | ||
::पीर्तिको त्यस्तो स्वर हुन्छ | ::पीर्तिको त्यस्तो स्वर हुन्छ ! | ||
{{pcn|[२०]}} | {{pcn|[२०]}} | ||
ईश्वर हाँस्छ | ईश्वर हाँस्छ वनवनमा | ||
::जून लिपेको आँगनमा | ::जून लिपेको आँगनमा | ||
झल्की उठ्दछ कनकनमा | |||
::शरम छैन हा ! मनमा ! | ::शरम छैन हा ! मनमा ! | ||
प्रेमले सिर्ज्यो संसार जो | प्रेमले सिर्ज्यो संसार जो | ||
::दयाले बर्स्यो जलसार जो | ::दयाले बर्स्यो जलसार जो | ||
सुखलाई दियो | सुखलाई दियो सिंगार जो | ||
::हेरन जलको कनकनमा । | ::हेरन जलको कनकनमा । | ||
शोध हे वीर मनमा | शोध हे वीर मनमा | ||
::पोख्नु पो रगत रणमा | ::पोख्नु पो रगत रणमा ! | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 12:05, 18 April 2025
[१२]
म्हैन्दु देखी तर्सिइन्
आँखामा आँसु बर्सन्छन् ।
हरामीको डरले
मुटु कामी थर्कन्छन् ॥
[१३]
खुकुरी ली हातमा
नाङ्गो झलझल वातमा
उफ्र्यो राङ्जा घाटमा ।
"लौ आ" भन्छ ठाँटमा ॥
[१४]
गुम्बु भयो अकमक्क
थाहा के र ? भो छक्क!
हाँक लिनु कि चुप लाग्नु
टुलटुल आँखा पिलिक्क ।
[१५]
म्हेन्दु छेकी बस्दछिन्
राङ्जा नाची आउँदा
"जूँघा भए आ" भन्छ
चुपचाप गुम्बु पाउँदा ॥
[१६]
रोइन् म्हेन्दु फूल झैँ
विन्दु शीतको लव जल झैँ
हात जोरी भन्दछिन्-
स्वरले खोला कलकल झैँ !
[१७]
"मेरो विन्ति नलड
पीर्ति दुइटै दिल पढ ।
यिनलाई मारे राङ्जाजी
मुखै हेर्दिन गन्धा पो !
[१८]
पीरतीको बाटोमा
लड्छौँ हामी माटोमा ।
साँचो गुदी साटोमा
रगत खालि हातलाई
पृथिवीको पन्नामा
फूल तगेको तन्नामा
चिरी मुटु कमलको
रगत तातो बगाई ।
[१९]
हेर त फूलले के भन्छ ?
पीर्ति त्यस्तो रँग हुन्छ !
हेर चरा के भन्छ
पीर्तिको त्यस्तो स्वर हुन्छ !
[२०]
ईश्वर हाँस्छ वनवनमा
जून लिपेको आँगनमा
झल्की उठ्दछ कनकनमा
शरम छैन हा ! मनमा !
प्रेमले सिर्ज्यो संसार जो
दयाले बर्स्यो जलसार जो
सुखलाई दियो सिंगार जो
हेरन जलको कनकनमा ।
शोध हे वीर मनमा
पोख्नु पो रगत रणमा !