Page:Mhendu.pdf/20: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 66: | Line 66: | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} |
Revision as of 08:36, 17 April 2025
हात्ती लच्किँदा
कुक्कुर भुक्दछन् !
छुच्चा आँखाले
दोष नै ढुक्दछन् !
[१७]
हाम्रो नेपालमा
हेलाँ जाल छैन ।
थोरै चुच्चा छन् !
बाङ्गो चाल छैन ॥
हीरा हीरा छन्
थोत्रो माल छैन ॥
[१८]
हामी सबैलाई
प्रेमले अँगाल्छौँ ।
सारा संसारको
प्रीति सँगाल्छौँ !
[१९]
चौडा दिल हाम्रो
पहाड नाघ्दछ ।
सागर पारी गै
संसार ढाक्दछु ॥
प्रेमको ध्वनिले
प्रेमलाई डाक्दछ
धुव धुवलाई
भाइ राख्दछ ॥
[२०]
प्रेमको राजमा
कालले हार्दछ ।
जति चौडा दिल
उति अमृत जून
शान्ति कार्दछ !
“हेला गर्नेले
स्वर्ग बार्दछ !
गङ्राजल कैँ छन्
शिवमन्दिरमा !
पूर्णिमाका दिन
सब दिल सुन्दरमा ॥
[२१]
बूढी आइमाइलाई
आमै भन्दछन् ।
बैंसकी सेर्पेनी
दिदी गन्दछन् ।
सेर्पा दाजुभाइ
आफू भन्दछन् ।
[२२]
सत्य बस्दछ
ओठमा सजिलो ।
फूल छै दिल खुल्छन्
बासले हँसिलो
नेपाल प्रेमले छ
आँखा रसिलो ॥
[२३]
छुच्चा वार वारमा
नेपाल अड्दैन ।
निन्दा अरूको
दिलमा चढ्दैन ।